गोरखापत्रकर्मी नहर्की सम्मानित
गोरखापत्र दैनिकका तनहुँ समाचारदाता अमरराज नहर्की सम्मानित हुनुभएको छ । व्यास नगरपालिका –११ सेरास्थित वसन्त आधारभूत विद्यालयको स्वर्णजयन्तीको उपलक्ष्यमा शनिबार नहर्की सम्मानित हुनु भएको हो ।
मनाङमा विद्यार्थी सङ्ख्या घट्दै
मनाङको चामे गाउँपालिका थान्चोकमा रहेको दिनदयाल आवासीय विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि पाँच जना शिक्षकको दरबन्दी रहेको छ ।
पर्यटन भित्र्याउँदै घान्द्रुकवासी
गुरुङ संस्कृति र सुन्दरताको खानी भनेर घान्द्रुकगाउँलाई चिन्ने गरिन्छ ।
पर्यटकीय स्थलको प्रचारप्रसारमा जोड
पूर्वी नवलपरासीका पर्यटकीय स्थलको प्रचारप्रसारमा सम्बन्धित पालिकाले अहिले तीव्रता दिएका छन् ।
गोरखापत्रकर्मी बोहरा पुरस्कृत
गोरखापत्र दैनिकका बागलुङ संवाददाता रामकृष्ण बोहरा ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।
गण्डकी प्रदेश कला र साहित्यमा अब्बल : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश साहित्य, कला, संगीतमा अब्बल रहेको भएको बताउनुभएको छ ।
तनहुँमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु
रुखको हाँगाले लागेर गम्भीर भाइते व्यास नगरपालिका–१० नयाँ गाउँमा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो घर निजकै दाउरा काट्न जाँदा रुखको हाँगाले लागेका ५१ वर्षीय हिराबहादुर थापाको उपचारकोक्रममा मृत्यु भएको हो ।
कालीगण्डकी काेरिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी काेरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ ।
वन पैदावारबाट एक अर्बबढी राजस्व
वन पैदावार र जडीबुटीको बेचबिखनबाट गण्डकी प्रदेश सरकारले पछिल्लो सात वर्षमा रु एक अर्ब १३ करोड ५० लाख १२ हजार तीन सय ८८ राजस्व सङ्कलन गरेको छ ।
खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन
जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । यसको खेर फालिने गरिएका थम्बालाई तनहुँक महिलाले उपयोगी सामग्री उत्पादनसँग जोडेका छन् ।
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।
पेशागत महासंघ लमजुङमा घिमिरे
विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ लमजुङको अध्यक्षमा तारानाथ घिमिरे निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम बेसीसहरमा भएको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो ।
बुकीबाट औल झरे भेडा बथान (फोटो फिचर)
म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटका टिकप्रसाद पुन बुकी क्षेत्रमा पर्ने चालुकेबाट भेडी गोठ लिएर अहिले औल झर्नुभएको छ। हिउँद सुरु भएसँगै चालुकेबाट जाडो छल्न उहाँ भदौ २०/२२ गतेदेखि म्याग्दी र बागलुङको सिमाना गुर्जाघाट, बोङखानी र बोङखानीमा एक महिनाको बसाईँपछि म्याग्दीको रसपुर, सागबारी, आँसिउरन्ने, भोम्सा, डल्ला, खबाङ जङ्गल हुँदै १५ पुसमा च्युरीबोट औल आइपुग्नुभएको हो।
आहा–रारा गोल्डकप : नेपाल पुलिस सेमिफाइनलमा
पोखरा रङ्गशालाम शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले पाहुना टोली ब्रिगेड ब्वाइज क्लब, युकेलाई २–० गोलले हरायो । पुलिसको जितमा विवेक पाण्डे र रामचन्द्र वाजीले गोल गर्नुभयो ।
गोरखाका किसान व्यावसायिक कफि खेतीतर्फ आकर्षित
गोरखाको चार वटा पालिकाका किसानहरू व्यावसायिक कफि खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको बारपाका सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकाका किसानहरु व्यवसायिक रुपमा कफि खेतीतर्फ आकर्षित भएका हुन् ।
सडकको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग
लमजुङको बेसीसहर नगरपालिकाले सडक ढलान तथा कालोपत्रेको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग गर्न सुरु गरेको छ । विकास निर्माणमा हुने कच्चा पदार्थको मात्रा पत्ता लगाएर यसको गुणस्तर नाप्न नगरपालिकाले निर्माण सकिएका सडकको ढलान, कालोपत्र तथा नालीमा कोर कटिङ मेसिन प्रयोग गर्न थालेको हो ।
