कैलालीका थारु समुदायमा भजहरको रौनक
शनिबार कैलालीको भजनी नगरपालिका–९ पचमुुडियाका एक सय ७४ थारु समुुदायका घर परिवार बिहानैदेखि खुुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुुलो बनाइएको छ भने खाने कुुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुुका अबेर घर फर्र्किए ।
बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित
धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ । चालु आर्थिक वर्षमा प्रतिपुल रु ४० लाख विनियोजन गरिएको छ ।
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट
जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियोे ।
दोदा नदीमा डुबेर दुई जनाको मृत्यु
कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।
विश्वासको मत पाउने कुरामा ढुक्क छु : मुख्यमन्त्री साेडारी
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले आफूले छिट्टै विश्वासको मत पाउने बताउनुभएको छ। शनिबार महेन्द्रनगरमा आयोजित अमर सहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको २३ औँ वार्षिक साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।
कैदीबन्दीको निःशुल्क आँखा परीक्षण
अछाम कारागारमा रहेका ९० जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ। मङ्गलसेन नगरपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा ६ जना महिला र दुई जना बालकको निःशुल्क आँखा परीक्षण गरिएको हो।
हरि खड्काद्वारा ट्रफी अनावरण
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित खेल मैदानमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । वैशाख २८ गते हुने प्रतियोगिताको शनिबार नेपाली फुटबल टोलीका पूर्व कप्तान राष्ट्रिय खेलाडी हरि खड्काले ट्रफी अनावरण गर्नुभयो ।
गहुँको मूल्य पाउँदा किसान खुसी
यस वर्ष गहुँको मूल्य अत्यधिक बढेको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा १५ प्रतिशत बढेर चार हजार २०० रुपियाँमा खरिद भइरहेको छ भने बिक्री मूल्य चार हजार तीन सय पुगेको छ ।
उद्योग र उद्यमशीलताको विकासविना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरी योजना बनाइने बताउनुभएको छ ।
भत्किएको कुलो नबन्दा खेत बाँझो
कैलाली जिल्लामा धानको ब्याड राख्ने समय सुरु भएको छ । घोडाघोडी क्षेत्रका करिब पाँच सय किसान भत्किएको सिँचाइ कुलो नबन्दा खेत बाँझो हुने चिन्तामा छन् । घोडाघोडी नगरपालिका–१, घोडाघोडी, कौवा, कैलाशपुर र सुखडका किसानको सयौँ बिघा जमिन नकरोड तालबाट ल्याइएको पानीले सिञ्चित हुँदै आएको छ । २०७९ सालको बाढीले कुलो र बाँध भत्काएपछि सिँचाइमा समस्या आएको हो ।
वनमा आगो, खोलामा खडेरी
वैशाखको चर्को घाममा यहाँका ६० भन्दा बढी सामुदायिक वनमा रातदिन आगो दन्किरहेको छ। तुवाँलोले आकाश धुम्म छ। आगो लगाए राम्रो घाँस पलाउँछ भन्ने अन्धविश्वासले आगलागीका घटना बढ्दै गएका छन् । वन विनाशले पानीका मुहान सुकेपछि खोलामा खडेरी परेको छ। यतिसम्म हुँदा पनि सरोकारवाला निकाय मौन छन्। स्थानीय बासिन्दाका कारण वनमा आगलागी भइरहेको डिभिजन वन कार्यालय बैतडीका कार्यालय प्रमुख दिलीपकुमार यादवले बताउनुभयो । जति सम्झाउँदा पनि स्थानीयले आगो लगाउन नछाडेको उहाँले बताउनुभयो ।
बिहेका लागि भारतीय युवा नेपालमा
पछिल्लो समय भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन् । पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेको बताउँदै भन्नुभयो, “बैतडीबाट छोराको विवाह गर्नुप¥यो ।” पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाउनुभयो ।
मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिनुहुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शनिबार विश्वासको मत लिनु हुने भएको छ ।
मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित भएको छ।
मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति रेशम पक्षको निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टीले निर्देशन दिएको छ। रेशम चौधरी पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले शुक्रबार निर्देशन जारी गदै सोडारीलाई विश्वासको मत नदिन निर्देशन दिएको हो।
आयोजना बैंकमा प्रविष्ट गरेर योजनाको कार्यान्वयन गरिँदै
सुदूरपश्चिम प्रदेशमा विकास निर्माणसम्बन्धी योजना ‘प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली’मा प्रविष्ट गरेर मात्र कार्यान्वयन गर्न लागिएको छ ।
व्यावसायिक तरकारी खेतीमा किसान
कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक तरकारी खेतीमा जोड दिन थालेका हुन् ।
पुल निर्माणमा ढिलासुस्ती
धनगढी–दिपायल द्रुतमार्गमा पुल निर्माणको काममा ढिलासुस्ती भएको छ । निर्माण कम्पनीले तदारुकताका साथ काम नगर्दा थप गरिएको समयावधिमा पनि पुल बन्न नसक्ने अवस्था देखिएको छ । पुल निर्माणका लागि थप गरिएको समयावधि सकिँदासम्म आठ वटा पुलको निर्माण प्रगति न्यून रहेको धनगढी–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक योजना कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार निर्माण कम्पनीहरूले पुल निर्माणमा ढिलासुस्ती गर्दा आठ वटा पुल निर्माणको कार्य प्रगति सन्तोषजनक देखिएको छैन । तोकिएको समयमा बन्न नसकेका पुल निर्माणका लागि समय थप गर्दा पनि काम पूरा हुन नसकेको हो ।
दुर्व्यसनीको अखडा बन्दै सीमा बजार
नेपाल–भारत सीमावर्ती बजार नेपाली लागुऔषध दुर्व्यसनीको अखडा बन्न थालेका छन् । सीमावर्ती भारतका बजारमा लागुऔषध सहज रूपमा उपलब्ध हुने भएकाले नेपाली प्रयोगकर्ताको अखडा बन्न थालेका हुन् । कैलाली र कञ्चनपुरका लागुऔषध प्रयोगकर्ता भारततर्फको सीमावर्ती बजार वनगाँवा र पलिया पुग्ने गरेका छन् । त्यहाँ पुग्ने युवकयुवती लागुऔषध प्रयोग गरी लट्ठिएर तथा बरालिएर हिँड्ने गरेको पाइएको छ ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला
डोटीको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
सिँचाइ कुलो भत्किएको दुई वर्षसम्म भएन पुनर्निर्माण
यतिबेला कैलालीमा धानको बेर्ना राख्ने समय भयो । घोडाघोडीका करिब पाँचसय किसान वर्षौदेखिको सिँचाइ कुलो भत्किएको दुई वर्ष बित्दा समेत पुनर्निर्माण नभएपछि खेत बाँझै हुने चिन्तामा छन् ।