• २८ पुस २०८१, आइतबार

ब्युटी र मेकअप तालिम केन्द्र सञ्चालनमा

blog

व्युटी एण्ड मेकअप ट्रेनिङ सेन्टरको उदघाटन गर्दै पूर्व मिस नेपालगन्ज सुमन थापा । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ १८ गते । नेपालगन्ज र सो वरिपरिका शृङ्गारमा रुचि राख्ने महिला तथा युवतिहरुका लागि स्थानीय बागेश्वरी मन्दिरको मिनी मार्केटमा व्युटी एण्ड मेकअप ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । 

मिस नेपालगन्ज २०१५ का बिजेता सुमन थापाले सो तालिम केन्द्रको उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै पूर्व मिस नेपालगन्ज थापाले शृङ्गार र मेकअपको क्रेज पछिल्लो समयमा बढ्दैगएकाले यस्ता तालिम केन्द्रले धेरै महिला तथा युवतिलाई मेकअपको काम सिक्ने अवसर प्राप्त हुने बताउनुभयो । 

उहाँले यस्ता तालिम केन्द्रले धेरै महिलालाई रोजगारमा लगाउन समेत सहयोग मिल्ने बताउनुभयो । उक्त ट्रेनिङ सेन्टरमा शृङ्गार, सुन्दरता र मेकअपको तालिम दिनुका साथै मेकअपका कामहरु थ्रेडीङ्ग, फेसियल, वक्स, सिम्पल मेकअप, हेबी मेकअप, ब्राइडल मेकअपको कामहरु गरिने तालिम केन्द्रका सञ्चालक सहिना हलवाइले बताउनुभयो । 

उहाँले आफ्नो नयाँ स्टूडियो तथा ट्रेनिङ्ग सेन्टर खोल्नुको उद्देश्य सौन्दर्यमा चासो राख्ने महिलालाई स्कीन केयर, सेल्फ मेकअपसम्बन्धी जानकारी गराउनु रहेको बताउनुभयो ।