• २० असोज २०८१, आइतबार

कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपता

blog

भावना जोशी     

अत्तरिया, असार २४  गते । कैलाली र कञ्चनपुरमा नदीमा  डुबेर  दुई जना बेपत्ता भएका छन्  । कैलाली  जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाका १७ वर्षीय अजय राना नुहाउने क्रममा डुबेर बेपत्ता  हुनुभएको हो  । राना सोही ठाउँको भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले   जनाएको छ ।  

उहाँको खोजतलास भइरहेको र हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय हसुलियाको प्रहरी टोली खटाई उहाँको खोजतलास भइरहेको प्रहरीले जनाएको छ  ।  यस्तै कञ्चनपुर,  जिल्ला बेलडाँगी गा.पा.३ बस्ने  वर्ष अन्दाजी २३ को डम्मर चौधरी   माछा मार्ने क्रममा  खोलाले बगा बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चौदारा नदीमा माछा मार्न गएको बेला खोलाले बगाई  बेपत्ता भएको  र प्रहरी चौकी झिलमिला, कञ्चनपुरबाट प्रहरी टोली खटिई गई खोजतलास भइरहेको,  प्रहरीले जनाएको छ ।

हालसम्म लास फेला नपरेको,  नदीमा पानीको बहाव बढेकोले खोज तलासमा समस्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।