अर्याल रास्वपा कार्यवाहक सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याल (डिपी) अर्यालले पाउनुभएको छ ।
विधेयकमा प्रस्तावित व्यवस्थाको आलोचना
राष्ट्रिय सभाका सदस्य तथा शिक्षाविद्ले शैक्षिक संस्थाको पाठ्यक्रम निर्माणबारे प्रस्तावित व्यवस्थाको आलोचना गरेका छन् ।
वैदेशिक रोजगारीको पीडा, पाँच महिनामा १९ करोड ठगी
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजारभन्दा बढीको ठगी भएको छ ।
सादगी नायक ‘किसुनजी’
प्रजातन्त्र पुनर्स्थापानाका लागि २००७ सालको जनआन्दोलनका नायक, सन्त नेता, पूर्र्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सोमबार १०१ औँ जन्मजयन्ती ।
फूलचोकी जङ्गलमा हराएकाहरु प्रहरी सम्पर्कमा
फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ । सोमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
निजामती कर्मचारी अस्पतालमा चिनियाँ चिकित्सा सेवा
निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले सोमबार संयुक्त रूपमा ‘परम्परागत चिनियाँ अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’ को उद्घाटन गर्नुभयो ।
कारको ठक्करबाट लामाको मृत्यु
त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका १ तिरतिरेधारास्थित सडकखण्डमा भारतीय कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका १, स्थित चौकीटोल बस्ने युवराज लामाको मृत्युभएको छ ।
‘निजामती कर्मचारीका ट्रेड युनियनहरू खारेज गरौं’
सांसदहरुले संघीय निजामती सेवा विधेयकलाई एकीकृत संघीय निजामती विधेयकको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
आचार्य बाबुछोराको हत्याबारे के गर्दैछ प्रहरी ?
सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
एघार पटक सगरमाथा उक्लेका शेर्पा किन गुमनाम भए ?
एक पटक सगरमाथा उक्लिन जीवन लगाएर प्रयास गर्नेहरु हरेश खाएर फर्किन्छन् । पटक पटक उक्लिने प्रयास गर्नेहरु पनि असफल भएर हराउँछन् । एक युवा ११ पटक सगरमाथाको शिखर चुमेर पनि गुमनाम भएको सुन्दा आश्चर्य लाग्न सक्छ ।
रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो ।
अहिले काँग्रेसमा विचलन छ : नेता कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्विकार गर्नुभएको छ ।
राक्सिराङ्ग गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा
मकवानपुरको राक्सिराङ गाउँपालिकाको कार्यालयले इसाई धर्मावलम्बीहरुले पर्व क्रिसमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको समस्या मिलाउन सहजीकरण समिति गठन
काठमाडौं विश्वविद्यालयको ९८ औँ सभाको सोमबारको बैठकले सो विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको छ ।
सीमाविद् श्रेष्ठलाई अवार्ड प्राप्त
बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ ।
धरानमा सङ्गीत जात्रा सुरु
मौलिक तथा जातीय भेषभुषा, साँस्कृतिक प्रर्दशनी, जातीय परिकार सहितको अर्गानिक खाद्यान्नलाई प्राथमिकता दिएर आयोजना गरिएको “सङ्गीत जात्रा–२०८१” सुरु भएको छ ।
नेपालले उल्लेख्य प्रगति गरे पनि युवा पलायन रोकिएन : नेता रिजाल
नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भए पनि युवा पलायन नरोकिएको बताउनुभएको छ ।
दक्षिणकालीको खाडलमा खेल मैदान बनाउने तयारी
काठमाडौँ महानगरपालिकाले दक्षिणकाली नगरपालिका वडा नं. ७ मा रहेको ठूलो खाडलमा माटो भरेर खेल मैदान बनाउने तयारी गरिएको छ ।
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन स्वास्थ्यमन्त्रीको पहल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थाल्नुभएको छ ।
‘संघ र प्रदेशसँग समन्वय नहुँदा वनका समस्या समाधान हुन सकेनन्’
संघ र प्रदेश सरकारबिच वनसँग सम्बन्धी कार्यालयहरुको सम्पर्क टुट्दा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्रका समस्या समाधानमा असहजता आएको सरोकारवाला निकायहरुले बताएका छन् ।
पत्रकारिताको धर्म नैतिक इमान्दारिता अक्षुण्ण राख्नु हो : प्रथम राष्ट्रपति डा. यादव
प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताउनुभएको छ ।
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला
हेटौँडा उपमहानगरपालिका १५ स्थित ऐतिहासिक महत्वको सुरुङमार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धारपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । हेटौँडा उपमहानगरपालिकालाई सोमबार हस्तान्तरणसँगै लामो समयपछि सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिएको छ ।
अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट ज्योतिष रिजाल सम्मानित
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित हुनुभएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ र विक्रम विश्वविद्यालय उज्जैन भारतको संयुक्त आयोजनामा भएको चौथो अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा ज्योतिष रिजाललाई ज्योतिष शिरोमणिबाट विशेष सम्मान गरिएको हो ।
क्रस कन्ट्री दौडमा करण च्याम्पियन
नेपाली सेनाका धावक करण रावल पाँचौँ क्रस कन्ट्री दौड च्याम्पियन बन्नुभएको छ ।