सिकलसेलका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको थारू समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया आरम्भ भएको छ ।
प्राकृतिक विपत्तिबाट पनि सुरक्षित नेपाल निर्माण गर्न सक्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट पनि सुरक्षित नेपाल निर्माण गर्न सक्ने बताउनुभएको छ ।
ललितपुर महानगरको विकास कसैले रोकेर रोकिँदैनः प्रमुख महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिको विकास कसैले रोकेर नरोकिने बताउनुभएको छ । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बजेट अधिवेशन (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुुनाउनुृ हुने कार्यसूची रहेको छ ।
सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रविन्दु भएर भूकम्प
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित हुनुभएको छ ।
प्रधानमन्त्रीसँग एनआरएनए अस्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले भेटघाट गर्नुभएको छ ।
आकस्मिकबाहेक सबै सेवा ठप्प गरेर आन्दोलनमा आउन चिकित्सकलाई आह्वान
नेपाल चिकित्सक सङ्घले शुक्रबार आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गरेर आन्दोलमा आउन आह्वान गरेको छ ।
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने सम्बोधन स्थगित भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा गर्ने भनेको सम्बोधन स्थगित भएको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
सुनको मूल्य घट्यो
बिहीबार प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक
काठमाडौँ, वैशाख १२ गते । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताउनुभएको छ । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगार्यौँ भने आफैँ जोखिममा पर्ने उहाँले बताउनु भयो । गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छौँ भन्ने प्रतिवद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गर्नुभयो । सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरू मात्रै नभई समग्र नागरिक रहेको बताउनु भयो । नागरिकहरू कुनै न कुनै हिसाबले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताउनु भयो । गृहमन्त्री लेखकले भन्नुभयो, ‘आगामी दिनमा हामी कसरी प्राकृतिक विपद्बाट बाच्न सक्छौँ । विपद्को जोखिमलाई कसरी न्यूनीकरण गर्न सक्छौँ र विपद् आइहाल्यो भने हामी त्यसको प्रतिकार्य कसरी गर्दछौँ, पुनः स्थापन र पुनः निर्माणका कार्यहरू कसरी गर्छौँ भन्ने कुरालाई पनि ध्यान दिन र स्मरण गर्न हामी यहाँ उपस्थित भएका छाैँ । विगतका पीडाले, विगतका दुःखले आगामी दिनमा ती दुःख न्यूनीकरण गर्न तयारी अवस्थामा बस्न जरुरी छ । आजको दिन पीडाका सँगै विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा हामी यस्ता पीडाबाट सुरक्षित हुन्छाैँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्ने दिन हो । त्यस कारण आज हामी सबैले प्रतिबद्धता व्यक्त गरौँ । हामी विपद्को जोखिमलाई न्यूनीकरण गर्नेछौँ, विपद्को जोखिमपछि उत्पन्न परिस्थितिलाई हामी ठिक ढङ्गले व्यवस्थापन गर्नेछौँ । यो सरकारको तर्फबाट म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । सरकार भनेको मन्त्रीपरिषद् मात्रै होइन । सम्माननीय प्रधानमन्त्री वा मन्त्री मात्रै सरकार होइन । सरकार भनेको समग्रता हो । हामी सबै कुनै न कुनै रूपमा राज्यसँग जोडिएका छौँ । प्रकृति नियमले चल्छ, हामी नियतले चल्छौँ । हामीले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगार्यौँ भने हामी आफैँ जोखिममा पर्दछौँ । त्यस कारण पर्यावरणलाई स्वच्छ राखौँ, प्रकृति नबिगारौँ । प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ । केन्द्र, प्रदेश, स्थानीय तह सबै सरकारले मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी छ । जोखिम घटाउन जरुरी छ । हाम्रा संरचनाहरू बलियो हुन जरुरी छ । ’गृहमन्त्री लेखकले नेपाल अत्यन्त जोखिमपूर्ण भूगोलमा रहेको उल्लेख गर्दै जुनसुकै बेलामा जे पनि हुनसक्ने स्थिति रहेकाले सतर्क भएर रहनुपर्ने बताउनु भयो । अतिवृष्टि, खोलानालामा बाढी आउने र पहिरो जाने कुराको केही पूर्वानुमान गर्न सके पनि भूकम्पको बारेमा पूर्वानुमान गर्न नसकिने उल्लेख गर्नुभयो ।
बेगनास तालमा जलकुम्भी सहित आजका तस्बिर (फोटो फिचर)
पोखरा उपत्यकाका ताल मध्येको दोस्रो ठुलो ताल बेगनास तालमा रहेका जलकुम्भी झार । झार फैलँदा ताल कुरूप हुनुका साथै डुङ्गा सञ्चालनमा समेत समस्या आउन थालेको छ । शुक्रबार बिहान देशका विभिन्न क्षेत्रबाट समाचारदाताले कैद गरेका तस्बिर :
दोलखाका ३० हजार विद्यार्थी अन्योलमा
बाबुराम शर्मा दोलखा, वैशाख १२ गते । काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनले शैक्षिक सत्र २०८२ सुरु भएर लामो समय बितिसक्दा पनि भर्ना अभियान, पाठ्यपुस्तक वितरण तथा पठनपाठन नहुँदा दोलखाका २८ हजार ३४६ विद्यार्थी अन्योलमा छन् । सदरमुकाम चरिकोट स्थितको कालिन्चोक माध्यमिक विद्यालयमा अध्ययनरत छात्र अस्मिन शर्माले चिन्ता व्यक्त गर्दै भन्नुभयो,पढाइ सुरु नहुँदा कहिले विद्यालय खुल्ला भन्ने चिन्ता लागिरहेको छ । पढाइ नहुँदा बरालिने काम भएको छ । पढ्ने रहर सपना बन्ने हो कि भन्ने चिन्ता लागिरहन्छ । बिस्तारै सामुदायिकका विद्यार्थीहरू पनि संस्थागत विद्यालयमा भर्ना हुन थालेका छन् । संस्थागत विद्यालयका विद्यार्थीहरू विद्यालय जाँदा आफूलाई नराम्रो लाग्न थालेको छ । आन्दोलनले हामीलाई मात्र विक्षिप्त बनाएको छ । पढाइ कहिले सुरु हुने हो ? ढिला हुँदै गर्दा पढाइ र परीक्षाहरू पनि प्रभावित बन्छन् । सरकारले पढाइ हुने वातावरण बनाउनु पर्यो । भीमेश्वर नगरपालिका–२ स्थितको राजकुलेश्वर आधारभूत विद्यालयमा अध्ययनरत प्रकृति खडकाले गुनासो पोख्दै भन्नुभयो, अहिले विद्यालयमा विद्यार्थी तथा अभिभावकहरूको भर्ना र पढाइमा घुइँचो हुनुपर्नेमा विद्यालयहरू सुनसान बनेका छन् । हेर्दा उराठलाग्दो देखिएको छ । नरमाइलो लाग्छ । पढाइमा ह्रास आउने अवस्था देखिएको छ । सरकारले आन्दोलनप्रति खासै चासो देखाएन । शिक्षकहरू ऐन नआएसम्म विद्यालय नफर्किने भए । समस्या जटिल बन्दै गएको छ । भीमेश्वर नगरपालिका–७ स्थितको वीरेन्द्र आधारभूत विद्यालयकी अभिभावक सम्झना भुजेलले भन्नुभयो, विद्यालय खुलेर पठनपाठन नहुँदा भुराहरू बिग्रिन थालेका छन् । कक्षा ६, ३ र नर्सरीमा अध्ययन गर्ने छोराछोरीहरूले शिक्षकहरू आन्दोलनमा रहँदा पठनपाठन गर्न नपाएपछि अभिभावकमा पीडा भएको छ । सरकारले पठनपाठन हुने तुरुन्त वातावरण बनाई देओस् । अभिभावकहरू पनि चिन्तित बनेका छन् । नजानिँदो पाराले बालबालिकाको भविष्यमाथि खेलबाड भएको छ । सैलुङ गाउँपालिका– ८ स्थितको शारदा माध्यमिक विद्यालयका अभिभावक दीर्घकाल तामाङले भन्नुभयो, सरकारको ठुलो कमजोरी