यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
फेरि थपियो साढे दुई खर्ब सरकारी ऋण
काठमाडौँ, चैत ७ गते । चालु आर्थिक वर्ष २०८१-८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ ।“चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत हुन आउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै नेपाललाई रू ६६ अर्ब २९ करोड सार्वजनिक ऋणको दायित्व बढेको कार्यालयले जनाएको छ ।हालसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८३ प्रतिशत अर्थात् रु १३ खर्ब ६० अर्ब ४६ करोड र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १६ प्रतिशत अर्थात् रु १३ खर्ब १५ अर्ब ५७ करोड रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको अनुपात २३ दशमलव ०६ प्रतिशत र बाह्य ऋणको अनुपात २३ दशमलव ८५ प्रतिशत हुन आउँछ ।सरकारले चालु आर्थिक वर्षका लागि कुल रु पाँच खर्ब ४७ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये फागुन मसान्तसम्ममा रु तीन खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्त भइसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा दोस्रो चौमासिकसम्मको सार्वजनिक ऋण प्राप्ति ६१ दशमलव १७ प्रतिशत बराबर हो ।यस वर्ष रु तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ८१ दशमलव ५६ प्रतिशत अर्थात् रु दुई खर्ब ६९ अर्ब १५ करोड ४२ लाख बराबरको आन्तरिक ऋण प्राप्त भइसकेको छ । फागुन मसान्तसम्मको बाह्य ऋण प्राप्ति भने ३० दशमलव १७ प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि कुल रु दुई खर्ब १७ अर्ब बाह्य ऋण लिने सरकारी लक्ष्य रहेकामा हालसम्म रू ६५ अर्ब ४७ करोड बराबर मात्रै प्राप्त भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले रु चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्म ५० दशमलव ०८ प्रतिशत अर्थात् रु दुई खर्ब एक अर्ब ७२ करोड बराबर ऋण भुक्तानी भइसकेको जनाइएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ५४ प्रतिशत बराबर हो ।रासस
विद्युत् प्राधिकरण साढे दुई खर्ब घाटामा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाहिर चर्चामा आए जसरी नेपाल विद्युत् प्राधिकरण नाफामा नरहेको दाबी गर्नुभएको छ । उहाँले प्राधिकरण अझै साढे दुई खर्ब घाटामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै यथार्थ जनताले बुझ्नुपर्ने भएकाले सदनमार्फत जानकारी गराएको बताउनुभयो ।
स्टार्टअप उद्यम कर्जा चैत अन्तिम सातादेखि
चैत अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठाले परियोजना अन्तिम छनोटमा परेका उद्यमीलाई स्टार्टअप उद्यम कर्जा वितरण गर्न लागेको हो ।
नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु
नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यबारे गृहकार्य सुरु भएको छ ।
सशस्त्र प्रहरी विधेयक समितिमा
सशस्त्र प्रहरी बल नेपालको विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकले विधेयक दफावार छलफलका लागि समितिमा पठाएको हो ।
एसइईमा पाँच लाख विद्यार्थी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सञ्चालन हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
अन्तरिक्षमा नौ महिना बास
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट अन्तरिक्षको स्पेस एक्समार्फत नौ महिनाअघि अन्तरिक्ष पुग्नुभएका ५९ वर्षीया सुनिता विलियम्स ‘सनी’ र ६४ वर्षीय ब्यारी ई विल्मोर ‘बुच’ ले बुधबार पृथ्वीमा पाइला टेक्नुभयो ।
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह
बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्रीको आग्रह,'एसइई धैर्यताका साथ दिनुहोस्'
प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ तयारी गरी दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी ७ गतेदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गर्नुभएको हो ।
दक्षिण एसियाली किसान सम्मेलन बिहीबारदेखि काठमाडौं हुने
दक्षिण एसियाली किसान सम्मेलन विहीबारदेखि काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पाँचौं दक्षिण एशियाली किसान सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल म्यानमार प्रस्थान
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज म्यानमार प्रस्थान गर्नुभएको छ ।
समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्ने बताउनुभएको छ ।
वन क्षेत्र उत्पादनशील वनमा रुपान्तरण भइरहेको छ
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई उत्पादनशील वनमा रुपान्तरण गर्न दिगो वन व्यवस्थापनका क्रियाकलाप सञ्चालन गरिएको बताउनुभएको छ ।
प्राथमिकताको आधारमा योजना छनोट गरिने
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी योजना छनोट गर्दा प्राथमिकताको आधारमा मात्रै गरिने बताउनुभएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसमा अखिलका रेग्मी नेतृत्वको टिम विजयी
मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वको लागि मंगलबार भएको निर्वाचनमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित हुनुभएको छ।
सगरमाथा संवाद कार्यक्रमको तयारी चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन
आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
हेटौँडालाई महिलामैत्री सहरको रुपमा विकास गरिने
विकासको नयाँ नयाँ प्रयोगका क्रममा हेटौँडा उपमहानगर महिलामैत्री सहरको रुपमा विकास गरिने भएको छ ।
पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु २५ करोड अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति हुनुभएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ ।
चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय (सूचिसहित)
सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल
कम्बोडिया भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल भएको हो । उहाँले त्यहाँका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनलाई पनि भेटेर त्यस सम्बन्धमा छलफल गर्नुभएको हो ।
राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
हेटौँडा क्याम्पसमा अनेरास्ववियुका मैनाली विजयी
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौँडा क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली निर्वाचित हुनुभएको छ । बुधवार बिहान सम्पन्न भएको मतगणनाअनुसार २ सय ५१ मतसहित मैनाली विजयी हुनुभएको हो ।