विश्वकपमा सहभागी महिला क्रिकेट खेलाडी सम्मानित
पुतली बजार नगरपालिकाले आइसिसी यू–१९ विश्वकपमा सहभागी महिला क्रिकेट खेलाडीहरू सम्मान गरेको छ ।
प्रेस चौतारी कास्की अध्यक्षमा अधिकारी
प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी चयन हुनुभएको छ । कास्कीको नवौं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जलेर महिलाको मृत्यु
लगाएको कपडामा आगो सल्किँदा जलेर एक वृद्ध महिलाको मृत्यु भएको छ । खाना पकाउने क्रममा लगाएको कपडामा आगो सल्किँदा जलेर उहाँको मृत्यु भएको हो ।
तालछेउमा कोटीहोमको अनुमति छैन : मेयर आचार्य
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरामा कोटीहोम आयोजना गर्न अनुमति नभएको बताउनुभएको छ । पर्यटकीय नगरी पोखरामा लामो समयसम्म ध्वनि प्रदूषण हुने किसिमको कार्यक्रम सञ्चालन गर्न नदिइने बताउनुभयो ।
मुलुकलाई निकास दिन कांग्रेस एमालेको सरकार : अध्यक्ष गुरुङ
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकमा सङ्कट पर्दा नेपाली कांग्रेस र एमाले मिलेर निकास दिने गरेको बताउनुभएको छ ।
आँबुखैरेनीमा विशेषज्ञ सेवा दिँदै चितवन मेडिकल कलेज
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालमा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको छ । आँबुखैरेनी गाउँपालिकासँग भएको स्वास्थ्य सेवासम्बन्धी सम्झौता अनुसार मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको हो ।
प्रेस चौतारी पत्रकारिता पुरस्कार श्रेष्ठलाई
प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार त्रिभुवन श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ प्रेस चौतारी नेपाल तनहुँ शाखाको पूर्व अध्यक्ष हुनुहुन्छ ।
सुशासनको पक्षमा जनलहर देखियो : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँफू नेतृत्वको सरकारले सुशासनको पक्षमा गरेका काम जनताले रुचाएको टिप्पणी गर्नुभएको छ ।
प्रेस चौतारी म्याग्दीको अध्यक्ष पुनः बानियाँ
प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन हुनुभएको छ । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसकै दिन आयोजित छैठौं अधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
‘लामो सहकार्य भए राजनीतिक स्थायित्व’
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयसम्म कांग्रेस–एमालेबिच सत्ता गठबन्धन भएमा मुलुकमा राजनीतिक स्थायित्व हुन सक्ने दाबी गर्नुभएको छ ।
प्रेस चौतारी तनहुँको अध्यक्षमा पुनः श्रेष्ठ
प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ विवि पुनः निर्वाचित हुनुभएको छ । शाखाको मङ्गलबार साँझ सम्पन्न दशौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
प्रेस चौतारी बागलुङको नेतृत्वमा पौडेल सर्वसम्मत
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको अध्यक्षमा कमल पौडेल निर्विरोध रुपमा चयन हुनुभएको छ । मङ्गलबार राति सम्पन्न शाखाको २० औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट पौडेल अध्यक्षमा निर्विरोध रुपमा चयन हुनुभएको हो ।
१८ जनालाई स्याउ खेती प्राविधि तालिम
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा देशका १६ जिल्लाका १८ जना कृषि प्राविधिकहरुले उच्च घनत्वमा स्याउ खेती प्रविधि विषयक तालिम लिनुभएको छ ।
आहा–रारा गोल्डकप : पुलिसको विजयी सुरुवात
विभागीय टोली नेपाल पुलिस क्लबले २४औं आहा–रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा मङ्गलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १–० गोलले हरायो ।
अझै नियन्त्रणमा आउन सकेन तिमाङको आगलागी
चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको आगो मङ्गलबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको छ ।
राससकर्मी आचार्य र गौतम पुरस्कृत
राष्ट्रिय समाचार समिति (रासस)का बलेवा समाचारदाता तारानाथ आचार्य र गलकोट समाचारदाता खेमराज गौतम पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी नेपाल बागलुङको आठौँ जिल्ला अधिवेशनका अवसरमा आचार्य र गौतमलाई पुरस्कृत गरिएको हो ।
नवलपुरबाट १० गैँडा चितवन सारियो
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट १० वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर (चितवन) लगिएको छ।
एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सुशासनका पक्षमा माओवादीको अभियान : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा देश व्यापीरुपमा जागरण अभियान संचालन गरेको बताउनुभएको छ।
नारायणीमा माछा मारिरहेका माझी भगाउँदै नेपाली सेना
नारायणी नदीको मध्यवर्ती क्षेत्रअन्तर्गत अमलटारीमा माछा मारिरहेका माझी धपाउँदै नेपाली सेना । लाइसेन्स नभएकालाई यहाँ माछा मार्न प्रतिबन्ध लगाइएको छ ।
मालपोत प्रमुख नटिक्दा मर्कामा छन् सेवाग्राही
लमजुङमा मालपोत प्रमुख नटिक्दा सेवाग्राही समस्यामा परेका छन् । लामो समयदेखि मालपोत प्रमुख नहुँदा लमजुङका सेवाग्राही समस्यामा परेका हुन् ।
कल्भर्टभित्र भेटियो मानव कङ्काल
मुस्ताङको घरपझोङ गाउँपालिका –२ सामग्री छैरो चौरस्थित बेनी जोमसोम सडक खण्डको कल्भर्टभित्र मानव कङ्काल (लाश) फेला परेको छ ।
अध्यक्ष प्रचण्डद्वारा सहिद परिवारसँग भेटघाट
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीमा सहिद परिवारसँग भेटघाट गर्नुभएको छ । बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा मङ्गलबार बिहान सहिद परिवारसँग भेटघाट गर्नुभएको हो ।
पर्वतका ७० प्रतिशतभन्दा बढी ग्रामीण होमस्टे खारेज हुने अवस्थामा
पर्वतका ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि भनी समुदायस्तरबाट सञ्चालनमा रहेका धेरै होमस्टे (घरबास)हरु खारेज हुने अवस्थामा छन् ।