• २० चैत २०८१, बुधबार

सामुदायिक वनमा आगो लगाउने एक पक्राउ

blog

अर्जुन कार्की

बागलुङ, चैत १७ गते । सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका ४ हुन्द्राको सरादी सामुदायिक वनमा आगलागी गरेको आरोपमा प्रहरीले सोही स्थानका ४९ वर्षीय ढाल बहादुर सार्कीलाई पक्राउ गरेको हो । 

सार्कीले शुक्रबार बारीमा आगो लगाउने क्रममा उक्त आगो सल्किई सरादी सामुदायिक वन, नीजि घर तथा पशु चौपाय बाध्ने गोठ र खानेपानीको पाईप जलेर क्षती भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिनुभयो । सार्कीले लगाएको आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

सार्कीलाई आईतबार जिल्ला अदालत बागलुङबाट आपराधिक उपद्वव गर्न नहुने कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपि यादवले बताउनुभयो । 

वन जंगलमा आगलागी गरेमा वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।