छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।
बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन
उहाँहरुले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
सुन्दर ज्याकाराण्डा फूलसँगै हनुमानढोका दरबार क्षेत्र र स्वयम्भु महाचैत्य
धर्मपथस्थित गोरखापत्र संस्थानको छतबाट देखिएको सुन्दर ज्याकाराण्डा फूलसँगै हनुमानढोका दरबार क्षेत्र र स्वयम्भु महाचैत्य ।
अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अधिकारी
विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको भेलाले अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
लागुऔषधसहित १२ जना पक्राउ
देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन् ।
आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती
नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
सुनचाँदीको मूल्य स्थिर
नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार जस्तै सुन प्रतितोला एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शिक्षक आन्दोलनको समय छोटियो
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । शिक्षकहरूले शनिबारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म आन्दोलन गर्दै आए पनि आज (आइतबार)बाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् ।
असोज बाढीपहिरो : सात महिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आँकलन सुरु
२०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्यायो । घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरेको छ ।
मकवानपुर चट्याङको उच्च जोखिममा
मकवानपुरगढी, वैशाख ७ गते । गत चैत ३१ गते मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गयो । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरमा चट्याङ लागेर स्थानीय २८ वर्षीय अविरल थिङले ज्यान गुमाए । आइतबार दिउँसो हावाहुरी पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमै ज्यान गएको थियो । सोही दिन चट्याङ लागेर दुई स्थानीयसमेत घाइते भए । घाइते हुनेमा स्थानीय मनहरी– ५ का ६२ वर्षीय सिंह बहादुर गोले र १० वर्षीय सौगात गोले रहेका थिए । यसरी चालू आर्थिक वर्ष साउन यता मकवानपुरमा चट्याङ लागेर ६ जना घाइते भएका छन् भने एकको मृत्युसमेत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा चट्याङकै कारण १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । यता जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका सूचना अधिकारी राजेन्द्र प्रसाद कँडेलका अनुसार नेपालमा धेरै चट्याङ पर्ने जिल्ला मकवानपुर रहेको देखिएको छ । मकवानपुरमा प्राकृतिक प्रकोप चट्याङबाट सबैभन्दा धेरै मानवीय क्षति भएको देखिएको उहाँ बताउनुहुन्छ । साथै दोस्रोमा भूकम्प र तेस्रोमा बाढी तथा पहिरो रहेको पाइएको छ । विगत २४ वर्ष यता जिल्लामा विपद्मा परेर १ सय १६ जनाको मृत्यु भएको छ भने ८ सय ५० जना बेपत्ता तथा घाइते भएको पाइएको छ । सूचना अधिकारी कँडेलका अनुसार चट्याङ पूर्वानुमान गर्न नसकिने विपद्को सुचीमा रहेको छ । चट्याङ कहाँ कति बेला पर्न सक्छ भन्ने पूर्वानुमान नहुँदा यसको रोकथाममा समस्या रहेको छ । ‘हामीले नागरिकलाई बर्षायाम सुरु भएपछि सचेतनामूलक सामग्री प्रसारण गरेर सचेत बनाउने प्रयत्न गरेका हुन्छौ । त्यो बाहेक यसको रोकथाममा अन्य विकल्प छैन । ’ उहाँले भन्नुभयो ।सूचना अधिकारी कँडेलका अनुसार मकवानपुरको पूर्व पश्चिम लोक मार्ग अन्तरगत मनहरी गाउँपालिका–७ मनहरी बजार, सुनाचुरी र लोथर चट्याङको उच्च जोखिममा रहेको छ । त्यस्तै पूर्व पश्चिम लोक मार्ग हेटौंडा–२, हेटौंडा–१५ चुरियामाई र हेटौंडा– १९ नेवारपानी चट्याङको जोमिममा रहेको छ । यता कान्तिलोकपथ सडक खण्ड अन्तरगत बकैया गाउँपालिका –११ ठिंगन, त्रिभुवन राजपथ सडक खण्ड अन्तरगत थाहा नगरपालिका–६ दामन, सिस्नेरी सडक खण्ड अन्तरगत इन्द्र सरोवर गाउँपालिकाको ३, ४ र फाखेल सडक खण्ड उच्च जोखिममा रहेको छ । त्यस्तै त्रिभुवन राजपथ सडक खण्ड अन्तरगत भीमफेदी गाउँपालिका–१ भैंसे पनि चट्याङको उच्च जोखिममा रहेको छ ।