पाल्पाका अधिकांश पशु बाहिर निर्यात
पाल्पाबाट पशु निर्यात गर्ने काम बढ्दैगएको छ । गत आर्थिक वर्ष २०७९–८० मा पशुजन्य पदार्थको निर्यात एक वर्षअघिको तुलनामा चार गुणाले बढेको हो ।
जयन्दु बाल सुधारगृहमा विवाद : ६८ जना बालक प्रहरी संरक्षणमा
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा विवाद गरेर अशान्ति मच्चाउने ६८ जना बालकहरुलाई सुधारगृह बाहिर प्रहरीको संरक्षणमा राखिएको छ ।
धानमा रोग लागेपछि किसान चिन्तित
“पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले भन्नुभयो, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।
विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु
पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।
पढ्नलाई उमेरले छेक्दैन
वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली ।
बाँकेको बाल सुधारगृहबाट भागेका बन्दी दैलेखमा पक्राउ
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहबाट भागेर फरार रहेका एक जना बाल बन्दी समातिएका छन् ।
चोरीमा बालबालिकाको संलग्नता बढ्दै
जिल्लामा बालबालिका चोरीको घटनामा संलग्न हुने क्रम बढ्दै गएको छ। अभिभावकको संरक्षण नहुनु, लागुऔषध दुव्र्यसनीदेखि अरूको देखासिकीका कारण पछिल्लो समय बालबालिका चोरीलगायत अरू आपराधिक कार्यमा संलग्न हुने क्रम बढ्दै गएको छ। प्रहरीका अनुसार बालबालिका स–सानादेखि ठुला चोरीका घटनामा समेत संलग्न हुने गरेको पाइएको छ। पसलका ढोका फुटाएर नगददेखि सामान चोरीका क्रममा ९ देखि १५ वर्षसम्मका बालबालिका प्रयोग भएको भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्ल बताउनुहुन्छ ।
नेपालगन्ज भन्सारमा जनशक्ति थप्न माग
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जमुनाह नाका हुँदै आयात हुने खुद्रा सामानको भन्सार गर्नका लागि थप काउन्टर राख्न माग गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले हाल रहेका काउन्टरले भारतबाट सामान लिएर आउनेको भीड थेग्न नसकेको भन्दै अन्य काउन्टर थप्दा दैनिक राजस्व सङ्कलनमा ठुलो वृद्धि हुने बताउनुभयो ।
दाउरा बिक्री गर्न लिएर जाँदै महिलाहरु
घोराही उपमहानगरपालिका–३ झिँग्नि गाउँबाट करिब पाँच किलो मिटर टाढा घोराही बजारमा दाउरा बिक्री गर्न आएका स्थानीय थारु महिला । घोराहीमा दाउराको प्रतिभारी चार सय रुपैयाँमा किनबेच हुने गर्दछ ।
नेपाल माइक्रो इन्स्योरेन्सको शाखा सञ्चालन
नेपाल माइक्रो इन्स्योरेन्सले नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले बुधबारबाट नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।
मोहम्मद जयन्ती मनाइयो
कपिलवस्तुमा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९८ औँ जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ धूमधामका साथ मनाइएको छ ।
पाल्पाका चिकित्सकहरू आन्दोलनमा
पाल्पाका चिकित्सकहरू अस्पतालको ओपिडी सेवा बन्दगरी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दैगएको भौतिक आक्रमणको विरोधमा पाल्पाका डाक्टरहरू सडकमा उत्रिएका हुन् ।
चिकित्सकले सुरक्षितरुपमा काम गर्न पाउनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको निन्दा गर्नुभएको छ ।
सवारी दुर्घटनामा शिक्षकको मृत्यु
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा २ जनता माध्यमिक विद्यालय पीपराका विज्ञान विषयका संयोजक डा. रोमनाथ बराल हुनुहुन्छ ।
ड्रागन खेतीबाट मनग्य आम्दानी लिँदै किसान
दाङमा ड्रागन फलको व्यावसायिक खेती गरेका किसानले राम्रो आम्दानी लिने गरेका छन् । जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महँगोमा बिक्री हुनेगरेका कारण राम्रो आम्दानी हुनेगरेको कृषकको भनाइ छ ।
उद्योगका लागि विद्युतको समस्या हुँदैन : उर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या नहुने बताउनुभएको छ ।
बिरामीको उपचार गर्न छाडेर चिकित्सक सडकमा
बिरामीको उपचार गर्न छाडेर चिकित्सक चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सडकमा निस्केका छन् ।
पाल्पाका किशोरमा मलेरिया पुष्टि
पाल्पामा बसोबास गर्ने मानिसमा पहिलो पटक मलेरियाको पुष्टि भएको छ । जिल्लाको पूर्वखोला–३, का १५ वर्षीय किशोरलाई मलेरिया पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ ।
कालीगण्डकी कोरिडोरमा ठुलो चट्टानसहितको पहिरो
कालीगण्डकी कोरिडोरमा ठुलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
महिला उद्यमीको कोसेली घर
महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय हस्तकलाका सामान सुपथ मूल्यमा बिक्री गर्ने गरी बुटवलमा नयाँ कोसेली घर सञ्चालनमा आएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको भवनमा सञ्चालन गरिएको कोसेली घरमा स्थानीय हस्तकलाका सामानहरू बिक्रीका लागि राखिएको हो । कोसेली घर सञ्चालनका लागि स्थान तथा त्यसको व्यवस्थापन उद्योग वाणिज्य सङ्घले गरेको छ भने सञ्चालनको जिम्मेवारी स्थानीय उद्यमी निर्जला थापाले लिनुभएको छ ।
मोहम्मद जयन्तीको अवसरमा स्थानीय बिदा
लुम्बिनी प्रदेशसहित कपिलवस्तुका स्थानीय पालिकाले मुस्लिम धर्मावलम्बीको विशेष पर्व १२ रबी अव्वल (पैगम्बर मोहम्मदको जन्मदिन) को अवसरमा स्थानीय बिदा दिएका छन् ।
लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशलाई मुलुककै आकर्षक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
पानीको सहजताले नगरवासीमा खुसीयाली
पाल्पा जिल्ला सदरमुकाम तानसेनमा वर्षौँदेखि खानेपानी समस्या भोग्दैआएका तानसेनबासी पानीको सहजता हुन थालेपछि खुसी भएका छन् । नयाँ समिति गठन भएसँगै पानी वितरण सहज हुँदा स्थानीय उपभोक्ता खुसी भएका हुन् ।