अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गर्नुभएको छ ।
संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गर्नुभयो ।
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताउनुभएको छ । यहाँस्थित अस्थायी बसपार्कको निरीक्षण गर्दै उहाँले सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकता छ भन्नुभयो ।
धुलो दुध कारखाना अलपत्र
बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको धुलो दुध कारखाना सञ्चालन मोडालिटीको अभावमा अलपत्र छ । कारखाना सञ्चालन गर्ने खाका (मोडालिटी) बिना नै काराखाना निर्माण गरिएको
तिब्बत भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ।
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य यस्तो
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो ।
उनन्तीस वर्षदेखि ओडारमा व्यापार
दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आउनुभएको छ ।
एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी
विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाली राजदूतावास अबुधाबीद्वारा घुम्ती शिविर सञ्चालन
संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, युएईलगायत अन्य सङ्घ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ ।
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”
आजको हल्का हिमपातको सम्भावना
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ ।
सञ्चालनमा आएन मुद्रा सङ्ग्रहालय
दोलखाको भीमेश्वर नगरपालिका–२, ऐतिहासिक सहर दोलखामा निर्मित मुद्रा सङ्ग्रहालय सञ्चालनमा आउन सकेको छैन । यहाँ रहेको प्राचीन टक्सार घर अतिव्रmमण भएकाले राजकुलेश्वर तलेजु मन्दिर परिसरमा रहेको जिल्लाकै नमुना सङ्ग्रहालय भवन निर्माण भए पनि फिनिसिङको काम हुन नसक्दा सञ्चालनमा आउन नसकेको स्थानीय समाजसेवी हर्कबहादुर श्रेष्ठले बताउनुभयो ।
खुम्बुको लोबुचे केन्द्रबिन्दु भएर ७.१ म्याग्निट्यूडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
नेपालमा मङ्गलवार बिहानै शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। बिहान ६ बजेर ५० मिनेट आसपास उक्त भूकम्पको झट्का महसुस गरिएको थियो।
काठमाडौँमा भूकम्पको धक्का
आज बिहान ६ बजेर ५१ मिनेटमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। यो धक्का काठमाडौँसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुर जिल्लामा पनि महसुस गरिएको थियो।
चेपाङ समुदायलक्षित स्वास्थ्य शिविर
धादिङको दक्षिणी क्षेत्रमा रहेका विपन्न चेपाङ समुदायलक्षित आयोजना गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीले आयोजना गरेको शिविरमा ४१४ जनाले सेवा लिएका छन् ।
योजना कार्यान्वयनमा कमजोर
टौँडा उपमहानगरपालिका चालु आर्थिक वर्ष २०८१/८२ का लागि नगर सभाबाट बनाइएका योजनाको कार्यान्वयनमा कमजोर देखिएको छ ।उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेट तथा
शिक्षा मन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आउनु भएका नेत्र चापागाईलाई भेटेर माग पूरा गर्ने प्रतिवद्दता जनाएपछि आन्दोलनकर्मी नेत्र चापागाईले आन्दोलन स्थगित गर्नुभएको छ ।
प्रतिवेदनमाथि छलफल जारी, मंगलबार अध्यक्ष ओलीको सम्बोधन
नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठक लम्बिएको छ । अध्यक्ष ओलीले मंगलबार बैठकमा उठेको जिज्ञासालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
खाद्य व्यवस्था लिमिटेडको साधारणसभा पुस २९ मा
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच वर्षपछि पहिलो वार्षिक साधारणसभा कार्यक्रम गर्नेभएको छ । सो लिमिटेडले सोमबार विज्ञप्ति जारी गर्दै पुस २९ गते साधारणसभा गर्ने जनाएको हो ।
सङ्घीय ढाँचाअनुसार वित्त व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक सङ्घीय ढाँचामा गए पनि प्रभावकारी वित्त व्यवस्थापन अझै हुन नसकेको बताउनुभएको छ ।
इसिडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छः शिक्षामन्त्री
शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माइतीघर मण्डलामा उभिएर विरोध जनाइरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गर्नुभएको छ ।
दुई होइन, नेपाल तीन ढुङ्गाबिचको तरुल
बदलिँदो विश्व परिवेशसँगै नेपालको भू–राजनीतिक संवेदनशीलता बढ्दो छ । महाशक्ति बन्ने होडमा छिमेकी मुलुक चीन र उदीयमान शक्ति अर्का छिमेकी भारत प्रतिस्पर्धामा हुँदा नेपालको परराष्ट्रनीतिका चुनौती पेचिलो बन्दै गएको छ ।