पेशागत महासंघ लमजुङमा घिमिरे
विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ लमजुङको अध्यक्षमा तारानाथ घिमिरे निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम बेसीसहरमा भएको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो ।
बुकीबाट औल झरे भेडा बथान (फोटो फिचर)
म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटका टिकप्रसाद पुन बुकी क्षेत्रमा पर्ने चालुकेबाट भेडी गोठ लिएर अहिले औल झर्नुभएको छ। हिउँद सुरु भएसँगै चालुकेबाट जाडो छल्न उहाँ भदौ २०/२२ गतेदेखि म्याग्दी र बागलुङको सिमाना गुर्जाघाट, बोङखानी र बोङखानीमा एक महिनाको बसाईँपछि म्याग्दीको रसपुर, सागबारी, आँसिउरन्ने, भोम्सा, डल्ला, खबाङ जङ्गल हुँदै १५ पुसमा च्युरीबोट औल आइपुग्नुभएको हो।
आहा–रारा गोल्डकप : नेपाल पुलिस सेमिफाइनलमा
पोखरा रङ्गशालाम शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले पाहुना टोली ब्रिगेड ब्वाइज क्लब, युकेलाई २–० गोलले हरायो । पुलिसको जितमा विवेक पाण्डे र रामचन्द्र वाजीले गोल गर्नुभयो ।
गोरखाका किसान व्यावसायिक कफि खेतीतर्फ आकर्षित
गोरखाको चार वटा पालिकाका किसानहरू व्यावसायिक कफि खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको बारपाका सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकाका किसानहरु व्यवसायिक रुपमा कफि खेतीतर्फ आकर्षित भएका हुन् ।
सडकको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग
लमजुङको बेसीसहर नगरपालिकाले सडक ढलान तथा कालोपत्रेको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग गर्न सुरु गरेको छ । विकास निर्माणमा हुने कच्चा पदार्थको मात्रा पत्ता लगाएर यसको गुणस्तर नाप्न नगरपालिकाले निर्माण सकिएका सडकको ढलान, कालोपत्र तथा नालीमा कोर कटिङ मेसिन प्रयोग गर्न थालेको हो ।
भूमि समस्या समाधान आयोगमा तीन सदस्य नियुक्त
मनाङ जिल्लाको भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा राजन गुरुङ (विज्ञ), छिरिङ ओङमा गुरुङ (घले) महिला सदस्य र छिरिङ लोप्साङ गुरुङलाई सदस्यमा नियुक्त गर्नुभएको छ ।
मध्यवर्तीको कानुन संशोधन हुने
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले नियमावली संशोधन नगरिए मध्यवर्ती खारेजीको आन्दोलन गर्ने चेतावनी दिएपछि विभागले संशोधनको गृहकार्य अघि बढाएको छ ।
टर्कीमा बन्दीपुर भ्रमण वर्षको प्रचार
बन्दीपुरका पर्यटन व्यवसायीले विदेशमा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को प्रचारप्रसार गरेका छन् । टर्कीको इस्तानबुलमा आयोजित ‘एक्जिविसन एण्ड ट्रेड शो’ कार्यक्रममा बन्दीपुरका पर्यटन व्यवसायीले बन्दीपुर भ्रमण वर्ष २०२५ बारे प्रचारप्रसार गरेका हुन् ।
एक विद्यार्थीलाई पाँच शिक्षकद्वारा अध्यापन
मनाङको चामे गाउँपालिका थाञ्चोकमा रहेको दिनदयाल आविमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि बालविकाससहित गरी पाँच शिक्षकको दरबन्दी रहेको छ ।
मान्द्रेढुङ्गा–छेपेटार सडक कालोपत्रे
गोरखा सदरमुकामबाट पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिका पुग्न सबै भन्दा छोटो दूरीमा रहेको गोरखा क्याम्पास–मान्द्रेढुंगा–छेपेटार सडकअन्तर्गत गोरखा क्याम्पासदेखि मान्द्रेढुंगासम्म झण्डै एक किलोमिरटरको दूरीमा पर्ने सडक कालोपत्रे भएको छ ।
मुकुन्देश्वरी मन्दिरको पुनर्निर्माण सुरु
पर्यटकीय नगरी बन्दीपुर बजार नजिककै पश्चिम क्षेत्रमा रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । सेनवंशी राजाहरुको इतिहास तथा धार्मिक महत्त्व बोकेको बन्दीपुर गाउँपालिका–२ मुच्चुकस्थित यस गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बन्दीपुर गाउँपालिका तथा स्थानीयवासी जुटेका हुन् ।
बेसिसहर–चामे सडकखण्ड स्तरोन्नति गरिँदै
मनाङ, माघ २६ गते । बेसिसहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासो गाउँपालिकादेखि चामेसम्मको सडकखण्डको स्तरोन्नतीको गरिँदै । मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले डुम्रेबेसिसहर-चामे-मनाङ्ग सडक आयोजनासँगको सहकार्यमा सडकको स्तरोन्नती कार्य गरेको हो । तस्बिरः रासस
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक
माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), माघ २६ गते । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने तयारी भएको छ । सरकारले गत वर्ष चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको थियो । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा फाल्गुन ३ गते गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।पोखरा भ्रमण वर्षमा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँको भनाइ छ । ‘भ्रमण वर्ष भरी नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छ,’ उहाँले भन्नुभयो,‘ विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।’ घोषणा कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठान गरिएको छ । यसका साथै पर्यटन क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा उपसमिति गठन गरिएको आचार्यले बताउनुभयो । पोखरामा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्था, ४ वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दल, टोल विकास संस्था, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधि लगायतलाई समिति तथा उपसमितिमा सदस्य राखिएको छ । घोषण सभामा तीन वटै सरकारको सहभागिता हुने आचार्यले बताउनुभयो । घोषणा सभामा उप्रप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको सहभागितामा भ्रमण वर्ष घोषण गर्ने कार्यक्रम छ । माघ २९ गते पत्रकार सम्मेलन गरी भ्रमण वर्ष घोषणा कार्यक्रम बारेको सम्पूर्ण जानकारी गराइने आचार्यले बताउनुभयो । शुक्रवार भ्रमण वर्ष तयारी मुलसमितिको बैठक बसेको थियो ।
निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप
पर्वत, माघ २६ गते । पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ । स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट थप गरिएको हो । चार वटा योजनामा रू तीन करोडका दरले र एक योजनामा रू चार करोड गरी रू १६ करोड बजेट थप भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । बजेट थप भएका योजनामा दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडक, लेखफाँट–शालिजा सडक, देउपुर–पूर्णगाउँ–घुरूङ्गा सडक, लिमठाना–अर्चले–भँगरा सडक र वालिङ–हुवास–सेतीवेणी सडक रहेका छन् । सङ्घीय सरकारमार्फत निर्माणाधिन उक्त सडकलाई पूर्णता दिनका लागि बजेट माग गरिएकोमा हालै मन्त्रालयबाट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य पदम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको कुश्मा नगरपालिकामा पर्ने दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडकका लागि रू तीन करोड विनियोजन भएको छ । यो सडकमा यसअघि रू एक करोड ६२ लाखको बजेट विनियोजन भएर निर्माणाधीन अवस्थामा रहेको थियो । यसैगरी जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत रहेका रणनीतिक सडकमा समावेश लेखफाँट–शालिजा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । उक्त आयोजनामा यसअघि चालु आर्थिक वर्षमै रू दुई करोड ९५ लाख विनियोजन भई निर्माणाधिन अवस्थामा रहेको थियो भने मोदी गाउँपालिकामा पर्ने देउपुर–पुर्णगाउँ–घुरूङ्गा सडकका लागि पनि रू तीन करोड विनियोजन भएको छ । यो योजनामा चालु आर्थिक वर्षको बजेटमा रू एक करोड ६२ लाख विनियोजन भएको थियो । फलेवास नगरपालिकामा रहेको लिमठाना–अर्चले–भँगरा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । कालोपत्रको काम भइरहेको यो सडकमा यसअघि रू एक करोड ६२ लाख विनियोजन भएको थियो । निर्माणाधीन यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडालाई राष्ट्रिय राजमार्गसँग जोड्ने भएको छ । यसैगरी स्याङ्जा र पर्वत जोड्ने वालिङ–हुवास–सेतीवेणी सडकका लागि रू चार करोड बजेट थप भएको सांसद गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सडकको अधिकांश भाग कालोपत्र भइसकेको छ भने उरामदेखि सेतीवेणीसम्मको खण्डका लागि बजेट थप भएको हो । यो सडकमा यसअघि रू एक करोड विनियोजन भएको थियो । पर्वतका सातवटै पालिकासम्म कालोपत्र सडकको पहुँच विस्तार भएको छ । वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पुर्याउने योजनाअन्तर्गत निर्माणाधीन रहेका सडकलाई पूर्णता दिनका लागि निरन्तर बजेट व्यवस्थापनमा लागेको सांसद गिरीले बताउनुभयो । अहिले थप भएको बजेट चालु आवभित्रै काम सुरू गर्ने गरी व्यवस्थापन भएको उहाँले बताउनुभयो । सांसद गिरीले भन्नुभयो, “चालु आवभित्रमै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ । कच्ची, जीर्ण र साँघुरो सडकका कारण ग्रामीण क्षेत्रका बासिन्दालाई कृषिउपजको बजारीकरण र आवतजावतमा वर्षौंदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएको छ ।”पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले थप भएको बजेटलाई पनि चालु आवभित्रै कार्यान्वयनमा लगिने बताउनुभयो । डिजाइन, स्टिमेट भइसकेकाले नियमित काम हुने उहाँको भनाइ छ ।
पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर
कास्की, माघ २६ गते । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएका छन् ।यी समिति तथा उपसमितिमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल विकास संस्था, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधि लगायतको प्रतिनिधित्व रहेको छ । “हामी भव्यरूपमा पोखरा भ्रमण वर्ष घोषणाको तयारीका लागि जुटेका छौँ । सबैसँग सल्लाह र छलफल गरिरहेका छौँ । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदुतसमेतको सहभागिता रहने छ,” आचार्यले भन्नुभयो ।भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने तयारी गरिएको छ ।वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरिने छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाबाट स्थानीय भेषभुषासहित वृहत झाँकी र्याली निकालिने छ ।पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना हुने र उक्त कार्यक्रम पूर्वपोखराको ३३ वटै वडाको प्रतिनिधित्व हुने गरी झांकी तथा र्यालीको आयोजना हुने प्रमुख आचार्यले बताउनुभयो । यसैगरी पर्यटनको क्षेत्रबाट एक वटा ब्यानरसहित झांकी तथा र्यालीको आयोजना गरिने छ ।पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने वताउदै त्यसलाई सफल बनाउनका लागि पर्यटन संग सम्बद्ध सङ्घ संस्थाले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
बहुमूल्य भन्दै नक्कली पत्थर विक्री गर्ने तीन ठग पक्राउ
फडिन्द्र अधिकारी लेखनाथ, माघ २६ गते । बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर भई हाल कास्कीको पोखरा १७ छोरेटापन बस्ने वर्ष ३१ की इन्दिरा विक, सोही ठाउँ बस्ने वर्ष ३६ का राजन विक र खोटाङको हलेसी नगरपालिका वडा नं.१ की वर्ष २७ की लक्ष्मी राईलाई प्रहरीले पक्राउ गरेको हो । तीन जनालाई जिल्ला अदालत कास्कीबाट शुक्रवार ठगीसम्बन्धी मुद्दामा दिन सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिनुभयो । उनीहरूले पाँच करोड पर्ने बहुमूल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक पटक गरी तेह्र लाख पचास हजार ठगी गरेको भन्ने कुन्ती सुब्बा गुरुङले प्रहरीमा जाहेरी दिनुभएको थियो । गुरुङको जाहेरीपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको कोठाबाट सेतो रङका पारदर्शी ढुङ्गा र विभिन्न बैकका एक लाखका चार चेक फेला पारेको छ ।
सहकारीपीडितबाट निवेदन आह्वान
आर्थिक अपचलन भएको भन्दै पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइएको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्तालाई प्रहरीले निवेदन दिन आह्वान गरेको छ ।
आहारारा गोल्डकपमा नर्थ युनाइटेड भारत विजयी
आहारारा पोखरा गोल्ड कपमा पाहुना टोली थुन्डेरबोल नर्थ युनाइटेड भारतले संकटा क्लबलाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको छ ।
बुलिङटारमा सोलार लिफ्ट खानेपानी सम्झौता
नवलपरासी पूर्व (नवलपुरको) पहाडी पालिका बुलिङटार गाउँपालिकामा सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजना सञ्चालन हुने भएको छ ।
औद्योगिक क्षेत्र सुधार गर्दै सरकार
सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभएको छ ।
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले प्रस्तुत गर्नुभएको परेड अवलोकन गर्नुभएको छ ।
परम्परागत घुमाउने घर
लमजुङ क्वहोलासोथार गाउँपालिका-४ पर्यटकीय गाउँ भुजुङमा रहेको परम्परागत घुमाउने घर । गाउँघरबाट हराउँदै गएको मौलिक परम्परागत घुमाउने घर यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
पोखरा महानगरपालिकाका कर्मचारी आन्दोलित
पोखरा महानगरपालिकाले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशलाई कार्यान्वयन नगरेपछि कर्मचारी आन्दोलित भएका छन् ।
कुमारी सहकारीमा बचतकर्तालाई प्रमाणसहित निवेदन गर्न आह्वान
आर्थिक अपचलन भएको भन्दै पाँच जनालई गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइएको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्तालाई प्रहरीले निवेदन दिन आह्वान गरेको छ ।