सुन्तला बजार लैजान ग्रेडिङ गरिँदै
नुवाकोट, पुस ७ गते । नुवाकोटको म्यागङ गाँउपालिका–२ बुङताङका किसानले उत्पादन गरेको सुन्तला बजार लैजान ग्रेडिङ गर्दै । यहाँ उत्पादित सुन्तला प्रतिकिलो रु ७० देखि ८० मा कारोबार भइरहेको किसानहरुले बताएका छन् । तस्बिरः रासस
रामेछापमा धमाधम जुनार बिक्री
मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ ।
सम्पदा संरक्षणमा सहकार्य आवश्यक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि तिनै तहका सरकारबिच सहकार्य र समन्वय हुनुपर्ने बताउनुभएको छ ।
योग साधना गरी मनाइयो विश्व ध्यान दिवस
विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले विश्व ध्यान दिवस नेपालमा पनि मनाएका छन् ।
‘सिक्लेसको मौलिकता पर्यटनको महत्त्वपूर्ण आधार’
कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् ।
मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
बागमती प्रदेशमा धान उत्पादन घट्यो
बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु(याउँदा धान एक दशमलव ३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
हेटौडामा सवारी दुर्घटनामा पाँच जना घाइते
कान्ति लोकपथको हेटौँडा उपमहानगरपालिका ५ स्थित स्थित सडक खण्डमा सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
डिग्री गर्ने चेपाङ महिला सम्मानित
चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो ।
सम्पदाबारे पुस्तिका ‘फर्पिङ दक्षिणकाली’
दक्षिणकाली क्षेत्रको विविध धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्वका सम्पदाबारे लेखिएको ‘फर्पिङ दक्षिणकाली’ पुस्तिकामा सार्वजनिक भएको छ ।
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।
जात्रापर्वहरूको तेस्रो संस्करण लोकार्पित
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
विकल स्मृति दिवसमा पुरस्कार प्रदान
आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता तथा समाजसेवीलगायतलाई पुरस्कार प्रदान गरिएको छ ।
भारतमा बिजुली बिक्री : पाँच महिनामा तेह्र अर्ब आम्दानी
भारतमा बिजुली बेचेर चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा नेपालले १३ अर्ब चार करोड रुपियाँ आर्जन गरेको छ ।
सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गरिने
सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।
राष्ट्र बैङ्कले फेरि सुरु गर्यो एलपिआरको प्रक्रिया
नेपालमा सञ्चालनमा रहेका १० वटा ठुला वाणिज्य बैङ्कको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट लेखा परीक्षण गराउने प्रक्रिया फेरि अघि बढेको छ ।
खेल क्षेत्रको विकास महत्वपूर्ण : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनुभएको छ ।
समाजवादीले गर्यो कार्यविभाजन
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गरेको छ ।
पश्चिम नेपालमा भूकम्पको चेतावनी
शनिबार बिहानै पनि बाजुराको जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रबिन्दु भएर ५.२ म्याग्नेच्युटको भूकम्प गयो ।
गैँडाको मृत्युमा प्राकृतिक कारण बढी
चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा प्राकृतिक कारणबाट मर्ने गैँडाको सङ्ख्याभन्दा चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा यसरी मर्ने गैँडा दोब्बरभन्दा बढी छ ।
स्वस्थ जीवनका लागि तनाव व्यवस्थापन आवश्यक
शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ ।
८७ बिघामा लगाइएको गाँजा फडानी
मकवानपुर प्रहरीले जिल्लाको चार वटा पालिकाको विभिन्न वडामा अवैध रुपले लगाइएको गाँजा तथा अफिम फडानी गरी नष्ट गरेको छ ।
‘वर्तमान सरकारलाई असफल हुने छुट छैन’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरतालाई समाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को आज यहाँ आयोजित छैटौं केन्द्रीय बैठकमा उहाँले राजनीतिक स्थायित्वका निम्ति कांग्रेससँग गठबन्धन गर्नुपरेको बताउनुभयो ।
मातृबन्दना कृतिको लोकार्पण
साहित्य सन्ध्याको ४५८ औँ मासिक शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयक कवि गोष्ठी सम्पन्न भएको छ ।