• २३ जेठ २०८२, शुक्रबार

‘दलित समुदायको समुचित उत्थानका लागि विशेष पहल तथा नीति आवश्यक’

blog

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, जेठ २१ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबसम्म दलित समुदायले समान अवसर प्राप्त गर्दैनन्, तबसम्म समतामूलक समाजवादोन्मुख राष्ट्र निर्माण असम्भव रहने बताउनुभयो ।

दलित समुदायको समुचित उत्थानका लागि विशेष पहल, नीति तथा कार्यक्रम आवश्यक रहेको बताउनुहुँदै उहाँले यस्ता पहलबिना जातीय विभेद र आर्थिक शोषण अन्त्य सम्भाव नरहेको बताउनुभयो ।

बुधबार छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९ औं वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै अध्यक्ष प्रचण्डले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धि भएको हो ।  तर यी संवैधानिक प्रावधानहरुको प्रभावकारी कार्यान्वयन नहुनु दुःखद पक्ष भएको बताउनुभयो ।  

उहाँले ऐन, नियम र नीति निर्माण तथा कार्यान्वयनमा ढिलाएका कारण आज पनि दलित समुदाय विभेद, उत्पीडन र बहिष्कारको चक्रबाट भुक्त हुन नसकेको बताउनुभयो ।

‘‘संविधानले कल्पना गरेअनुसार दलित समुदायको समग्र अधिकार सुनिश्चित गर्न हाम्रो पार्टी नेतृत्वको सरकारले ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण’ को अवधारणा अघि सारेको थियो । तर यस ऐतिहासिक प्रयासलाई वर्तमान सरकारले निरन्तरता नदिनु दलित समुदायप्रति गम्भीर बेइमानी हो ’’ उहाँद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।