‘सन्तुलन कायम राख्न ‘रिभर्स माइग्रेसन’ गराउनुपर्छ’
जनसंख्या र विकासका क्षेत्रका सरोकारवालाहरुले हालको तराइकेन्द्रित जनसंख्याको सन्तुलन कायम गर्न ‘रिभर्स माइग्रेसन’ अर्थात पुरानै थातथलोमा फर्किने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शुक्रबार बिदाइ भेट गर्नुभएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यालय समयमा चिकित्सक नभए कारबाही गर्ने स्वास्थ्य मन्त्रीको निर्देशन
चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको छ ।
‘पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो
जग्गा तथा आवाससम्बन्धी प्रतिवेदन चाँडै कार्यान्वयन हुन्छः उपप्रधानमन्त्री सिंह
जग्गा तथा आवास विकाससँग सम्बन्धित समस्याहरुको समाधानका लागि गठित कार्यादलले शहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । शुक्रबार सिंहदरबारमा उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जग्गा तथा आवास विकाससँग सम्बन्धित सुझाव तथा अन्य व्यवस्थाहरू अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याइ गर्नुपर्ने सुधारसहितको प्रतिवेदन पेश गर्न शहरी विकास मन्त्रालयद्वारा गठित कार्यदलले प्रतिवेदन बुझाएको हो ।
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो । हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ ।
मन्त्रालयका तीनवटै स्तम्भलाई नीतिगत रुपान्तरण गर्न लागेका छौँ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
अस्ट्रेलिया र दुबई पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको छलफल
जैविक विविधता सम्बन्धी विश्व सम्मेलन कोप-१६ तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा सहभागीहरूले त्यहाँ उपस्थित हुँदा बुझेका, देखेका अनुभवहरूको आदानप्रदान गरेका छन् ।
अहिलेको न्यायपालिका पारदर्शी छ : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ । यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु. आठ करोडमा ‘सिटी स्क्यान’ मेसिन खरिद गरेको थियो ।
मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।
प्लास्टिक टनेलमा खेती
नुवाकोट, पुस ५ गते । नुवाकोटको म्यागङ गाउँपालिका–३ देउरालीका किसानले प्लास्टिकको टनेलमा गरेको गोलभेंडा खेती । यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् । तस्बिरः रासस
यु–१९ एसिया कप स् नेपाल बङ्गलादेशसंग भिड्दै
मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बङ्गलादेशसंग सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ ।
महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसनबीच नेपाली उत्पादन प्रवर्द्धन गर्ने समझदारी
नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसन ९कोइमा०बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्ने विषयक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जिससलाई अधिकारसम्पन्न बनाइने
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाउन प्रदेशले आवश्यक कानुन तथा नियमावली बनाउने बताउनुभएको छ ।
‘दर्शकसँग नजिकिन टाढा भएको हो’
चलचित्र पिँजडाबाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेक्नुभएका अभिनेता निखिल उप्रेतीले त्यसयता फर्केर हेर्नु परेको छैन ।
थानकोट–चित्लाङ सडक एक महिना बन्द
मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) एक महिनाका लागि बन्द हुने भएको छ । सडक सुधार कार्यको लागि थानकोट–चित्लाङ सडक लामो समय बन्द गर्न लागेको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
डा. रिजाल सम्मानित
ॐ अस्पतालले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाललाई सम्मानित गरेको छ ।
आत्मनिर्भर हुन अवसरको खोजी
वैदेशिक रोजगारीबाट फर्किएका महिला विदेशमा आर्जेको पुँजी, ज्ञान, सिपलाई स्वदेशमा लगानी गरेर आत्मनिर्भर हुन चाहन्छन् तर देशमा त्यो खालको वातावरण नहुँदा कतिपय दोहो¥याएर पुनः विदेश जान्छन् भने कोही काम गर्ने हुटहुटी हुँदाहुँदै पनि कता के गर्ने भन्ने ज्ञान नहुँदा त्यत्तिकै खुम्चिएर बस्न बाध्य हुन्छन् ।
आज काठमाडौंका यी स्थानमा विजुली काटिदैछ
नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका छन् ।
ऊर्जा सङ्कटकाल लगाउन माग
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले विद्युत्को क्षेत्रमा तीव्र विकासका लागि ऊर्जा सङ्कटकाल लगाउन माग गरेको छ ।