अमृतप्रसाद पौडेल
म्याग्दी, मघ २३ गते । प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन हुनुभएको छ । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसकै दिन आयोजित छैठौं अधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा देवी जिसी र मनु थापा, सचिव अमित विश्वकर्मा, उपसचिवमा कृष्ण कार्की र दिपा बुढाथोकी, कोषाध्यक्षमा किरण कार्की र सदस्यहरुमा स्वइच्छा बानियाँ र दिनेश बानियाँ चयन हुनुभएको छ ।
चौतारीको अधिवेशनकै अवसरमा म्याग्दीको पहिलो दैनिक पत्रिका रुप्से दैनिका सम्पादक प्रमोद शर्मालाई नगद पाँच हजार पाँच सय ५५ रुपियाँ सहित प्रेस चौतारी पत्रकारीता पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी म्याग्दीले स्थापना गरेको यो पुरस्कार यस अगाडि अमृत बास्कुने, तारानाथ शर्मा, सुरत केसी, घनश्याम खड्का, कृष्ण जिसीले प्राप्त गरी सक्नु भएको छ ।