• १६ भदौ २०८१, आइतबार

बुढीगंगा नदीमा मानव कङ्काल फेला

blog

बुढीगंगा नदीमा भेटिएको मानव कङ्काल । तस्बिर : शिवराज ढुंगाना

शिवराज ढुंगाना
अछाम, असार २५ गते ।
 साँफेबगर नगरपालिका भएर बग्ने बुढीगंगा नदीमा मानव कङ्काल भेटिएको छ । पुरुष वा महिला पहिचान नहुने गरेर साँफेबगर नगरपालिका–७ मेलसैन भन्ने स्थानमा मङ्गलवार मानव कङ्काल भटिएको हो ।

व्यक्तिको पहिचान नै नहुने गरेर नदीको छेउमा मानव कङ्काल भेटिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

शवको पहिचानका लागि बाजुरालगायतका प्रहरीसँग समन्वय भइरहेको भण्डारीको भनाइ छ ।

कङ्काल फेला परेको भन्दा माथिबाट बगेर आएको हुनसक्ने अछाम प्रहरीले अनुमान गरेर बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको बताइएको छ ।