एमाले र कांग्रेसको सहकार्य चौरासीसम्म : नेता ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता सहकार्यले मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लगेकाले सहकार्य जारी रहने बताउनुभएको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड
पालुङटार नगरपालिका–५ माँझटार ठाँटीपोखरीमा सुरु भएको लिगलिग पालुङटार महोत्सव २०८१ को बिहीबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो।
दोस्रो अध्यक्ष कप खेलकुद हुने
तनहुँको म्याग्दे गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद हुने भएको छ ।
दस हजार पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण
चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म मनास्लु क्षेत्रमा झण्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् ।
व्यास नगरपालिकामा मगर भाषामा पढाइ सुरु
तनहुँको व्यास नगरपालिकामा मगर भाषामा पढाइ सुरु भएको छ ।
इमेज सहकारीका बचतकर्ताको एक करोड रुपियाँ फिर्ता
इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपियाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५ सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाख रुपियाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।
गाउँपालिकाद्वारा मजदुर सञ्चित कोष स्थापना
तनहुँको म्याग्दे गाउँपालिकाले मजदुर सञ्चय कोष स्थापना गरेको छ ।
सडेको ४०० केजी मासु प्रहरीद्वारा नष्ट
हिमालपारिको जिल्ला मुस्ताङ लैजाँदै गरेको सडेको मासु प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । मुस्ताङ लगिएको झण्डै चारसय केजी मासु प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
मिरकोटमा चितुवाको माउ र बच्चा मृत भेटियो
गोरखाको मिरकोटमा चितुवाको माउ र बच्चा मृत अवस्थामा भेटिएका छन् ।
मनाङमा एचपिभीविरुद्धको खोप फागुन १८ देखि हुने
यही माघ २२ गतेबाट देशभर सुरु भएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियान मनाङमा पुग्न सकेको छैन । तोकिएको समयमा मनाङमा खोप अभियान सुरु हुन नसकेको हो ।
पोखराको पर्यटन विकासका लागि स्विस कन्ट्रयाक्टले सघाउने
पोखरा महानगरपालिका र स्विस कन्ट्रयाक्टबिच दिगो पर्यटन विकासका नीति तथा योजनाहरू निर्माणमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ ।
झाडी फाडेर सुन्तला बगान
कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो ।
भिरबाट लडेर एक वृद्धको मृत्यु
गोरखामा वृद्धभत्ता बुझेर घर फर्कने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको भिमसेन थापा गाउँपालिका – ४ धाबास्थित काशीखोलाका ७७ वर्षीय चुडाँमणि काप्रीको भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय आरुघाट गोरखाका प्रहरी निरीक्षक नबिन गिरीले जानकारी दिनुभयो ।
केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित
रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो ।
धौलागिरि हिमालको आधार शिविर
म्याग्दी, माघ २४ गते । समुद्र सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को मा पर्ने धौलागिरि आइसफल पदमार्गबाट देखिएको धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि हिमालको फेददेखि शिरसम्म अवलोकन गर्न पाउनु धौलागिरि आइसफल पदमार्गको विशेषता हो । तस्बिरः रासस
‘हिन्दु राष्ट्र घोषणा गर्नु पर्छ’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न दबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ
पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ ।
लोपोन्मुख पन्ध्र नाच एकै मञ्चमा
गण्डकी प्रदेश लोकसंस्कृति र सांस्कृतिक विविधतामा धनी छ ।
कुमारी बहुउद्देश्यीय सहकारी प्रहरीद्वारा सिल
आर्थिक अपचलन आरोप लागेको बेनी नगरपालिका –८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई प्रहरीले सिल गरेको छ । सहकारीको वर्तमान तथा पूर्व पदाधिकारीले आर्थिक अपचलन गरेको भन्दै गत २० गते आइतबार पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले बुधबार सहकारी संस्थालाई सिल गरेको हो ।
संविधान संशोधनको नेतृत्व कांग्रेसले गर्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताउनु भएको छ ।
गैँडाको आक्रमणबाट महिला घाइते
गैँडाले आक्रमण गरी नवलपुरमा एक महिलालाई घाइते बनाएको छ । देवचुली नगरपालिका –१ मा रहेको दिव्य मध्यवर्ती सामुदायिक वनमा घाँस काटन जानु भएकी ३३ वर्षीया कुमारी आलेलाई गैँडाले आक्रमण गरी घाइते बनाएको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिनुभयो ।
पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो
बुधबार लामिछानेविरुद्ध परेको साहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले न्यायिक हिरासतमा पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभो।
एपिएफलाई हराउँदै मच्छिन्द्र क्वार्टरफाइनलमा
विभागीय टोली एपिएफ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सञ्चालन हुन सकेनन् आधारभूत अस्पताल
पर्वत जिल्लाका विभिन्न पालिकाहरूमा दुई वर्षभित्र निर्माण सम्पन्न भई स्वास्थ्य सेवा प्रदान गर्ने भनिएका आधारभूत अस्पतालहरूको भौतिक संरचना निर्माणको काम नै पुरा हुन सकेको छैन ।