सुनको मूल्य घट्यो
स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ६८ हजार १०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अर्थतन्त्र लयमा ल्याउन अध्यादेश : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताउनुभएको छ । शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नं २९ को वडा भवन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
'स्वस्थ खानपानको अभाव र प्रदूषणका कारण मिर्गौला रोगीको सङ्ख्या बढ्यो'
नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमबिच डायलासिस सेवाको शुभारम्भ गर्नुभयो ।
विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार) सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्नुहुने भएको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
सडक दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ ।
‘ज्वाइँराजा मकुना’ को अवसान
पर्यटकीय नगरी सौराहा क्षेत्रका ढोईको प्रजननमा सहयोग पुर्याइरहेको जङ्गली हात्ती मकुनाको मृत्यु भएको छ ।
अपेक्षित सार्वजनिक खर्च नहुने १० कारणहरु यस्ता छन्
सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा बजेट तर्जुमा गर्दा पूर्वतयारी पूरा भएका आयोजनामा मात्र विनियोजन हुन नसक्नुलगायतका कारण उल्लेख गरेको हो ।
मेलुङमा व्यावसायिक गाईपालन
दोलखाको मेलुङ गाउँपालिकाका कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित भएका छन् ।
कैफियत गर्ने रेस्टुरेन्टलाई दुई लाख जरिबाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सानेपास्थित फाइभ स्टार रेस्टुरेन्ट एन्ड बारमा अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई लाख रुपियाँ जरिबाना गरेको छ ।
दस हजार उद्योगमा एकतिस खर्ब लगानी
मुलुकमा दर्ता भएका झन्डै १० हजार उद्योगमा ३१ खर्ब रुपियाँभन्दा बढी लगानी प्रस्ताव आएको छ ।
सबै उपभोग्य वस्तु महँगियो
पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । एक वर्षका बिचमा भाउ नमहँगिएको उपभोग्य वस्तु नै छैन । दैनिक सात/आठ सय रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव निर्माण मजदुरका रूपमा काम गर्ने विनीता थापाको छ ।
प्रणय दिवसमा खाना महोत्सव हुने
चितवनको पर्यटकीय नगरी सौराहामा दैनिक पाँच हजार पर्यटक भित्र्याउने गरी खाना महोत्सव (फुड फेस्टिभल) को तयारी गरिएको छ ।
सिन्धुपाल्चोकमा नौ हजारले लगाए एचपिभी खोप
पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप नौ हजार चार सय १५ जनाले लगाएका छन् । मंगलबारदेखि दिन सुरु गरिएको खोप अभियानको तेस्रो दिनसम्ममा झण्डै ९० प्रतिशत किशोरीहरुमा खोप लगाइएको हो ।
मन सफा भयो भने सबै ठिक हुन्छः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले आफ्नो मन सफा भयो भने सबै ठिक हुने बताउनुभएको छ। उहाँले जीवनमा खुशी कसरी प्राप्त हुन्छ भन्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भएको भन्दै आफू सकारात्मक हुँदा समाजलाई सकारात्मक बाटोतर्फ लैजानसमेत सहज हुने बताउनुभयो।
संविधान संशोधनका लागि प्रतिपक्षको सहमति चाहिन्छ : नेता भट्टराई
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका इन्चार्ज डाक्टर राजन भट्टराईले संविधान संशोधनका लागि थप समय लाग्ने बताउनुभएको छ।
‘एमालेको एकल बहुमत ल्याउने गरी काम गर्नुहोस्’
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा (एमाले) ले एकल बहुमत ल्याउनेगरी पार्टी गतिविधि सञ्चालन गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टीको विधि र पद्धतिबाहिर अभिव्यक्ति नदिन निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सन्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका केही जिम्मेवार नेताकार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरुमा जथाभावी अभिव्यक्ति दिन थालेपछि त्यस्तो निर्देशन दिइएको हो ।
बागमती प्रदेश सरकारले चाडपर्वको संरक्षण गर्ने
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चाडपर्वको संरक्षण गरिने बताउनुभएको छ ।
‘काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’
काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्नेबारे चिन्ता व्यक्त गरिएको छ ।
निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिन बनाइनुपर्छ : सांसद डा.महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा.प्रकाशशरण महतले सरकारले संसदमा प्रस्तुत गरेका अध्यादेश चाँडै पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आयोगको सिफारिस पूर्ण रूपमा कार्यान्वयन हुनुपर्छः अध्यक्ष मगर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा मानव अधिकार उल्लङ्घन र दुरुत्साहनका घटनामा परेका उजुरीका बारेमा नेपाल सरकारलाई गरेको सिफारिश पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।