धान खेतीको क्षेत्रफल घट्दै, उत्पादन बढ्दै
मुलुकभर धान रोप्ने जमिनको क्षेत्रफल घट्दै गए पनि उत्पादन भने बढ्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा धानको क्षेत्रफल घट्दै गएको छ ।
लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।
पुर्जाको कम्पनीले करोडभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने
साढे दुई वर्षअघि काठमाडौँको कपनमा भएको आगलागीको घटनामा पर्वतारोही निर्मल पुर्जाको कम्पनी इलाइट हिमालयन एडभेन्चर प्रालिले घरधनीलाई करोडभन्दा क्षतिपूर्ति तिर्नुपर्ने अदालतले फैसला गरेको छ ।
सङ्घीय कार्यालयमा ओएनएम, साना पद घटाएर बढाइँदै ठुला पद
सरकारले सङ्घीय निकायका कार्यालयमा तल्लो तहका पदहरूमा दरबन्दी घटाउने र माथिल्लो पदहरूमा कर्मचारीको दरबन्दी थप्दै लगेको छ ।
सामाजिक सञ्जालको बेथिति नियमन गर्न जरुरी
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ । म
‘फ्लाई ओभर’ अन्ततः ‘ओभर पास’
ललितपुरको ग्वार्को क्षेत्रको यातायात सहजीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित चक्रपथमा निर्माणाधीन भौतिक संरचना ‘फ्लाई ओभर’ नभई ‘ओभर पास’ रहेको खुलासा भएको छ ।
विपत्तिमा खटिन्छन् दलका युवा : दलबल छ, दक्ष जनशक्ति छैन
भूकम्प, बाढीपहिरो, आगलागीजस्ता ठुला प्राकृतिक विपत्मा राजनीतिक दलका नेता, कार्यकर्ता खटिने गरेका छन् ।
होटलमा युवक मृत फेला
मकवानपुरको हेटौंडामा बिहीबार एकजना युवक मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा १० बसपार्कमा रहेको चण्डीका होटलमा राक्सिराङ गाउँपालिका वडा ४ का २८ वर्षीय सरोज शाह मृत भेटिएका हुन् ।
प्रजातन्त्र सेनानी बस्नेतको निधन
प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका ज्येष्ठ नेता देवीध्वज बस्नेतको निधन भएको छ । काठमाडाैँको गौरीघाट स्थित निजी निवासमा बुधबार राती ९ः३८ बजे ९८ वर्षको उमेरमा निधन भएको हो ।
एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गर्नुभएको छ ।
श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यको शपथ
बागमती प्रदेश खेलकुद विकास परिषदमा मनोनित हुनुभएका १० जना सदस्यहरूले आज बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नेप्से परिसूचक १८ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ ।
अख्तियारका अधिकृतलाई घुस दिने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
परराष्ट्रमन्त्रीद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गर्नुभएको छ ।
युवालाई न्यून ब्याजमा लगानीको वातावरण बनाउँछौँ : उद्योगमन्त्री
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरुलाई न्यून ब्याजमा लगानीको वातावरण बनाउन सरकारले पहल सुरु गरेको बताउनुभएको छ ।
विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताउनुभएको छ ।
मिथिला चित्रकला बन्दैछ युवा कलाकारको ‘करियर’
पछिल्लो सयम मिथिला चित्रकलालाई युवा कलाकारहरूले आफ्नो ‘करियर’ अर्थात् जीविकोपार्जनका रूपमा अँगाल्न थालेका छन् । यसमा महिलाहरूको सङ्ख्या झनै आशालाग्दो छ ।
कानुन परिवर्तन गरेर त्रिभुवन विश्वविद्यालय सुधार गर्नुपर्छ : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानुनी व्यवस्था परिवर्तन गरेरै भए पनि त्रिभुवन विश्वविद्यालयको सुधार गर्ने बताउनुभएको छ ।
चितवन महोत्सव सुरु
चितवन महोत्सवको औपचारिक उद्घाटन पूर्व बिहीबार बिहान चितवनको नारायणगढ बजारमा बाजागाजासहितको शोभायात्रा गरिएको छ ।
नेपाली वस्तु निर्यात गर्दा बिआइएस प्रमाणपत्र लिनु नपर्ने प्रस्ताव राख्न निजी क्षेत्रको माग
नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाली निर्यातकर्ताले भारतमा नेपाली वस्तु निर्यात गर्दा बिआइएस प्रमाणपत्र लिनु नपर्ने प्रस्ताव राख्न निजी क्षेत्रले माग गरेको छ ।
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने
मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।
पोल्यान्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर, ललितपुर महानगरपालिका–६ बस्ने ३६ वर्षीय रूपेश महर्जन रहेका छन् ।