सूचीकृत भएकामध्ये ७६ प्रतिशत बेरोजगार
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम सय दिनको रोजगारी दिने गरी सुरु भएको कार्यक्रमको अवस्था दयनीय रहेको पाइएको छ ।
लगानीमैत्री वातावरण बनाइने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
‘प्रतिबद्धताका साथ जनतामा जान्छौँ’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी नयाँ प्रतिबद्धताका साथ जनतामा जाने दाबी गर्नुभयो ।
पत्रकार महासंघ अर्घाखाँची अध्यक्षमा खनाल
पत्रकार महासंघ अर्घाखाँची अध्यक्षमा गणेश खनाल निर्वाचित हुनुभएको छ । उहाँ गोरखापत्रको अर्घाखाँची समाचारदाता हुनुहुन्छ । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी अशोक खनाललाई १९ मत अन्तरले पराजित गर्दै गणेश अध्यक्षमा निर्वाचित हुनुभएको हो।
पत्रकार महासंघ गुल्मी अध्यक्षमा खत्री निर्वाचित
नेपाल पत्रकार महासंघ गुल्मी शाखाको अध्यक्षमा प्रेस चौतारी नेपालका अनिल खत्री निर्वाचित हुनुभएको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट यहाँ अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका खत्री १३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा भुसाल निर्वाचित
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्षमा डिलाराम भुसाल निर्वाचित हुनुभएको छ। भुसालले ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन संयोजक सरोज खनालले बताउनुभयो।
चाडपर्व सकिएपछि रोजगारीका लागि भारत जाने नेपाली बढे
दसैँ तिहार र छठ जस्ता महत्त्वपूर्ण चाडपर्व मनाउन स्वदेश आएका पश्चिम नेपालका पहाडी जिल्लाका नेपाली युवा रोजगारीका लागि फेरि भारत फर्किन थालेका छन्।
चितुवाको आक्रमणबाट ६ जना घाइते
बर्दिया राष्ट्रिय निकुञ्जका वरिपरिका क्षेत्रमा बाघ र चितुवाको आक्रमण हुनेक्रम जारी छ । सोही क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार विहान चितुवाको आक्रमणबाट ६ जना स्थानीय घाइते भएका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा गिरी निर्वाचित
नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा नवीन गिरीसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार भएको निर्वाचनको शनिबार बिहान सम्पन्न गरिएको मतगणनामा गिरी ४८ मतान्तरका साथ बाँकेको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
जिप दुर्घटना हुँदा ३ को मृत्यु
बुटवलको तिनाउ पुलको डिभाइडरमा आज बिहान बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
एडिबीको तेस्रो योजना लागु
एसियाली विकास बैङ्क (एडिबी), सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालन हुन लागेको युआरएलआइपी योजना अन्तर्गतका विभिन्न सहरी सडक निर्माणका लागि नगरपालिका र निर्माण व्यवसायीबिच सम्झौता भएको छ ।
भैरहवामा आरएनपी एआर जडान प्रक्रिया सुरु
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको प्रक्रिया सुरु भएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
गुल्मीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलदेखि देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको हो ।
पत्रकार महासंघ बर्दिया अध्यक्षमा घिमिरे
नेपाल पत्रकार महासंघ बर्दिया शाखाको शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्मल घिमिरे १७ मत अन्तरले निर्वाचित हुनुभएको छ । सो निर्वाचनमा ३६ मत प्राप्त गरी घिमिरे विजयी हुनुभएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिनुभयो ।
पत्रकार महासंघ दाङमा निर्विरोध नेतृत्व
नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । जिल्लामा क्रियाशील सञ्चार सम्वद्ध संघ संगठनबिच भएको सहमतिअनुसार सबै पदमा एकल उम्मेदवारी दर्ता भएपछि सन्तोष सुवदीसहितको जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
पाँच जना फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणी मुद्दामा फरार रहेका ५ जना प्रतिबादीलाई प्युठान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत प्युठानले दोषी ठहर गरी कैद तथा जरिवानाको फैसला सुनाइएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।
बाँकेमा सवारी दुर्घटनामा कमी
बाँके जिल्लामा निरन्तर चलिरहेको ट्राफिक सचेतना अभियानका कारण सवारी दुर्घटना र क्षति दुबैमा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आउनुका साथै त्यसबाट हुने क्षति पनि घटेको देखिएको हो ।
मोटरसाइकल दुर्घटनामा पैदलयात्रीसहित चालक घाइते
पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित चालक घाइते भएका छन् ।
दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला
यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।
पदयात्रामा सहभागीहरु
दाङ, मङ्सिर २८ गते । प्याब्सन घोराहीको आयोजनामा हुन लागेको तेस्रो प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता सुरु हुनु अघि बिहीबार दाङको घोराही बजारमा पदयात्रा गरिँदै । तस्बिरः रासस
दुनाटपरी बनाइँदै
दाङ, मङ्सिर २८ गते । घोराही उपमहानगरपालिका २ रामपुरकी थारु महिला मालुकाको पातको दुना टपरी बनाउँदै । थारु समुदायको मुख्य पर्व माघीमा यही दुनाटपरीमा खानपिन गरिन्छ । तस्बिरः रासस
निर्माण कम्पनीका कारण सेवाग्राहीलाई सास्ती
बाँकेको नरैनापुर गाउँपालिकाको कार्यालय भवनको निर्माण कार्य सम्पन्न गर्ने समय दुई वर्षअघि नै सकिए पनि अझै सो भवन अधुरै रहेको छ ।
सामुदायिकमा विद्यार्थी सङ्ख्या घट्दै
नेपालभरिकै सामुदायिक क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएको भनी सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
अस्पतालको सेवामा सुधार
राप्ती प्रादेशिक अस्पतालको सेवामा सुधार देखिएको छ ।