नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार
पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
मनाङको तिमाङ जङ्गलमा लागेको आगो अझै आएन नियन्त्रणमा
मनाङको चामे गाउँपालिका–१ तिमाङ नजिकै जङ्गलमा भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार साँझ भएको हल्का वर्षाले केही मत्थर पारे पनि पूर्ण रुपमा नियन्त्रण हुन नसकेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।
अवरोधले तीन सडकको काम प्रभावित
निर्माण सामग्री उत्खननमा प्रहरीले अवरोध सिर्जना गर्दा बागलुङ नगरपालिकामा निर्माणाधीन तीन सडकको काम प्रभावित भएको छ । विश्व बैंकको सहयोगमा निर्माणाधीन मूलपानीदेखि तितौरेसम्मको साढे ८ किमी, ओडारचौरदेखि ढोडेनीसम्मको साढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी सडकका लागि उत्खनन् गरेको सामग्रीमा प्रहरीको अबरोधपछि सडकको काम प्रभावित भएको हो ।
म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण
म्याग्दीमा सञ्चालित गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा जिल्लामा १३९ झोलुङ्गे पुल निर्माण गरिएका छन् । मिलन म्याग्दीको बेनीमा सम्पन्न २६औँ स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष दिलमाया बिटालुले उक्त जानकारी दिनुभएको हो ।
अर्जुन चौपारीमा बन्यो नवग्रह मन्दिर
अर्जुनचौपारी गाउँपालिका–१ जलवराह धार्मिक वनमा नेपालमै पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको छ।नेपालमा ग्रहकै मात्र पूजा गरिने मन्दिर नभएको अवस्थामा यहाँ पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको हो।
सोतीपसलमा नयाँ प्रहरी भवन
लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको छ। मंलबार नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भोलाबहादुर रावलले नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुभयो।
नवलपुर महोत्सवप्रति महासंघको असहमति
नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती –१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ।
कुश्माका आदिवासी कुमाल समुदाय गुमनाम
कुनैबेला पर्वतको कुश्माका कुमाल समुदाय आफ्नै भाषा, संस्कृति, परम्परा, मौलिक सीप र कलाकौशलबाट सुसज्जित रहेकोमा समय बित्दै गर्दा गुमनाम बनेका छन् ।
पर्यटन प्रवर्धन गर्न देवचुलीमा महोत्सव
नवलपुरको दलदलेमा देवचुली महोत्सव हुने भएको छ ।
सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी
सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् ।
स्याङ्जामा लक्ष्यभन्दा बढीले लगाए एचपिभी खोप
स्याङ्जामा लक्ष्यभन्दा बढीले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निः शुल्क एचपिभी खोप लगाएका छन् ।
दुई वटा विद्यालयमा मन्दिर उपहार
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठले निजी लगानीमा दुई वटा सरस्वती मन्दिर निर्माण गर्नुभएको छ ।
च्याउखेती
तनहुँ, माघ २९ गते । तनहुँको बन्दीपुर गाउँपालिका–५ मा स्थानीय किसानले गरेको च्याउखेती । गाउँपालिकाको सहयोगमा च्याउ खेतीसम्बन्धी तालिम लिएपछि यहाँका कृषक व्यावसायिक रुपमा च्याउखेतीमा लागेका छन् । तस्बिरः रासस
जीर्ण पुलमा क्षमताभन्दा बढी भार
पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा पर्ने दुम्कीबासको विनयखोलाको पुल पुस २५ मा भाँचियो । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको मालवाहक ट्रक पुल पार गर्ने क्रममा पूर्वपट्टिको फलामको भाग भाँचिएपछि आवागमन नै बन्द भयो ।
धौलागिरि हिमाल
मुस्ताङ, माघ २९ गते । सोमबार दिउँसो आंशिक हिमपातपछि मङ्गलबार बिहान सेताम्मे देखिएको धौलागिरि हिमाल। यस वर्ष अझै पूर्ण हिमपात हुन सकेको छैन । तस्बिरः रासस
पर्यटकको रोजाइमा थारू सङ्ग्रहालय
नवलपरासीपूर्व (नवलपुरको) कावासोती–१५, गोडारमा रहेको नवलपुर आदिवासी तथा थारू सङ्ग्रहालय पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत
जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आउनुभएका सुवेदीको व्यावसायिक कुखुरापालनबाट मासिक रु पाँच लाख बचत गर्दै आउनुभएको छ ।
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
बागलुङ, माघ २९ गते । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यूनमात्र आउने गरेको जानकारी दिनुभयो । दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेकाले थुप्रो लागेको हो । अहिले वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ । जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार आठ सय ८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेको शाखा अधिकृत उपाध्यायले बताउनुभयो । तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन्भने १५ हजार आठ सय ३८ परिचयपत्र प्रशासनमै रहेको उहाँले बताउनुभयो ।परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको सङ्ख्या न्यून भएको हो । परिचयपत्र वितरणका लागि गलकोट नगरपालिकामा शिविर गर्ने तयारी जिल्ला प्रशासन कार्यालय बागलुङको रहेको छ । परिचयपत्र चाङ लाग्दा भण्डारणमा समस्या भएको जनाइएको छ । राष्ट्रिय परिचयपत्रविरुद्धको सर्वोच्चको रिट खारेजीको निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । नेपाली नागरिकता प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन अन्तराष्ट्रिय मापदण्डको डिजिटल कार्डका रूपमा प्रयोग गर्न सकिने राष्ट्रिय परिचयपत्रमा बाहकको १० औठाछाप अङ्कित व्यक्तिको पहिचान समेटिन्छ ।चिपसहितको कार्डमा प्रिन्ट हुने यसमा वैयक्तिक र जैविक विवरण समेटिने छ । एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जाजस्ता सामग्री बोकेर हिँड्ने झन्झट हुँदैन । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कुनै पनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचयपत्रलाई अनलाइन सिष्टममा लगेर व्यवस्थित गरिने छ ।