देखिएको छ । जायज मागलाई सम्बोधन गरी आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा पठाउनु पर्छ । लामो समय भयो, अन्यथा विद्यार्थी र अभिभावकको पनि आन्दोलन निम्तिन सक्छ । स्थानीय तहहरूले पनि चासो देखाउन थालेका छन् । वैतेश्वर गाउँपालिकाले शैक्षिक सत्र २०८२ मा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरणलगायतका काममा ढिला भई विद्यार्थी मारमा परेकाले पालिका भित्रका शिक्षकहरूलाई तुरुन्त आन्दोलनबाट फर्केर पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ । बालबालिकाको पढ्न पाउने हक र उनीहरूको मनोवैज्ञानिक पक्षलाई ध्यान दिन पनि आग्रह गरिएको पालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भरतबहादुर भट्टराइले चिन्ता व्यक्त गर्दै भन्नुभयो, सरकारले छिटै पठनपाठन हुने वातावरण बनाउनु पर्छ । आन्दोलन निकै लामो भइसक्यो । भर्ना अभियान आन्दोलनमै बितिसक्यो । परीक्षा तथा उत्तर पुस्तिका परीक्षणलाई प्रत्यक्ष असर परेको छ । शिक्षा विकास तथा स।समन्वय इकाई दोलखाको अभिलेख अनुसार सामुदायिक विद्यालयमा दरबन्दी, राहत, अनुदान, बाल शिक्षालगायतका दरबन्दीमा एक हजार ९०८ जना शिक्षक कार्यरत छन् । कक्षा १ देखि कक्षा १२ सम्म २८ हजार ३४६ विद्यार्थी अध्ययनरत छन् ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सामुदायिक विद्यालयले भर्ना लिँदै
चौतर्फी दबाब परेपछि चितवनका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना कार्य अगाडि बढाएका छन् । शिक्षकले काठमाडौँकेन्द्रित आन्दोलन गरेपछि स्थानीय सरकार, अभिभावक र नागरिक समाजको दबाबपछि विद्यालयमा भित्रभित्रै भर्ना कार्यक्रम सञ्चालन गरिएको हो ।
बिमा रकम नपाएपछि भुक्तानी रोक्का
स्वास्थ्य बिमा बोर्डले दाबी भुक्तानी रोकेसँगै भरतपुर अस्पतालले औषधी तथा स्वास्थ्य सामग्री खरिदकर्ताको भुक्तानी दिनसकेको छैन । भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बिमा बोर्डले भुक्तानी
भाषा र संस्कृतिको संरक्षणमा प्रतिबद्ध छौँ : मुख्यमन्त्री लामा
नेपाल भाषा खलःको हेटौँडा उपमहानगरपालिका–१ स्थित भिन्तुनापथमा भवन निर्माण सुरु गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले भवनको बिहीबार शिलान्यास गर्दै प्रदेश सरकारले सबै भाषा, धर्म, संस्कृति र समुदायको संरक्षण र प्रवर्धनकालागि काम गरिरहेको बताउनुभयो ।
भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
काठमाडौँ, वैशाख १२ गते । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो ।भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । राजधानीका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझै भत्किएका घरहरू ठडिन सकेका छैनन् । जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए । दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरू ।अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन् । विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७।६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए ।भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, छ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको थियो ।सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको कार्यान्वयन एकाइ ९भवन तथा आवास० तथा त्यसअन्तर्गतका निकायबाट सम्पादन भएका आयोजनाको विवरण सार्वजनिक गरेको छ । एकाइका अनुसार निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार १८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार २६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् । पहिलो किस्ता प्राप्त गर्नेमध्ये सात लाख ७० हजार ७७५ ९९२।४५०ले दोस्रो किस्ता र सात लाख ४३ हजार २४९ ९८९।१५०ले तेस्रो किस्ताबापतको अनुदान रकम प्राप्त गरेका छन् ।सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख प्रकाश अर्यालले सरकारले उपलब्ध गराएको रु तीन लाख अनुदानले निजी आवास निर्माणको काम सम्पन्न नहुने र थप लगानीका लागि क्षमता नहुने सर्वसाधारणले ढिलो निर्माणकार्य थालनी गरेको जानकारी दिनुभयो । “थप लगानी जुटाउन सक्ने सर्र्वसाधरणले त छिट्टै घर निर्माणको काम सम्पन्न गरेका छन् । तर कतिपयले लगानीको अभावले समयमा घर निर्माण गर्न नसक्दा लामो समयसम्म निजी आवास निर्माणको काम सम्पन्न हुन सकेन”, उहाँले भन्नुभयो, “भूकम्प गएको छ वर्षसम्म पनि लाभग्राही छनोटमा गुनासो बढिरहँदा ती गुनासो सम्बोधनका लागि पनि थप समय लागेको हो ।”अर्यालले लगानी व्यवस्थापन, पुरातात्विक सम्पदा निर्माणको क्रममा स्थानीय बासिन्दासँगको विवाद, अनुुदान ल्याउन प्रक्रिया लम्बिँदालगायत कारण पुनर्निर्माणको प्रक्रियामा ढिलाइ भएको स्वीकार गर्दै आगामी एक वर्षमा ९९ प्रतिशत काम सम्पन्न हुने बताउनुभयो । उहाँका अनुसार विभिन्न जिल्लामा भूकम्पपश्चात आंशिक क्षति भई मर्मत गरिएका सरकारी भवन सङ्ख्या दुई सय ५३ रहेका छन् । विभिन्न जिल्लामा भूकम्पपश्चात सरकारी कार्यालय सञ्चालन गर्नका लागि निर्माण भएका नमूना सङ्ख्या दुई सय ८८ रहेका छन् ।“विभिन्न १० जिल्लामा भूकम्पपश्चात अस्थायी रूपले बसोबास गर्नका लागि बनाइएको सामुदायिक भवनको सङ्ख्या सात सय ५६ परिवारका लागि निर्माण गरिएकामा ५० वटा ९हात विभिन्न उद्देश्यका लागि प्रयोग भइरहेको० छ”, अर्यालले भन्नुभयो, “विभिन्न जिल्लामा सरकार तथा एसियाली विकास बैंकको सहयोगमा सम्पन्न सरकारी भवनको सङ्ख्या एक सय ५१ रहेका छन् । भवन प्रवलीकरणतर्फ कुल ११ वटा राणाकालीन भवनमा आठवटा सम्पन्न, तीनवटाको प्रवलीकरण कार्य भइरहेको छ । भारतीय सरकारको सहयोगमा संरक्षण तथा पुनर्निर्माण भइरहेका पुरातात्विक सम्पदा आयोजना सङ्ख्या २८ रहेका छन् । कार्यान्वयन नभएका आयोजना सङ्ख्या दुईवटा छन् । सम्पन्न भएका आयोजना सङ्ख्या १३ वटा रहेका छन् ।”यसैगरी निर्माणाधीन आयोजना सङ्ख्या १२ वटा रहेको एकाइले जनाएको छ । एकीकृत बस्ती विकासतर्फ विभिन्न जिल्लामा ९७ वटा बस्ती विकासका कार्य सम्पन्न भइसकेको र नौवटा कार्यकम कार्यान्वयनको क्रममा छ । यसैगरी भूकम्पपश्चात निर्माण भएका एक हजार १२६ वटा स्वास्थ्य भवनमध्ये एकाइमा राष्ट्रिय पुनर्निर्माण प्रधिकरणमार्फत हस्तान्तरण भएका पाँच सय ४४ भवनमध्ये तीन सय ३६ वटा स्वस्थ्य भवन निर्माण सम्पन्न भएका र अरू निर्माणाधीन रहेको एकाइको भनाइ छ । एकाइका अनुसार धरहरा पुनर्निर्माणको काम पनि अझै १४ प्रतिशत बाँकी नै छ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि आवश्यक बजेटको अभाव, नीतिगत अस्पष्टता, आवश्यक कच्चा पदार्थको अभावले समयमा नै निर्माणको काम सम्पन्नमा चुनौती रहेको बताउनुभयो । “विश्व सम्पदा क्षेत्रभित्रका एक सय ७० र बाहिरका सात सय ५०, गुम्बा दुई सय १५, अन्य भूकम्पबाट क्षति भएको तर सूचीकृत नभएका तीन सय ६५ गरी एक हजार ५०० वटा संरचना क्षति भएको थियो । जसमध्ये गुम्बासहित आठ सय १५ वटाको काम सम्पन्न भएको छभने एक सय ५४ को काम निररन्तर अघि बढिरहेको तथा पाँच सय ३१ संरचनाको काम बाँकी छ । हालसम्मको खर्च करिब रु सात अर्ब २० करोड भएको छ”, उहाँले भन्नुभयो, “सम्पदा पुनर्निर्माणका क्रममा परम्परागत समानको अभावले गर्दा निर्माणको काम पनि पछि धकलिएको हो ।”महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त संरचनाको दिगो र योजनाबद्ध निर्माणकार्य सम्पन्न गरी भूकम्पबाट विस्थापित भएका व्यक्ति र परिवारको पुनर्वास तथा स्थानान्तरणको काम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको सुझाव दिएको छ । प्रतिवेदनअनुसार पुरातात्विक सम्पदा र एकीकृत बस्ती विकास तथा सुधारलगायत क्षेत्रमा चालु कार्य सम्पन्न भएका छैनन् । बाँकी कार्य सम्पन्न गर्न पहल गर्नुपर्नेमा प्रतिवेदनको जोड छ । पुनर्निर्माण प्राधिकरणले २०७६ पुस २८ मा विपद्पश्चातको पुनर्निर्माण तथा पुनर्लाभ कार्य ढाँचा तयार गरी पुनर्निर्माण कार्यको संशोधित लागत अनुमान रु चार खर्ब ८९१३ करोड ५३ लाख कायम गरेको थियो । प्राधिकरण स्थापना हुँदा पाँच वर्षमा पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकामा प्राधिकरण खारेज भई केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन तथा आवास०लाई कार्यकम हस्तान्तरण गरिएको हो । बाँकी रहेका लाभग्राहीको अनुगमन गरी प्रवलीकरणको कार्यलाई पूर्णता दिनुपर्ने प्रतिवेदनको सुझाव छ । अनुदान वितरण भूकम्प प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि, २०७३ को अनुसूची–१ मा भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण एवं प्रवलीकरण अनुदानका लागि छनोट मापदण्डको व्यवस्था गरेको थियो ।पहिलो र दोस्रो किस्ता लिई कार्यसम्पन्न नगर्ने लाभग्राहीको सन्दर्भमा अनुगमन गरी अनुदान रकमको सदुपयोग भएको सुनिश्चित हुनुपर्नेमा पनि महालेखाको सुझाव रहेको छ । निर्माण सम्पन्न निजी आवास प्रयोजनमा नगई अन्य प्रयोगमा आएकाले सदुपयोगको सुनिश्चितता गर्नुपर्नेमा पनि महालेखाको सुझाव छ ।पूर्र्वाधारविद् कमलराज पाण्डेले दीर्घकालीन योजनाको अभावले समयमा नै पुनर्निर्माणको काम सम्पन्न हुन नसकेको बताउनुभयो । “पूर्वतयारी कमजोर हुँदा समयमा विपद् व्यवस्थापन गर्न सकिँदैन । पुनर्निर्माणको काममा ढिलाइ हुनुको मुख्य कारण यही हो । अनि प्राथमिकरण राम्रो हुन सकेन”, उहाँले भन्नुभयो ।विसं २०७२ मा गएको विनाशकारी भूकम्पपछि समेत सरकारले पुनर्निर्माणका लागि पैसा जम्मा गर्न भन्दै दाता सम्मेलन गरेको थियो । जुन सम्मेलनमा रु चार खर्बभन्दा बढी रकम सहयोग गर्ने घोषणा भएको थियो । तर घोषणाअनुरूप अनुदान भने आउन सकेन । गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।भूकम्पले के सिकायो ? के सिकेनौँ ?खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने रु के नगर्ने विपद्मा कसरी संयमता अपनाउने रु सुरक्षित हुने तरिका के हुने रु लगायत विषयमा २०७२ सालको भूकम्पले पाठ सिकाएको बताउनुभयो । “नेपालमा जुनसुकै बेलामा पनि भूकम्प जाने जोखिम छ । काठमाडौँदेखि दक्षिणतिरको चुरे क्षेत्रसम्म भूकम्कपीय जोखिम बढी छ । भूकम्प जाँदा अब कसरी सुरक्षित हुने, कसरी आफ्ना संंरचना भूकम्प प्रतिरोधी बनाउनेलगायत विषयमा हामीले पाठ सिकेका पनि छौँ”, उहाँले भन्नुभयो, “२०७२ सालको विनाशकारी भूकम्पपछि कतिले त उपत्ययकामा अग्ला घर भत्काएर होचा पनि बनाएका थिए । संरचना बलियो हुनुपर्ने चेतना आएको थियो । त्यसपछि भवन आचारसंहिता अधिकांश स्थानीय तहले लागू गरेका छन् । खुला स्थान चाहिन्छ र पूर्वतयारी आवश्यक रहेको पाठ सिकायो ।”