नेपालको सम्पदा अध्ययन गर्दै इटालियन विज्ञ
हेरिटेज इन्टरनेसनल इन्स्टिच्युटका एकेडेमिक डाइरेक्टर प्रा. जिआन्लुइगी मास्तेन्द्राको आयोजना र त्रिभुवन विश्वविद्यालयकी डा. टिना मानन्धरको समन्वयमा चार सदस्यीय इटालियन टोलीले काठमाडौँ उपत्यकासँगै पनौतीको भ्रमण गरेका छन् ।
सिद्धार्थ रिभरसाइड रिसोर्ट चारतारे बन्ने
सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङ्टारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ ।
स्कुटर चोर्ने तीन युवा पक्राउ
काठमाडौँ, वैशाख ९ गते । भक्तपुरको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोर्ने तीन जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय काठमाडौँमा चोरेरै जीविका चलाउने गरी सङ्गठित रूपमै चोरको बिगबिगी बढेसँगै प्रहरीले कडाइ गर्न सुरु गरेको हो । मोटरसाइकल, मोबाइल, साइकल लगायतका चाँडो मूल्य पाउने प्रकारका सामामाग्रीहरु चोर्नेको गिरोह नै रहेको प्रहरीले जनाएको छ । यस्ता गिरोहलाई नियन्त्रणमा नलिए समाजलाई दुख दिने भन्दै कडाइ गरेपछि सोमबार दुई वटा स्कुटर सहित तीन जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा सुनसरीको धरान घर भई भक्तपुरको ठिमी बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १ घर भई भक्तपुरको बोडे बस्ने २६ वर्षीय दावा शेर्पा र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ बस्ने २७ वर्षीय रोजन थापा रहेका छन् ।वास्तविक नम्बर बागमती प्रदेश ०२ ०३७ प २४०७ रहेको स्कुटर नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२ ०४० प ०५२४ नम्बर राखी काठमाडौँको कागेश्वरी नगरपालिका ७ मा चलाई रहेको अवस्थामा साजनलाई ट्राफिक प्रहरीले फेला पारेको थियो । सो स्कुटर सलिना कार्कीको रहेको खुल्न आएको छ ।सोधपुछको क्रममा सो स्कुटर साजन र दावा मिलेर बिक्री गर्ने योजना बनाएको हुनाले दावालाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । दावालाई सोधपुछ गर्दा उक्त स्कुटर रोजनबाट लिएको बताएपछि रोजनलाई समेत भक्तपुरको मध्यपुर ठिमीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।रोजनलाई समेत सोधपुछ गर्दा सो स्कुटर भक्तपुरको नलिनचोकका २७ बर्षीय सुजन गुरुङले दिएको भन्ने खुल्न आएपश्चात् खोजी गर्ने क्रममा उनी बस्दै आएको ठाउँमा बा ६६ प ८७८५ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको थियो । सो स्कुटर काठमाडौँको सानोगौचरणबाट हराएको भनी विकास लामाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । फरार रहेका सुजनको भने खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक छानबिन तथा कारबाहीका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
उद्योगमा कोभिडको असर कायमै
कोरोना महामारीका कारण बन्द भएका उद्योगको समस्या अझै समाधान हुन सकेको छैन । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थाले पनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको जानकारको भनाइ छ ।
बेइजिङमा नेपाली खाद्य महोत्सव
चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले सोमबार दूतावास परिसरमा ‘नेपाल खाद्य महोत्सव २०२५’ कार्यक्रम आयोजना ग¥यो ।
चक्रपथ विस्तार योजना : आइपुग्यो चिनियाँ सर्भे टोली
करिब एक दशकदेखि अलपत्र रहेको चक्रपथको कलङ्की–महाराजगन्ज खण्ड विस्तारको काम सुरु हुने भएको छ । उक्त खण्डको विस्तारका लागि सर्भे र डिजाइन गर्न चीनको प्राविधिक टोली नेपाल आएको छ ।
तेत्तिस प्रतिशत युवा अनिवार्य
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन काठमाडौँमा आयोजना गर्ने युवा उत्सव (सेलिब्रेसन) को तयारीका लागि पार्टी केन्द्रीय महासचिवले निर्देशन जारी गरेको छ ।
नियमनबाहिर सामाजिक सञ्जाल
सरकारले सामाजिक सञ्जाललाई सूचीकरण एवं दर्ता गर्नका लागि पहलसँगै आवश्यक संवाद अघि बढाएको छ । साइबर सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुग्ने सन्दर्भलाई दृष्टिगत सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि काम अघि बढाएको हो ।
डलरको लोभ देखाएर १० लाख लुटियो
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित देउरालीबाट डलरको लोभ देखाएर लुटिएको छ ।
शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो ।
नेपाल सरकारको उपसचिव हूँ भनी ठगी गर्ने पक्राउ
प्रहरीले विभिन्न व्यक्तिलाई फरक–फरक परिचय दिइ ठगी गर्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको छ ।
पिलपान र एसिटप औषधी बजारबाट तुरुन्त फिर्ता लैजान विभागको निर्देशन
औषधी व्यवस्था विभागले पिलपान र एसिटप नामका औषधी बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरेको औषधीको नमूना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाएकाले यस्तो निर्देशन दिएको हो ।
नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनुहुँदैन भन्नेमा छौँः सभापति खतिवडा
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने पक्षमा नरहेको बताउनुभएको छ ।
दोहोरो सुविधा लिन नपाइने व्यवस्थामा अब समस्या छैनः सांसद बडू
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानुनी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान गर्नुभएको छ ।
अमिनविरुद्ध तीन करोड २९ लाख भ्रष्टाचार मुद्दा
उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख ४५ हजार ७०२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गणतन्त्रलाई संस्थागत गर्न राससको महत्त्वपूर्ण भूमिकाः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासस फोटो पुस्तकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवम् प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै
भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ यहाँ आउनलाग्नुभएको हो ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलन : १२७ सदस्यीय केन्द्रीय समिति निर्वाचित
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश स्थापितको नेतृत्वमा १२७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । राजधानीमा दुई दिने सम्मेलनपछि सर्वसम्मतबाट उहाँको नेतृत्वमा नयाँ समिति गठन भएको हो ।
सेवानिवृत्त कर्मचारीलाई दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्छ : प्रमुख सचेतक
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
छोरीलाई पटक–पटक करणी गरेको आरोपमा बुवा पक्राउ
मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय बुवा पक्राउ परेका छन् ।
शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
काठमाडौँको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडकखण्ड पछिल्ला २० दिनदेखि अशान्त छ । विभिन्न माग राखेर शिक्षकहरू शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकका कारण हरेक दिन लाखौँ व्यक्तिहरुले दुःख पाइरहेका छन् ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग विवाद : यस्ता छन् स्थानीयका माग
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर निर्माण कार्य जारी छ ।