कार्यकारी फेरिएर झ्याप्प बत्ती गएको होइन : राज्यमन्त्री गर्बुजा
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । रघुगङ्गा गाउँपालिका–४ दग्राम निवासी गर्बुजा बेलायती गोर्खा सैनिकका सेवानिवृत्तभएपछि २३ वर्षदेखि नेपाली राजनीतिमा सक्रिय हुनुहुन्छ ।
सप्तरी घटना बुझ्न गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
गृहमन्त्री रमेश लेखक हिजो सप्तरीमा दुई जना गोताखोर बेपत्ता भएको घटना बुझ्न शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हलचोक आउनुभएको छ ।
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठयक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनुभएको छ ।
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न
राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ । उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए ।
सिकार खेल्न गएका युवकको छर्रा लागेर मुत्यु
सिकार खेल्न गएका युवकको छर्रा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा महावु गाउँपालिका –४ काप्रीखोलाका ३५ वर्षीय पूर्णबहादुर सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ ।
ह्युम पाईप बगाएपछि कान्ति लोकपथ बन्द
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ आयोजनाअन्तर्गत बगुवामा डाईभर्सन बाटोमा प्रयोग भएको ह्युम पाईप बगाएपछि पूर्णरुपमा बन्द भएको छ ।
रामेछापमा फौजी कीराको प्रकोप
जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् । सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन् ।
सप्तकोशीमा बेपत्ता गोताखोरको खोजी जारी, राजवंशीको शव भेटियो
सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी कार्य सुरु भएको छ । यसक्रममा एक जनाको शव फेला परेको छ ।
दिगो पर्यटन विकासका लागि सामूहिक रणनीति फराकिलो बनाउने निष्कर्षसहित सकियो ‘हिमालयन ट्राभल मार्ट’
दिगो पर्यटन विकासमा हिमालय मुलुकहरूबीच सामूहिक प्रयास तथा अन्तरराष्ट्रिय रूपमा गन्तव्य प्रवर्द्धनको रणनीतिलाई फराकिलो बनाउने निष्कर्षसहित अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट ९एचटीएम०’ को पाँचौँ संस्करण काठमाडौँमा बिहीबार सम्पन्न भएको छ ।
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न कामपाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ ।
सेनाको अगुवाइमा संयुक्त अभ्यास
“गुहार गुहार हाम्रो मान्छे बगायो । लौन उद्धार गरिदिनुप¥यो,” नारायणी नदीछेउका बासिन्दा गुहार माग्दै छन् । आकाशबाट गड्याङगुडुङ गर्दै पानी परिरहेको छ । लगातारको वर्षाले नारायणी नदीमा बाढी
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
केराको बिमा रकम पाएनन् किसानले
यस वर्ष आएको हावाहुरीले चितवनको केरा बालीमा ठुलो क्षति पुगेको छ । हावाहुरीले केरा खेतीमा चार करोड रुपियाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक विवरण रहेको चितवन केरा उत्पादन सङ्घका अध्यक्ष घननाथ महतोले जानकारी दिनुभयो ।
विद्युत् आपूर्ति रोक्ने चेतावनी
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता ‘टेक एन्ड पे’ (लिएपछि मात्रै तिर) प्रावधान अनुसार गर्ने घोषणाविरुद्ध ऊर्जा उत्पादकले चरणबद्ध आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्को दुवै सदनको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको छ ।
नेपालको टीपीएस खारेज, दुई महिनाभित्र अमेरिका छोड्नुपर्ने
अमेरिकी गृह सुरक्षा विभागले नेपालको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । बिहीबारबाट लागू हुने गरी ६० दिनभित्र अमेरिकामा बस्दै आएका नेपालीहरुले स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्नेछ ।
बढ्यो वैदेशिक रोजगारीमा ठगी
वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाखसम्म ठगीका नौ हजार ८६६ उजुरी दर्ता भएका छन् ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ ।
आगामी आर्थिक वर्षको खरिद प्रक्रिया थाल्न निर्देशन
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ ।
उत्पादन बढाउन बजेट केन्द्रित
सरकारको आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा राष्ट्रिय सभाका सदस्य सत्तापक्ष र विपक्षमा विभाजित भएका छन् । सत्तापक्षका सदस्यले बजेट उत्पादन बढाउने, रोजगारी सिर्जना गरेर समृद्धि हासिल हुनेमा केन्द्रित भएको बताउनुभएको छ । सत्ताइतरका सदस्यले भने बिचौलिया र पुँजीवादलाई प्रश्रय दिने बजेट आएको टिप्प्णी गर्नुभयो ।
कृषिसम्बन्धी जिज्ञासामा ‘कनेक्ट किसान एआई’
‘कनेक्ट किसान’ को कृत्रिम बौद्धिकता (एआई) सल्लाह प्रणालीको क्षमता परीक्षण गर्दै ‘कफी सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ ।
चार परियोजनाको लगानी स्वीकृत, यस्तो हुने छ मुक्तिनाथ केबुलकार
लगानी बोर्डले एक केबुलकार र तीन जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब १७ अर्ब ४० करोड रुपियाँको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्डको ६४ औँ बैठकले यस्तो निर्णय गरेको हो ।
पूर्वप्रम नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, मागदाबी यस्तो छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदभन्दा बढी जग्गा किन्न, बेच्न तथा सट्टापट्टा गर्न अनुमति दिएको आरोपमा आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगले नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपियाँ बिगो दाबी तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरेको छ ।