तरकारी बेचेर पढाइ खर्च जुटाउँदै
नेपालगन्ज उपमहानगरपालिका –१ स्थित जिल्ला प्रहरी कार्यालय पछाडि बस्ने १७ बर्षीय किशोर निडर कठायतलाई दिउँसो २ बजेपछि तरकारी बेच्न सुर्खेतरोड पुग्न हतार हुन्छ । दिउँसो २ बजे उहाँ घरमा राखेका तरकारी ठेलामा मिलाउन व्यस्त हुनुहुन्छ ।
साइकल यात्रुलाई मानसरोवर दर्शन गराइने
नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्न लागेको नेपालगन्ज साइकल उत्सव टूर दि ठाकुरद्वाराको अवसरमा सहभागी हुन आउने विदेशी साइकल यात्रुलाई कैलाश मानसरोवरको दूरदर्शन गराउने योजना बनाइएको छ ।
राप्ती नदीमा १० वटा घडियाल गोही छाडियो
विश्व सिमसार दिवसका अवसरमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका बीच राप्ती सोनारी गाउँपालिका १ स्थित राप्ती नदीको कुसुम बैरिया–भम्का जोड्ने घाटमा एउटा भालेसहित १० वटा गोही छाडिएको हो ।
हात्तीपाईलेको उच्च जोखिममा कपिलवस्तु
१५ चरणको अभियान सञ्चालन गरिएको कपिलवस्तु फेरी हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा असफल भएको हो ।
एकीकृत घुम्ती शिविर सञ्चालन
जनतालाई सहज सेवा प्रदानका लागि रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।
बक्यौता नबुझाउनेको मिटर झिकेर कालोसूचीमा
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो लाइन काटिएको ६ महिना बढी समयसम्म पनि बक्यौता बुझाएर लाइन जडान गर्न नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्न सुरु गरेको छ ।
लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले माघ २१ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।
नौ करोड लगानीमा छत्रकोट गाउँपालिकाकाे भवन बन्ने
गुल्मीको छत्रकोट गाउँपालिकाले नयाँ अत्याधुनिक प्रशासकीय भवन बनाउने भएको छ । यस गाउँपालिकाको वडा नम्बर–३, भेँडुवामा अत्याधुनिक प्रशासकीय भवन निर्माण हुन लागेको हो ।
जलेर एक महिलाको मृत्यु
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा अग्निदहमा परेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ७ बजे खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु ४५ वर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको हो ।
सम्झौता सकिएको दुई वर्षसम्म भएन टेन्डर
बुटवलको पुरानो बसपार्कपछाडि रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ को पुनः टेन्डर प्रक्रियामा अलमल गरिएको छ । उपमहानगरपालिका–६ स्थित केन्द्रको सम्झौता अनुसार २०७८ साल भदौ २० गते नै व्यवसायीको म्याद सकिए पनि टेन्डर प्रक्रिया भने अहिलेसम्म सुरु हुन सकेको छैन । विसं २०६४ मा त्रिपक्षीय करार सम्झौता अनुसार निर्माण सुरु भई २०६७ साल भदौ २० देखि यो केन्द्र सञ्चालनमा आएको हो । एक बिघा सात कट्ठा क्षेत्रफलमा ६५ वटा सटरमा व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।
उद्योग क्षेत्रको ऋणको ब्याजदर एक अङ्कमा झार्न सुझाव
रुपन्देहीका उद्योगी व्यवसायीले उद्योग क्षेत्रमा गरिने ऋण लगानीको ब्याजदर एक अङ्कमा झार्नुपर्ने सुझाव दिएका छन् । उद्योगमा गरिने लगानीको ब्याजदर बेसरेटका आधारमा कायम गर्नुपर्ने र उद्योगीले एलसी खोल्दा राख्नुपर्ने १० प्रतिशतसम्म मार्जिन नगद रकम बिनाब्याज बैङ्कमा राख्नुपर्ने व्यवस्था अन्यायपूर्ण रहेकाले त्यो नियम हटाउनुपर्ने मागसमेत गरेका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उद्योग क्षेत्र सुधारका लागि नेपाल उद्योग परिसङ्घले जिल्लाका उद्योगीसँग पहिलो पटक सुझाव माग गरेपछि रुपन्देहीका उद्योगीले ती सुझाव दिएका हुन् ।
तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुँदै
प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारिक रूपमा मनोनयन दस्ताबेज गर्नुभएको हो ।
ब्युटी र मेकअप तालिम केन्द्र सञ्चालनमा
नेपालगन्ज र सो वरिपरिका शृङ्गारमा रुचि राख्ने महिला तथा युवतिहरुका लागि स्थानीय बागेश्वरी मन्दिरको मिनी मार्केटमा व्युटी एण्ड मेकअप ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ ।
लुम्बिनीसँग जोडिएका क्षेत्रलाई बुद्धभूमिका रूपमा प्रचार गर्नुपर्नेमा जोड
शान्तिका अग्रदूत गौतमबद्धको जन्मस्थल लुम्बिनी सहित जोडिएका रुपन्देहीका क्षेत्रहरूलाई बुद्धभूमिका रूपमा प्रचार र विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा एक वर्षमा २८ हजार प्रहरीको उपचार
नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको छ ।
यातायातमा अनलाइन सवारी दर्ता
नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
जनताका कुरा सुन्न समुदायमा कांग्रेस अभियान : कांग्रेस केन्द्रीय सदस्य डा. सङ्ग्रौला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले जनताका कुरा सुन्नका लागि समुदायमा कांग्रेस अभियानको सुरु गरिएको बताउनुभएको छ ।
सिद्धबाबा सुरुङमार्गकाे काम दश प्रतिशत सम्पन्न
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको निर्माणले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्ध बाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामले गति लिएको हो । सुरुङ खन्ने काम दक्षिणतर्फको गेटबाट सुरु भएसँगै यसले गति लिएको छ ।
करेन्ट लागेर मृत्यु हुनुभएका कुर्मीको परिवारलाई ११ लाख प्रदान
बाँके जिल्लामा क्रियाशील एक लघुवित्त संस्थाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत ११ लाख बढी रकम उपलब्ध गराएको छ ।
बिरामी भर्ना गर्ने आयुर्वेद पसल सिल, छानबिन गर्न समिति गठन
तम्घासमा सञ्चालित आयुर्वेद पसल सिल गरेको प्रशासनले छानबिन गर्न समिति बनाएको छ । सत्य तथ्य छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो ।
संवृद्धिका लागि पर्यटक आकर्षित गर्नुपर्छ : गृहमन्त्री पाण्डे
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले लुम्बिनी प्रदेश पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि तीनै तहका सरकारको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।
दर्ता नभएका पसल बन्द गराउँदै कोहलपुर नगरपालिका
बाँकेको कोहलपुर नगरपालिकाले दर्ता नभएका तथा मापदण्ड विपरीतका पसल व्यवसाय बन्द गराउन थालेको छ ।
कोहलपुरमा औद्योगिक लघु तथा प्रविधि व्यापार महोत्सव
अर्थतन्त्रलाई आर्थिक मन्दीबाट बाहिर ल्याउने उद्देश्यका साथ बाँकेको कोहलपुरमा माघ २५ देखि फागुन ५ गतेसम्म पाँचौँ औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि व्यापार महोत्सव–२०८० हुने भएको छ ।
तम्घासमा खाद्यको शाखा कार्यालय
सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय सञ्चालनमा आएको छ ।