अझै पूर्वतयारीका गतिविधि अगाडि बढाउन सकेमा भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिम न्यूनीकरण हुन सक्ने अधिकारीको भनाइ छ । “हामीले भनिरहेका छाँै, अझै पनि भूकम्पीय जोखिम छ । विसं २०७२ को भूकम्पले कति कुरा सिकायो । कति कुरा हामीले सिक्नै बाँकी रह्यो”, उहाँ भन्नुहुन्छ, “पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने, भूकम्पीय शिक्षा र जनचेतना अभिवृद्धि गर्नुपर्ने, खुला स्थानको व्यवस्था गर्नुपर्ने, बलियो संरचना निर्माण गर्नुपर्र्नेलगायत कतिपय कुरा सिक्नै बाँकी छ ।”अधिकारीले २०७२ सालपछि भूकम्पसम्बन्धी अध्यायन अनुसन्धानलाई प्रथामिकता दिनु सकरात्मक रहेको टिप्पणी गर्नुभयो । आर्किटेक इन्जिनियर अमितप्रसाद तिमल्सेनाले पनि भूकम्पपछि संरचना भूकम्पप्रतिरोधी बनाउनुपर्ने चेतना बढाएको बताउनुभयो । “भूकम्पमैत्री संरचना निर्माणका लागि भवन निर्माण संहिताको कडाइका साथ कार्यन्वयन गराउनुपर्छ । संहिताको कार्यन्वयन भएरनभएको विषयमा राज्यले अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “भूकम्पप्रतिरोधी संरचना निर्माणसम्बन्धी व्यापक प्रचारप्रसार भने अझै जरूरी छ ।”ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्कीले २०७२ सालको भूकम्पको मनोवैज्ञानिक त्रास अझै बाँकी रहेको र सानासाना भूकम्पको पराकम्पनमा पनि मानिस अत्तालिने समस्या अझै बाँकी रहेको बताउनुभयो । “प्राकृतिक विपद्मा कोही आफन्त, कोहीले बासस्थान गुमाएका हुन्छन् । कति घाइते हुन्छन् । कतिलाई फेरि भूकम्प आएर केही घटना हुन्छ कि डर हुन्छ । यसले मनोवैज्ञानिक स्वास्थ्यमा असर बढाएको हुन्छ,” उहाँ भन्नुहुन्छ, “मनोवैज्ञानिक रूपमा कसरी मानसिक स्वास्थ्यको विषयमा पनि विपद्मा मनोवैज्ञानिक परामर्शको समेत जरूरी भएकाले पूर्वतयारी जरूरी छ ।”
आज भूकम्प स्मृति दिवस
काठमाडौँ, वैशाख १२ गते । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो । पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् । आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गराँै, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।
नेपालमै मुटु प्रत्यारोपणको तयारी
मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना गरिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र १३ औँ वर्षमा प्रवेश गरेको छ ।
भूकम्पीय जोखिम न्यूनीकरणमा प्रतिबद्धता
आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो । यस भूकम्पमा परेर आठ हजार नौ सयभन्दा बढीको ज्यान गएको र झन्डै २२ हजार घाइते भएका थिए ।
राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा छ : महासचिव पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली जनतालाई खुसी बनाउने र राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा रहेको बताउनुभएको छ।
सर्वसाधारणलाई कुटपिट गर्ने ट्राफिक प्रहरी कारबाहीमा : चार जनाकै जिम्मेवारी खोसियो
सर्वसाधारणलाई बाटोमा निर्घात कुटपिट गरेको घटना सार्वजनिक भए लगत्तै प्रहरीले चार जना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ ।