ग्रामीण बस्ती यातायात सेवासँग जोडिँदै
रुपन्देही जिल्ला नेपालको सुगम जिल्लामध्येमा पर्दछ । यही सुगम जिल्लाका अधिकांश ग्रामीण बस्तीमा भने अहिले पनि यातायातको सुविधा पुगेको छैन । जिल्लाको विकट गाउँबस्तीसम्म सडक यातायात सेवा पुर्याउन यातायात व्यवसायी र स्थानीय जनप्रतिनिधि सक्रिय भएका छन् । यातायातको सुविधा नहुँदा बुटवल र भैरहवा जस्ता ठुला सहरसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । यातायात व्यवसायीले सुविधा दिन बुटवल र भैरहवादेखि विभिन्न गाउँसम्म बस सेवा पुर्याएका छन् । बुटवल यातायात प्रालिले बुटवलको गोलपार्क, जोगीकुटी, मगरघाट, रानीगन्ज, मोतीपुर, रानीबारी, दोगाना, मोहनगन्ज, अमुवा, मिलनचोक हुँदै पुनः गोलपार्कसम्म यातायात सेवा सुरु गरेको हो ।
जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र
जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र परेका छन् । नेपालगन्जमा कर्फ्युका कारण धेरै नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन् ।
माटोका भाँडा बनाउन नयाँ प्रविधि
दाङको गढवा गाउँपालिका–१, पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो आफैँ माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन । परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटो मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका भाँडा पकाउन आधुनिक भट्टी निर्माण गरिदिएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको राजकुमार बताउनुहुन्छ ।
भारतबाट अवैध भित्रिएका १० हजार चल्ला नष्ट
कपिलवस्तु प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएका ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट चोरी पैठारी भएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ ।
एक अर्बभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण
गुल्मीका स्थानीय तहले एक अर्बभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले एक वर्षमा एक अर्ब ५३ करोड ७४ लाख ८४ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका र आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिप्रकाले मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
वास्तविक कृषक पहिचान गरिदिन आग्रह
रेसुङ्गा नगरपालिका–३ का बाख्रापालक कृषक नवीन बस्नेतले वास्तविक कृषक पहिचान गरी किसान सूचीकरण गर्न आग्रह गर्नुभएको छ ।
नेपालगन्जमा शान्ति र सद्भाव र्याली
शान्ति र सद्भावको अपिल सहित नेपालगन्जमा मङ्गलबार बिहान सद्भाव र्यालीको आयोजना गरिएको छ ।
२४ जना विपन्न महिलालाई बाख्रा वितरण
बाँकेको डुडुवा गाउँपालिका-२ स्थित अमृत महिला समूह र विकास महिला समूहमा आबद्ध २४ जना विपन्न महिलाहरूलाई बाख्रा वितरण गरिएको छ ।
खोलामा पस्न ठेकेदारलाई रोक घाटगद्दीबाट ठेक्का लगाइने
दाङ जिल्लामा नदीजन्य पदार्थको उत्खनन गर्न ठेकेदार कम्पनीलाई नदिइने भएको छ । नदीजन्य पदार्थको चोरी तथा अवैध उत्खनन रोक्नका लागि जिल्लाका १० वटै स्थानीय तहले आफैँ घाटगद्दी गरेर ठेक्का लगाउने निर्णय गरेका छन् । अवैध उत्खनन र चोरी निकासी बढेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय तहले आफैँ उत्खनन गरेर घाटगद्दी गर्ने र घाटगद्दीबाटै ठेक्का लगाउने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जानकारी दिनुभएको छ ।
‘कचहरी’ को परिचर्चा
साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’ द्वारा लिखित कथासङ्ग्रह ‘कचहरी’ को परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले कार्यक्रमको उद्घाटन गर्दै साहित्यकारहरूले कोरा कल्पनाभन्दा समाजका कुरा लेख्नुपर्ने बताउनुभयो । उहाँले पात्र, परिवेश र विषयवस्तुको सुन्दर समायोजन गरी लेखनमा कला मिसाउन सके स्तरीय सिर्जना हुन सक्ने विचार व्यक्त गर्दै कथाकार कल्पना पौडेल ‘जिज्ञासु’ का कथामा भुइँमान्छेका दुःख र पीडा समेटिएको बताउनुभयो ।
जनयुद्ध दिवसको बिदा खारेज गर्न माग
अन्तर्राष्ट्रिय अहिंसा दिवस अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित कोणसभामा जनयुद्ध दिवसका दिन दिनेगरेको सरकारी विदा खारेज गर्न पनि माग गरिएको छ ।
सामाजिक सद्भाव प्रगाढ बनाउन आग्रह
सामाजिक सद्भाव नेपालगन्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन विभिन्न धर्मगुरुहरूले आग्रह गर्नुभएको छ । यहाँका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन आम नगरबासी र जिल्लावासीमा अपिल गर्नुभएको हो ।
‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान सञ्चालन
पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र र प्रमुख सहर नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान सञ्चालन गरिएको छ ।
निकुञ्जभित्र सवारी साधनलाई टाइम कार्ड लागू
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको राजमार्ग क्षेत्रमा आवागमन गर्ने सवारी साधनका लागि सोमवारदेखि टाइम कार्ड लागू गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
प्रदेशका योजना कार्यान्वयनको चरणमा
लुम्बिनी प्रदेशअन्तर्गतका विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालु आर्थिक वर्षमा समयभित्रै योजनाको काम सम्पन्न गर्ने उद्देश्यले प्रक्रिया अघि बढाएको छ ।
कोरिडोरमा खसेको चट्टान हटाउन पाँच दिन
कालीगण्डकी कोरिडोरमा पहिरोसहित खसेको ठुलो चट्टान हटाइएसँगै सडक सुचारु भएको छ ।
स्रोत नखुलेको १० लाख नगदसहित तीन भारतीय नागरिक पक्राउ
रुपन्देहीको बेलहिया नाकाबाट स्रोत नखुलेको १० लाख भारुसहित तीन जना पक्राउ परेका छन् । १० लाख भारतीय रुपियाँसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले पक्राउ गरेको हो ।
दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु
मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।
पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते
पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताउनुभयो ।
क्यान्सर हुन नदिन जीवनशैली परिवर्तन गर्न सुझाव
क्यान्सर रोग विशेषज्ञहरूले क्यान्सर लाग्न नदिन जीवनशैलीमा परिवर्तन गर्न सुझाव दिएका छन् । क्यान्सर प्राणघातक रोग भएको र यसका बिरामी सजिलै ठिक नहुने भएकाले खानपान, सचेतना र आफ्ना आनीबानीमा विशेष ध्यान दिनुपर्नेमा उहाँहरूको जोड छ। नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोग समूहको आयोजना तथा लुम्बिनी प्रेस क्लबको सहकार्यमा पत्रकार तथा समुदायका अगुवालाई लक्षित गरी भैरहवामा आयोजित सचेतना कार्यक्रममा विज्ञहरूले संसारमा क्यान्सर रोगको स्थायी उपचार अहिलेसम्म पत्ता नलागे पनि उपचारपछि जीवनलाई सहज गर्दै लैजान भने सकिने जानकारी दिनुभयो।
‘जनतासँगको सम्बन्ध सुधार गर्छौं’
नेकपा (माओवादी केन्द्र) ले देशैभर तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरेको छ। भदौ १६ देखि लुम्बिनी प्रदेशमा पनि यो अभियान जारी छ । अभियानकै क्रममा पार्टीका स्थायी कमिटी सदस्य गणेशमान पुनले माओवादीले जनसम्बन्ध र सम्पर्क बढाउनकै लागि पार्टीले तीनमहिने विशेष रूपान्तरण अभियान चलाएको बताउनुभयो ।
उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैनः उद्योगी
रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् ।
करेन्ट लागेर एक जनाको मृत्यु
सिँचाइका लागि मोटर लगाउनेक्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्युठान नगरपालिका वडा ७ स्थित टिकुरीका ५८ वर्षीय कमल केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।