एनपिएल विजेता जनकपुरलाई ट्रफी
नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि विजेता जनकपुर बोल्टसलाई उपाधि प्रदान गर्नुहुँदै पूर्वप्रधानमन्त्रीद्वय पुष्पकल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा
नेता महरलाई जेसीजको मानार्थ सदस्यता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजित जेसीजको ५१ औं महाधिवेशन उद्घाटन समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।
सभ्यताको मुहान ध्यान : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यताको मुहान ध्यान भएको बताउनुभएको छ । विश्व ध्यान दिवसका अवसरमा ‘आन्तरिक शान्तिः विश्वव्यापी सद्भाव’ भन्ने नाराका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
पाँच महिनामा १३ अर्ब चार करोडको विद्युत् भारत निर्यात
चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ५ महिनामा १३ अर्ब चार करोड रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपियाँ ३९ पैसा छ ।
सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको चुनौतीपूर्ण लक्ष्य
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो ।
जनताको अवस्था सुधार्न सरकार प्रयासरत : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
एनपिएलः जनकपुर बोल्ट्सको जितको कामना गर्दै मन्दिरमा पूजापाठ
नेपाल प्रिमियर लिग एनपिएलमा शनिबार फाइनल खेल हुँदैछ । खेल मध्यान्ह सवा १२ बजे त्रिभूवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा हुनेछ ।
लटरम्म फलेका जुनार
रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका कृषक शेरबहादुर तामाङको बगैँचामा लटरम्म फलेका जुनार । यहाँका कृषकले बगैँचाबाटनै प्रति किलो ६० देखि ७० रुपैँया सम्ममा जुनार बिक्री गर्ने गरेका छन् ।
‘मुलुकमा विकासै भएन भन्ने भाष्य निर्माण नगरौं’
प्रतिनिधिसभा सदस्य दीपा शर्मा नेकपा (एमाले) को केन्द्रीय सदस्य हुनुहुन्छ । दैलेखमा जन्मेर बाँकेलाई कर्मभूमि बनाउनुभएकी सांसद शर्मा सशक्त महिला अभियन्ता पनि हुनुहुन्छ ।
टुँडिखेलमा विश्व ध्यान दिवस २०८१ मनाइँदै (प्रत्यक्ष प्रसारण)
विश्व ध्यान दिवस २०८१ मनाइँदै छ । यस दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सैनिक मञ्च टुडिँखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ ।
भुटानी गुम्बालाई पृथ्वीनारायण शाहको लालमोहर
स्वयम्भू महाचैत्यको पश्चिमतिर एक गुम्बा छ । यो गुम्बाको नाम हो, ‘मार्मो ल्हाखाङ्ग’ ।
पहेँलपुर बारीले पर्यटक आकर्षित
दुधौली नगरपालिका–२, भलुवाहीका किसान गुणराज बरालको १० कट्ठा खेत यतिबेला तोरी फुलेर पहेँलपुर बनेको छ । नजिकैको मदन भण्डारी राजमार्गमा सवार जो कोही यात्रुका आँखा तानिने सौन्दर्यबाट आकर्षित भएर फोटो खिच्न रोकिने गरेका छन् । तोरीधनी किसान बरालले भन्नुभयो, “यतिखेर दुधौली नगरपालिका अन्तर्गतको कमलाखुँज क्षेत्रको खेतबारीमा तोरी फुलेर पहेँलपुर भएको छ । तोरी बारीमा फोटो खिच्ने र टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको छ ।”
तनाव र रोग मुक्त हुन ध्यान
व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण धेरै मानिस तनावबाट गुज्रिरहेका छन् । लामो समयसम्म तनावमा बस्दा एकाग्रता नहुने, ध्यान केन्द्रित गर्न नसक्नु, मानसिक तथा शारीरिक स्वास्थ्य समस्या निम्तने गर्छ । पछिल्ला वर्षहरूमा तनावले गर्दा मानसिक तथा शारीरिक रूपमा अस्वास्थ्य बन्दै गएका छन् । यदि तनाव यही हिसाबले बढ्दै जाने हो भने भविष्यमा मानसिक समस्या अर्को महामारीका रूपमा देखा पर्न सक्ने भन्दै सचेत रहन युएनले चेतावनी दिएको छ । तनाव र रोग मुक्त हुन ध्यान रोज्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।
नगर अस्पतालमा थप सेवा सञ्चालन
पूर्वी चितवनको कालिका नगरपालिकामा रहेको नगर अस्पतालमा अत्याधुनिक मेसिनबाट परीक्षण सुरु भएको छ । जिल्लाका अन्य ठुला अस्पतालमा जान नपर्ने गरी नगरपालिकामा सञ्चालनमा
ढुङ्गाहरू देउता भएका छन् (कविता)
न हेर्न सक्छन् न बोल्न सक्छन् न सुन्न सक्छन् न हिँड्न सक्छन्
गुम्देलमा एकीकृत घुम्ती शिविर
रामेछाप जिल्लाकै दुर्गम मानिने हिमाली गाउँ उमाकुण्ड गाउँपालिका–१, गुम्देलका नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमै दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाका सात वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने लक्ष्यका साथ उमाकुण्ड गाउँपालिका–१, गुम्देलबाट एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो । घुम्ती शिविर अभियानको सोमबार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गुम्देलबाट शुभारम्भ गर्नुभएको छ
एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
पहिलो संस्करणको नेपाल प्रिमियर लिग [एनपिएल]को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
आज विश्व ध्यान दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् ।
ध्यान मावन जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभएको छ ।
अदुवा जोगाउन भण्डारणगृह
प्युठानमा आधुनिक प्रविधिको अदुवा भण्डारण केन्द्र निर्माण गरिएको छ ।
कालीमाटीको तरकारी खानयोग्य
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गर्दा सबै खानयोग्य भएको तथ्य सार्वजनिक गरेको छ ।
आँखाको पर्दामार्फत हाजिरी गर्ने बढे
वैदेशिक रोजगारीमा जानुअघि दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमप्रदायक संस्थाको तालिम कक्षामा विदेश जानेको भिड बढ्न थालेको छ ।
निर्यात आम्दानीभन्दा भ्रमणमा बाहिरिने धेरै
नेपालले वस्तु निर्यात गरेर प्राप्त गर्ने आम्दानीभन्दा भ्रमणका लागि नेपालबाट बाहिरिने रकम धेरै भएको पाइएको छ ।