भूमि समस्या समाधान आयोगमा तीन सदस्य नियुक्त
मनाङ जिल्लाको भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा राजन गुरुङ (विज्ञ), छिरिङ ओङमा गुरुङ (घले) महिला सदस्य र छिरिङ लोप्साङ गुरुङलाई सदस्यमा नियुक्त गर्नुभएको छ ।
मध्यवर्तीको कानुन संशोधन हुने
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले नियमावली संशोधन नगरिए मध्यवर्ती खारेजीको आन्दोलन गर्ने चेतावनी दिएपछि विभागले संशोधनको गृहकार्य अघि बढाएको छ ।
टर्कीमा बन्दीपुर भ्रमण वर्षको प्रचार
बन्दीपुरका पर्यटन व्यवसायीले विदेशमा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को प्रचारप्रसार गरेका छन् । टर्कीको इस्तानबुलमा आयोजित ‘एक्जिविसन एण्ड ट्रेड शो’ कार्यक्रममा बन्दीपुरका पर्यटन व्यवसायीले बन्दीपुर भ्रमण वर्ष २०२५ बारे प्रचारप्रसार गरेका हुन् ।
एक विद्यार्थीलाई पाँच शिक्षकद्वारा अध्यापन
मनाङको चामे गाउँपालिका थाञ्चोकमा रहेको दिनदयाल आविमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि बालविकाससहित गरी पाँच शिक्षकको दरबन्दी रहेको छ ।
मान्द्रेढुङ्गा–छेपेटार सडक कालोपत्रे
गोरखा सदरमुकामबाट पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिका पुग्न सबै भन्दा छोटो दूरीमा रहेको गोरखा क्याम्पास–मान्द्रेढुंगा–छेपेटार सडकअन्तर्गत गोरखा क्याम्पासदेखि मान्द्रेढुंगासम्म झण्डै एक किलोमिरटरको दूरीमा पर्ने सडक कालोपत्रे भएको छ ।
मुकुन्देश्वरी मन्दिरको पुनर्निर्माण सुरु
पर्यटकीय नगरी बन्दीपुर बजार नजिककै पश्चिम क्षेत्रमा रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । सेनवंशी राजाहरुको इतिहास तथा धार्मिक महत्त्व बोकेको बन्दीपुर गाउँपालिका–२ मुच्चुकस्थित यस गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बन्दीपुर गाउँपालिका तथा स्थानीयवासी जुटेका हुन् ।
बेसिसहर–चामे सडकखण्ड स्तरोन्नति गरिँदै
मनाङ, माघ २६ गते । बेसिसहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासो गाउँपालिकादेखि चामेसम्मको सडकखण्डको स्तरोन्नतीको गरिँदै । मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले डुम्रेबेसिसहर-चामे-मनाङ्ग सडक आयोजनासँगको सहकार्यमा सडकको स्तरोन्नती कार्य गरेको हो । तस्बिरः रासस
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक
माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), माघ २६ गते । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने तयारी भएको छ । सरकारले गत वर्ष चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको थियो । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा फाल्गुन ३ गते गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।पोखरा भ्रमण वर्षमा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँको भनाइ छ । ‘भ्रमण वर्ष भरी नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छ,’ उहाँले भन्नुभयो,‘ विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।’ घोषणा कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठान गरिएको छ । यसका साथै पर्यटन क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा उपसमिति गठन गरिएको आचार्यले बताउनुभयो । पोखरामा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्था, ४ वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दल, टोल विकास संस्था, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधि लगायतलाई समिति तथा उपसमितिमा सदस्य राखिएको छ । घोषण सभामा तीन वटै सरकारको सहभागिता हुने आचार्यले बताउनुभयो । घोषणा सभामा उप्रप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको सहभागितामा भ्रमण वर्ष घोषण गर्ने कार्यक्रम छ । माघ २९ गते पत्रकार सम्मेलन गरी भ्रमण वर्ष घोषणा कार्यक्रम बारेको सम्पूर्ण जानकारी गराइने आचार्यले बताउनुभयो । शुक्रवार भ्रमण वर्ष तयारी मुलसमितिको बैठक बसेको थियो ।