• १० वैशाख २०८२, बुधबार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

blog

काठमाडौँ, वैशाख १० गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार छ सय ५५ दशमलव ९४ को बिन्दुमा कायम भएको हो । 

यो साताको कारोबारमा नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको हो । आज तीन सय आठ कम्पनीको एक करोड ८४ लाख ७७ हजार सात सय तीन कित्ता शेयर ६४ हजार एक सय ४० पटक खरिदबिक्री हुँदा सात अर्ब ५७ करोड ५५ लाख १७ हजार दुई सय ४६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको उपसूचक सामान्य अङ्कले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैँक समूह दुई दशमलव शून्य नौ प्रतिशतले घटेको छ । रासस