मुस्ताङमा स्याउखेती विस्तार
गण्डकी, माघ २९ गते । गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैँचा विस्तारमा किसानलाई सघाउँदै आएको छ । मुस्ताङ र मनाङ स्याउखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयले स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजना र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत किसानलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार मुस्ताङ र मनाङलाई मुख्य रूपमा केन्द्रित गरी स्याउखेती विस्तारको आयोजना सञ्चालन गरिएको हो । अन्य जिल्लाका उच्च पहाडी भेगका किसानले पनि पछिल्लो समय व्यावसायिक स्याउखेती सुरु गरेका छन् । मन्त्रालयले स्याउखेती र शितोष्ण फलफूल विस्तारमा बर्सेनि ठूलो बजेट खर्च गर्दै आएको छ । किसानलाई स्याउका बिरुवामा उपलब्ध गराउने गरिएको सचिव रेग्मीले बताउनुभयो । शितोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत पाँच सय २७ रोपनी क्षेत्रफलमा ओखर बगैँचा र छ हेक्टर क्षेत्रफलमा खुर्पानी बगैँचा विस्तार गरिएको छ । विस्तार गरिएको स्याउ तथा अन्य फलफूलखेतीबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी भइरहेका छ भने छ सय जनाभन्दा बढी रोजगारीमा जोडिएको मन्त्रालयले जनाएको छ । स्याउका लागि मुस्ताङमा एक सय टन क्षमताका दुई वटा चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो ।लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चारै गाउँपालिमा उच्च घनत्वमा आधारित स्याउखेती विस्तार गरिएको छ । किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाउने गरेका छन् । उच्च घनत्वको आधुनिक प्रविधिको स्याउखेतीतर्फ किसानको आकर्षण बढेपछि मुस्ताङमा मुस्ताङमा स्याउको क्षेत्रफल विस्तार भएको हो । रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने कृषि अधिकृत नेपालीले बताउनुभयो । छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन् । उच्च घनत्वको स्याउखेतीका लागि एउटै बिरुवाको रु एक हजारदेखि रु एक हजार दुई सयसम्म मूल्यपर्ने जनाउँदै केन्द्रका कृषि अधिकृत नेपालीले बताउनुभयो । बगैँचा व्यवस्थापन पनि खर्चिलो भएकाले सरकारले थप अनुदान सहुलियत दिनुपर्ने किसानको माग छ । उक्त प्रविधिको स्याउखेती एक दशकअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको थियो । यो स्याउका बिरुवा इटालीदेखि नेपाल भित्र्याइएको थियो । थोरै जग्गामा पनि धेरै बिरुवा लगाउन सकिने तथा छिटो र धैरै फल दिने हुँदा यो स्याउखेती फस्टाउँदै गएको हो । गाला, फुजी, गोल्डेनलगायत जातका स्याउखेती हुँदै आएको छ । एउटा स्याउको बोटले २५ वर्षसम्म उत्पादन दिने कृषि अधिकृत नेपालीले बताउनुभयो ।
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
म्याग्दी, माघ २९ गते । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२आँै शताब्दीमा बनेको हो ।समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने बेलामा काठको भर्याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले बताउनुभयो । आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ । यहाँका चित्रहरू पन्ध्रौँ शताब्दीमा बनाइएको हो । पहराको ढुङ्गालाई नै थामको रूप दिई बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पद्मसम्भवको मूर्ति रहेको छ । भुटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ ।स्थानीयवासीले यसलाई लुरी कावुङ भन्ने गर्छन् । अर्को किंवदन्तीअनुसार यारागाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । गुम्बापारिको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् । मुख्य गुम्बाभन्दा केही तल पेयुङखोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ । दुवै ठाउँको गुम्बामा नियमित पूजाआजा हुने आनी ढोलकरले बताउनुभयो । लुरी गुम्बाको नजिकैको यारा र घारागाउँमा धर्मशाला र होटलको सुविधा छ ।लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टा सवारीसाधनको यात्रापछि पुगिने घारागाउँबाट २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ । लोमान्थाङबाट लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ । चराङबाट घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारागाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ ।लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकारले सडकबाट लुरी गुम्बा पुग्ने ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका छन् । गाउँपालिका र प्रदेश सरकारको रु १५–१५ लाख बजेटमा उकालोमा करिब तीन सय मिटर पक्की पदमार्ग निर्माण भएको वडाध्यक्ष पासाङ गुरुङले बताउनुभयो । यस वर्ष सार्वजनिक शौचालय बनाउन रु पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
चर्च ब्वाइज क्लब पोखरामा जारी २४औँ आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
माघ सकिनै लाग्दा न हिउँ न वर्षा
यसपालीको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ ।
राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने
राष्ट्रिय जनमोर्चाले सङ्घीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित सङ्घीयता खारेजीको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।
गण्डकी गाउँपालिकामा फागुन १ गते सार्वजनिक बिदा
गोरखाको गण्डकी गाउँपालिकाले आगामी फागुन १ गते पालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ ।