‘हिमाल जोगाउन सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ’
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले हाम्रा हिमालको प्राकृतिक सौन्दर्यता जोगाउन राज्यले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
‘हिमशृङ्खलाको संक्षणमा विश्व समुदायको ध्यान जानुपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता हितबहादुर तामाङले मानव सभ्यतासँग जोडिएका हिमशृङ्खलाले जलवायु परिवर्तनको असर भोगिरहेकाले मानव सभ्यता जोगाउन विश्व समुदायको ध्यान हिमशृङ्खला संरक्षणमा जानुपर्ने बताउनुभएको छ ।
नदीजन्य वस्तु विदेशमा बेच्ने वातावरण बन्दैछ : अर्थमन्त्री
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरू उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताउनुभएको छ ।
सुनचाँदीको मूल्य सामान्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मङ्गबारको तुलनामा आज सुन तोलामा पाँच सय र चाँदी रु ३० ले बढेको छ ।
रासायनिकलाई रोक्दै कालिकामा जैविक विषादी प्रयोग
कालिका नगरपालिकाले जैविक विषादीलाई प्राथमिकता दिएको छ । किसानको खेतवालीमा विषादी हाल्नका लागि पालिकाले खरिद गरेर अनुदानमा दिने गरेको थियो ।
क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक
यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आउनुभएको छ । उहाँले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आउनुभएको हो ।
नेपाली सेना जनताको अभिन्न अङ्गः पृतनापति पाठक
नेपाली सेनाले धार्मिक क्षेत्र देवघाटमा गौशाला निर्माण गरेर महेश सन्यास आश्रमलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत नयाँ सवुज गण भरतपुरले सो गौशाला निर्माण गरेको हो ।
भिजिट भिसा प्रकरण : छानबिन समिति बनाउन माओवादी केन्द्रको माग
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने माग गर्नुभएको छ । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गर्नुभएको हो ।
शहीद स्मृति सामुदायिक अस्पताल धुलिखेल अस्पतालको सहकार्यमा सञ्चालन
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ मा रहेको चौपत्ता अस्पताल (शहीद स्मृति सामुदायिक अस्पताल) लाई काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको सहकार्यमा सञ्चालन गर्ने तयारी भएको छ ।
भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छुः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताउनुभएको छ । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा समितिमा जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गर्नुभयो ।
सुकुटेमा सरर र्याफ्टिङ
बढ्दो गर्मी छल्न पर्यटकहरु सिन्धुपाल्चोकको सुनकोशी नदीमा र्याफ्टिङमा रमाउन थालेका छन् । चौतारा साँगचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिकाको फेद सुकुटेमा अवस्थित सुनकोशी नदीमा र्याफ्टिङ खेल्दै सयौं पर्यटकहरु रमाउन थालेका हुन् ।
‘दलित समुदायको समुचित उत्थानका लागि विशेष पहल तथा नीति आवश्यक’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबसम्म दलित समुदायले समान अवसर प्राप्त गर्दैनन्, तबसम्म समतामूलक समाजवादोन्मुख राष्ट्र निर्माण असम्भव रहने बताउनुभयो ।
पहिरोजन्य प्रकोपको जोखिम उच्च
बागमती प्रदेशमा प्राकृतिक तथा मानव सिर्जित विपत्को जोखिम पछिल्लो समय बढ्दै गएको भन्दै यसको नियन्त्रणमा जोड दिइएको छ । विपत्को पूर्वतयारी र विपत्पछिको उद्धार राहतलगायतका सवालमा छलफल गरिएको छ । मकवानपुरगढी गाउँपालिका–६ स्थित भालुखोलामा सामुदायिक रेडियो प्रसारक सङ्घ (सिआइएन) ले आयोजना गरेको ‘हेलो सांसद’ सार्वजनिक सुनुवाइमा वक्ताले विपत् नियन्त्रणमा तिनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालद्वारा छुवाछूत अन्त्यका लागि योगदान गर्न आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जातीय छुवाछूत अन्त्यका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ ।
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो।
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ ।
मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ ।
बागमती प्रदेशमा चलचित्रसम्बन्धी विधेयक
बागमती प्रदेश सरकारले प्रदेश सरकार स्थापनाको सात वर्षपछि चलचित्र क्षेत्रलाई व्यवस्थित र प्रदेशको आम्दानीको स्रोत बनाउन प्रदेश चलचित्रसम्बन्धी विधेयक ल्याएको छ ।
‘शर्माका चित्रमा इतिहास झल्किन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रमा इतिहास झल्किएको बताउनुभएको छ ।
चल्न थाले सार्वजनिक सवारी साधन
यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।
कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।