विद्यालय भवन निर्माण
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१, मानेदोभानस्थित भालचन्द्र माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिएको छ । जर्मनीस्थित नेपाल हिल्फे बाइलङ्ग्रिस इभीको आर्थिक सहयोगमा जनहित नेपाल नामक साझेदार संस्थाले भवन निर्माण गरेको हो ।
पैदलयात्रीसँग पनि ट्याक्स
मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ९ र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सिमानामा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने पैदलयात्रीसँग चन्द्रागिरि हिल्सले ट्याक्स असुली गर्दै आएको छ ।
काठमाडौँ विश्वविद्यालयको उपकुुलपतिमा वाग्ले नियुक्त
काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त हुनुभएको छ ।
प्रहरी महानिरीक्षकमा थापा नियुक्त
सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो ।
‘सबैभन्दा बढी उत्तीर्ण हुने परीक्षा एसइई हो’
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेलले प्रस्तावित शिक्षा विधेयकमा माध्यामिक शिक्षा परीक्षा (एसइई) प्रावधान हटाउन नहुने बताउनुभएको छ ।
जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित
जनस्वास्थ्य कार्यालय चितवनले सञ्चालन गरेको जनस्वास्थ्य अभियान तथा पोषण प्रवर्धन कार्यक्रममा छ सय ९३ जनाले सेवा लिएका छन् ।
एमाले सचिवालय बैठक : लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प गरेको छ ।
'तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक' राष्ट्रिय सभाबाट पारित
राष्ट्रिय सभाको बैठकले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेको छ ।
सुशासन प्रवर्धनसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकबाट बहुमतले स्वीकृत भएको छ ।
पिएनओ मुद्दा सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली संघको पिएनओ केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
दोहोरो नागरिकतालाई नेपालले स्वीकार्दैन : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पार्नुभएको छ । सोमबार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ माथि भएको छलफलमा सांसदहरुले राखेको सुझावका विषयमा जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ ।
मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताउनुभएको छ ।
‘तीनै तहका सरकार र निजी क्षेत्रबिच सहकार्य जरुरी’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबिच सहकार्य जरुरी रहेकामा जोड दिनुभएको छ ।
पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवा सुविधा दिइने वा नदिइने भन्ने स्पष्ट पारिनुपर्ने बताउनुभएको छ ।
लागुऔषधविरुद्ध अभियानका लागि रुलिङ गर्न सांसद तामाङको आग्रह
सांसद तारा लामा तामाङले प्रहरीले काठमाडौंमा थालेको लागुऔषधविरूद्धको अभियान देशभर सुरू गर्न सभामुखसँग रूलिङको माग गर्नुभएको छ ।
‘हिमतालको संरक्षणका लागि बजेट विनियोजन गर्नुपर्छ’
उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताउनुभएको छ। ललितपुरमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उहाँकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताउनुभएको छ ।
नागरिक लगानी कोषको रकम राेजगारी बढाउने क्षेत्रमा प्रयोग गरौं : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरूको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
चरीकोटमा चौसठ्ठी लिङ्गकाे पूजा तथा पशुपति पुराण वाचन गरिने
शान्तिका लागि दोलखाको सदरमुकाम चरीकोटस्थितको पशुपति मन्दिर प्राङ्गणमा पाँच दिने चौसठ्ठी लिङ्गको पूजा तथा महात्य र पशुपति पुराण वाचन गर्न लागिएको छ ।
भीमफेदीले ल्यायो कोदोखेती प्रवर्धन कार्यक्रम
मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्धन कार्यक्रम लागु भएसँगै कोदोखेतीतर्पm कृषक आकर्षित भएका छन् । सो पालिकाले आव २०८१/८२ मा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत रु ३५ लाख विनियोजन गरेको छ ।
जिल्लाका सात वटा क्याम्पसमा स्ववियुकाे निर्वाचन हुने
त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आङ्गिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ ।
रामेछापमा फोर्स गाडी दुर्घटना : आठ जना घाइते
रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा फोर्स गाडी दुर्घटना भएको छ ।
विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग
विदेशमा कार्यरत नेपालीको जीउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकहरूको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदहरुले सरकारसँग माग गर्नुभएको छ ।