कँडेलका अनुसार भौगोलिक बनावट चट्याङको जोखिम निम्त्याउन सक्ने प्रमुख कारण हो । चट्याङ न्यूनीकरणका लागि ठुला योजना निर्माण नभएता पनि चट्याङबाट प्रभावित पर्न सक्ने भौतिक संरचनाको समयमै व्यवस्थापन, पूर्वाधार निर्माणमा पूर्व योजना, सचेतनामूलक सामग्री प्रसारण लगायतका कार्य जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने गरेको उहाँले बताउनुभएकाे छ । विकासका दृष्टिकोणले सहरी क्षेत्रमा अर्थिङ जडान हुने हुँदा त्यहाँ चट्याङको जोखिम न्यून हुने ग्रामीण क्षेत्रमा अर्थिङ जडान बिरलै हुने हुँदा उक्त क्षेत्रमा चट्याङको जोखिम उच्च रहने उहाँ बताउनुहुन्छ । जसको प्रत्यक्ष प्रभाव ग्रामीण भेगका बासिन्दा, किसान, ज्याला मजदुरी गर्ने मजदुर र खुल्ला छोडिएका पशु चौपायामा पर्ने गरेको छ । मकवानपुरमा सन् २००० देखि सन् २०२४ सम्ममा चट्याङका १ सय १६ घटना घटेका छन् । उक्त घटनामा ३६ जनाको ज्यान गएको छ भने ३ सय ८१ जना घाइते भएका छन् । चट्याङबाट बितेको २४ वर्षमा १ सय ७९ घरपरिवार प्रभावित भएको छ । ५ घर पूर्ण रूपमा क्षति भएको छ भने ३१ चौपायाको मृत्यु भएको छ । यो बिचमा २१ लाख ५९ हजार रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नु परेको छ ।
मौरीपालक किसानको सङ्ख्या बढ्यो : यसवर्ष उत्पादन घट्यो
गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ ।
अस्पतालमा प्लास्टिकका झोला प्रतिबन्ध
भरतपुर केन्द्रीय अस्पतालले प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्लास्टिकका झोलाले वातावरण प्रदूषणसँगै फोहोर व्यवस्थापनमा समेत समस्या पारेपछि प्रतिबन्ध लगाएको हो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार प्लास्टिकका झोलाको प्रयोग कम गर्न पहिलादेखि नै भनिएकोमा अब भने प्रतिबन्ध नै लगाइएको हो ।
तातोपानी धाराको स्तरोन्नति
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तातोपानी धारामा स्नान गृहसहितका सुविधा थप गरिएको छ । भोटेकोशी गाउँपालिकाले तातोपानी धाराको विकास र प्रवर्ध
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।
अझै बनेन आधारभूत अस्पताल
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु-याउने उद्देश्यले सरकारले स्थानीय तहहरूमा आधारभूत अस्पताल निर्माणको काम सुरु गरेको साढे चार वर्ष पूरा हुँदासमेत अस्पताल निर्माणको काम पूरा हुन सकेको छैन ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
राप्ती नदीमा डुङ्गा सरर....
चितवन, वैशाख ७ गते । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक पर्यटक डुङ्गामा चढेर राप्ती नदी तर्दै । तस्बिरः रासस
दुई जनालाई अनुसन्धान वृत्ति प्रदान
प्रा. डा. उर्मिला प्याकुरेलको दोस्रो स्मृति सभाका अवसरमा प्रा. डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले दुई अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य रु एक हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ ।रु दुई अर्ब ५० करोड बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ ।यस्तै, ४० प्रतिशतले हुने रु एक अर्ब बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्काशन हुनेछ । त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कूल नौ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ । सो बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैैंकको अधिकृत पूँजी रु ३० अर्ब, जारी पूँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार र चुक्ता पूँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार बराबर छ ।
ललितकला मेला सम्पन्न
सेतो धोती, कमिज र खराउमा सजिएर कलाकार मिट्ठु थारू राजधानीमा थारू कला संस्कृतिको प्रवर्धनका लागि खटिएको धेरैले मन पराए । कलाकार थारूको मौलिक पहिरन र खराउको टकटक आवाजलाई धेरैले नियालेरै हेरे ।
गलैँचा बुनेर आत्मनिर्भर माझी महिला
बर्सौंदेखि इन्द्रावती नदी बगरमा बालुवा, गिट्टी, ढुङ्गा लोड गरेर दैनिकी धान्न समस्या परेका चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिला अहिले गलैँचा बुनेर आत्मनिर्भर भएका छन् ।
‘पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक’
नेपाल पर्यटन क्षेत्रको विकासका लागि महिलालाई डिजिटल साक्षरतासहित बलियो सहभागिता विस्तार आवश्यक रहेको औँल्याइएको छ ।
तातोपानीबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख रुपियाँ बराबरको विद्युतीय गाडी आयात भएको छ ।
एक सय साठी खर्ब तरलता प्रशोचन
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १६० खर्ब चार अर्ब १५ करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिएको छ ।