• २४ जेठ २०८२, शनिबार

सप्तरी घटना बुझ्न गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा

blog

गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, जेठ २३ गते । गृहमन्त्री रमेश लेखक हिजो सप्तरीमा दुई जना गोताखोर बेपत्ता भएको घटना बुझ्न शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हलचोक आउनुभएको छ ।

उहाँलाई निमित्त सङ्गठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले घटनाबारे जानकारी गराउनुभयो । 
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग बिजय सुबेदिले बिहीबारको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको सङ्ख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाहीबारे विस्तृत रुपमा जानकारी गराउनुभएको सशस्त्रका डिएसपी सह प्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक  नेत्र कार्किले  पनि भर्चुअल माध्यम बाट घटना बारे जानकारी गराउनुभएको थियो ।

गृहमन्त्रीसँगै राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा, निमित्त गृह सचिव श्रीमान जय नारायण आचार्य, सह सचिव रामचन्द्र तिवारीलगायत गृह मन्त्रालयका अधिकारीहरु समेत सहभागी हुनुभएको थियो ।

गृहमन्त्री लेखकले घटना प्रती दुःख व्यक्त गर्नु हुँदै मन्त्रालयबाट के गर्न सकिन्छ त्यसमा लाग्ने बताउनुभयो । खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमा  बारे मन्त्रालयले थप कार्य गर्ने बताउनुहुँदै उहाँले अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाइ शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताउनुभयो ।