• ३ असार २०८२, मङ्गलबार

श्रीमतीको हत्या अभियोगमा पक्राउ

blog

फाइल तस्बिर

भवानीदत्त भट्ट

कञ्चनपुर, असार २ गते । श्रीमतीको घाँटी च्यापेर हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१० मुक्तिटोलका ५० वर्षीय कालु सुनार रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुनारले शनिवार राति श्रीमती जुनादेवीको घाँटी च्यापेर हत्या गरेको अभियोगका आधारमा निजलाई पक्राउ गरिएको हो । 

शनिवार राति गम्भीर घाइते हुनुभएका जुनादेवीको कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । जुनादेवीको श्रीमानले घाँटी च्यापेर हत्या गरेको किटानी जाहेरीका आधारमा शनिवार राति ३ बजे उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढीस्थित ट्राफिक चोकबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । 

घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिनुभयो ।