• १६ असार २०८२, सोमबार

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

blog

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

सेभिया (स्पेन), असार १६ गते । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका लागि स्पेनका नरेश फिलिप द्वितीयले सोमबार आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको छ ।

सेभियास्थित रोयल अल्काजरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी हुनुभएको हो । प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आज द्विपक्षीय भेटवार्ता भइसकेको छ । रासस