केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी घिमिरेलाई
काठमाडौँ, जेठ २२ गते । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।
आजदेखि मह मेला सुरु
काठमाडौँ, जेठ २२ गते । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि छैटौँ राष्ट्रिय मह मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले सरकार किसानको साथमा रहेको उल्लेख गर्दै उत्पादन बढाउनतर्फ लाग्न आग्रह गर्नुभयो । नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको मह मेलाको सहआयोजकमा मौरी विकास केन्द्र गोदावरी, मौरीपालन विकास केन्द्र भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवन, जिम्याप नेपाल रहेको छ । मन्त्री अधिकारी भन्नुभयो, “सक्नेले दैनिक एक चम्चा मह खानुस्, स्वास्थ्यलाई फाइदा र मौरीपालक किसानका लागि पनि सहयोग हुन्छ, नेपाली उत्पादनलाई हामीले प्रोत्साहन नदिने हो भने कसले दिने रु”नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेले मुख्य गरी मौरीपालक किसानका लागि चरनको भरपर्दो व्यवस्था र बजारीकरण मुख्य समस्या रहेको बताउँदै त्यसको उचित सम्बोधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले किसानले मौरी पालेर परागशेचनमा सहयोग गरेवापत सरकारले प्रतिघार एक हजार रोयल्टी दिन जरुरी रहेको बताउँदै एक पालिकाबाट अर्को पालिकामा मौरी लैजान भइरहेको अवरोध हटाउन माग गर्नुभयो । अध्यक्ष घिमिरेले मौरी चराउन लगिएको ठाउँमा विभिन्न समूह तथा सामुदायिक वनले चन्दा माग्ने गरेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।महाङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले सरकारसँग विगतमा भएको सम्झौता पूर्ण कार्यान्वयन गर्न तथा आयात हुने महको भन्सार दर बढाउन आग्रह गर्नुभयो । उहाँले काठमाडौँमा महको मार्ट नै खोजेर बजारीकरणका लागि काम गर्न लागिएको जानकारी दिनुभयो । महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतमले मौरी चराउन जाँदा कुनै ठाउँमा राखियो भने प्रतिघारमै सामुदायिक वनले ३५० सम्म लिने गरेको भन्दै यसरी शुल्क उठाउन रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।नेपाली उत्पादन राम्ररी बिक्री नहुने तर बाहिरबाट वार्षिक चार हजार मेट्रिकटन मह आयात हुने अवस्थाको अन्त्य जरुरी रहेको बताउनुभयो । उत्पादनमा आधारित अनुदान दिँदै महको बजारीकरणमा सरकारको सहयोग जरुरी रहेको उहाँको भनाइ थियो ।कार्यक्रममा व्यावसायिक किट विकास केन्द्रकी पूर्णिमाया क्षेत्री, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडकी अध्यक्ष जानुका थापा, उपाध्यक्ष कृष्णहरि जमरकट्टेल, विष्णुप्रसाद भट्टराईलगायतले धारणा राख्नुभएको थियो ।यही जेठ २३ गतेसम्म चल्ने मेलामा देशभरबाट आएका मह किसानका ४० वटा स्टल छन् । यहाँ मुख्यगरी सातै प्रदेशमा उत्पादित मह तथा मौरीजन्य उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । महका परिकार, मौरी र महसम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया, नेपालमा पाइने मौरी तथा महको प्रदर्शनीका कार्यक्रमसमेत रहेका छन् । यहाँ एक लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष राखिएको छ ।
‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले जलवायु परिवर्तनले हाम्रा हिमशृङ्खला जोखिममा परेको प्रतिक्रिया दिनुभएको छ ।
प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै कला प्रदर्शनी
विश्व वातावरण दिवसको अवसरमा तारागाउँ सांस्कृतिक केन्द्रमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै ‘एट द टिपिङ प्वाइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ ।
भिजिट भिसा प्रकरण छानबिन गर्न सरकार तयार नभएसम्म संसद् खुल्दैन: माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानबिन गर्न सरकार तयार नभएसम्म संसद् नखुल्ने टिप्पणी गर्नुभएको छ ।
‘प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न जरुरी’
वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।
संसद्को गतिरोध अन्त्य गर्न प्रतिपक्षीलाई जिम्मेवार बन्न एमाले प्रमुख सचेतकको आग्रह
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षी दलहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालको सबै घरघरमा टेलिभिजन हेर्न सकिने गरी फोरजी सेवा सञ्चालन गर्ने तयारीमा लागिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाः विपक्षीको विरोध कायमै, बैठक भोलिसम्मका लागि स्थगित
केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे चार घन्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाउनुभयो ।
गृह मन्त्रालयको कर्मचारी भन्दै धम्काउने पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै प्रहरीलाईनै धम्की दिने एक जनालाई पक्राउ गरेको छ । नैनादेवी गाउँपालिका ७ पाल्पा घर भई हाल नक्साल बसोबास गर्ने ५७ वर्षीय भक्त बहादुर रायमाझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विपद्को सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक
गृहसचिव गोकर्णमणि दुवाडीले विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य बढाउनुपर्ने बताउनु भएको छ।
सबै पार्टी र सबै नेताहरू एकै हुन् भन्नु नै गलत: सञ्चार मन्त्री गुरुङ
सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै पार्टी र नेताहरू एकै हुन् भन्ने गलत भाष्य निर्माण गर्न नहुने बताउनुभएको छ ।
गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास
धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । करिब १२ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण हुन लागिएको उक्त भवनको बिहीबार शिलान्यास गरिएको हो ।
'पार्टीमाथीको चौतर्फी आक्रमणलाई सत्य तथ्य प्रवाह गरी जवाफ दिनुपर्छ’
नेपाल कम्युनिस्टी पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गरे पनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउनु भएको छ ।
सकियो 'धुले मेला'
वि.सं. १३१२ देखिदेखि निरन्तर चल्दै आएको यहाँका मगरहरूको निकै पुरानो संस्कार धुले आज सकिएको छ । म्याग्दीको मङ्गला गाउँपालिकाको ३ र ४ वडा पर्ने बरंजा क्षेत्रमा मनाइने धुलेको मुख्य बिधि सकिएसँगै यस वर्षको धुलेको सबै कार्य सकिएको हो ।
चेतना र सामाजिक उत्तरदायित्व विकास गर्न चलचित्र साक्षरता कार्यक्रम
सिनेमा शिक्षाको माध्यमबाट विद्यार्थीमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले चलचित्र साक्षरता कार्यक्रम गरिएकाे छ ।
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो ।
वातावरणीय न्यायको पक्षमा आवाज बुलन्द गर्न अध्यक्ष दाहालको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
इलाका प्रशासनबाट नागरिकता वितरण अझै सहज बनाइने
गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रियालाई अझै सहज बनाउन लागिएको बताउनु भएको छ ।
मौसमजन्य विपद् व्यवस्थापनमा आवश्यक बजेट हुन्छ : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले उद्धार कार्यका लागि आवश्यक उपकरणहरू खरिदमा प्रदेश सरकारले बजेट व्यवस्था गर्ने बताउनुभएको छ ।
‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको प्रतिक्रिया दिनुभएको छ ।
सदनको गतिरोध अन्त्यका लागि माओवादी रचनात्मक ढङ्गले अघि बढ्ने
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संसद्को गतिरोध अन्त्य गर्न सिर्जनात्मक र रचनात्मक ढङ्गले अघि बढ्ने निर्णय गरेको छ ।
प्लास्टिक प्रदूषण अन्त्य गर्ने चेतनामूलक चित्रकला
विश्व वातावरण दिवसको अवसरमा युएनडिपी नेपालले काठमाडौँमा चित्रकला प्रदर्शनी आयोजना गरेको छ । “बिटिङ द प्लास्टिक’’ नारामा केन्द्रित प्रदर्शनीमा सुशीला कला प्रतिष्ठानका विभिन्न उमेर समूहका ६० जना विद्यार्थी कलाकारका रचनात्चमक चित्रहरु राखिएको छ ।
दोलखाको गौरीशङ्कर बहुमुखी क्याम्पसलाई ‘क्युएए’ प्रमाणपत्र
दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसको आधारमा क्याम्पसले ‘क्युएए’ प्राप्त गरेको हो ।