तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : मन्त्री गुरुङ
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ ।
भैँसीपालनबाट मनग्य आम्दानी
दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्याैली पेसा भैंसीपालन हो । उहाँले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएको छ । उहाँले यसैकोआम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आउनुभएको छ ।
प्युठानमा बेवारिसे अवस्थामा शिशु फेला
प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) फेला परेको छ । होटेल आयुष्मा नजिकै जस्ताको छाप्रोमा सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ ।
बढी भार बोक्ने सवारीलाई कारबाही
नेपालमा ३० टनभन्दा बढी भार बोक्न पाइँदैन । सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालवाहक सवारीसाधनले भने दोब्बर बढी भार बोक्ने गरेको पाइएको छ । भारतबाट आउने ठुला मालवाहक सवारीसाधनले ९६ टनसम्म भार बोकेर नेपाल भित्रिइरहेको भन्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिले प्रशासनको ध्यानाकर्षण गराएको छ ।
जग्गाधनी प्रमाणपुर्जा वितरण
रुपन्देहीको सियारी गाउँपालिका–१ र ७ मा अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति रुपन्देहीको आयोजना एवं सियारी गाउँपालिकाको समन्वय तथा सहजीकरणमा १७ जनालाई लालपुर्जा वितरण गरिएको हो ।
पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
राप्तीको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मत नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित बाँसखोली–भवानियापुर जोड्ने झोलुङ्गे पुलमा २०७९ साल असोजमा आएको बाढीले क्षति पुर्याएको थियो । सो पुलको अझैसम्म मर्मतसम्भार गरिएको छैन । झोलुङ्गे पुलमा क्षति पुगेको एक वर्ष बितिसक्दा पनि मर्मत गर्न बेवास्ता गरिएको आरोप स्थानीय बासिन्दाको छ ।
तम्घासमा बाँदरले दुःख दिएपछि रुख कटान
तम्घासमा बाँदर र बदेलले दुःख दिएपछि स्थानीयहरुले रुख कटान गर्न सुरु गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का स्थानीयहरुले निजी जग्गामा रहेका कुकाठ, बाँस, सल्ला, खरीलगायत झाडी फडानी गरेको वडा कार्यालयले जनाएको छ ।
पाल्पामा रेडियो नेपालको रिले प्रसारण
रेडियो नेपालले पाल्पाबाट एफएम रिले प्रसारण सुरु गरेको छ । पाल्पाको बगनासकाली–९, स्थित बगनास डाँडाबाट एफएम रिले स्टेसन स्थापना गरी रेडियो नेपालले प्रसारण सुरु गरेको हो ।
अवैध आयात हुने उपभोग्य वस्तु निषेध गर्न व्यवसायीको माग
कपिलवस्तुको विभिन्न सीमा क्षेत्रबाट अवैध रुपमा आयात हुने उपभोग्य वस्तु निषेध गर्नुपर्ने माग व्यवसायीले गरेका छन्।
एमालेको तीन दिने प्रशिक्षण सुरु
नेकपा (एमाले) को तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको छ ।
नेपालगन्जका दुई सडकको स्तरोन्नति सुरु
पछिल्लो केही वर्षयता स्तरीय सडक र बाटो निर्माणमा ठुलो फड्को मारेको नेपालगन्जमा थप दुई सडकको स्तरोन्नती गरेर गुणस्तरयुक्त अस्फाल्ट पिच गर्ने कार्य सुरु भएको छ।
बजेट अभावले अर्घाखाँचीका एक सय ३१ खानेपानी योजना अलपत्र
जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् ।
सल्यानी सिस्नोको बजार नेपालगन्जमा
नेपालगन्जका एक युवाले सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज ल्याएर बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ ।
कार्यसम्पादनमा धुर्कोट गाउँपालिका उत्कृष्ट
गुल्मीको धुर्कोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट भएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धुर्कोट गाउँपालिका पहिलो भएको सार्वजनिक नतिजामा उल्लेख छ ।
भगवती मन्दिर तीनतले बनाइँदै
तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर तीनतले बनाइने भएको छ । १९९० सालको भूकम्पअघिकै स्वरूपमा भगवती मन्दिर बनाउने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । १९९० सालको भूकम्पअघि तीनतले रहेको भगवती मन्दिर भत्काएपछि दुईतले बनाइएको थियो । मन्दिर जीर्ण भएसँगै छानो चुहिएर प्लास्टिकको ओत राखिएको छ । मन्दिरको अवस्था जीर्ण भएका कारण मन्दिर पुनर्निर्माण गर्ने र उक्त मन्दिर तीनतले बनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताउनुभयो ।
गैरआवासीयले लिए नागरिकता
गुल्मी जिल्लाबाट ३० जना गैरआवासीय नेपाली नागरिकले नागरिकता लिएका छन् । गत कात्तिक १९ बाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ३० जनाले गैरआवासीय नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । नेपालमा गएको असोजबाट गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरिएको हो । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक १९ बाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । गुल्मी जिल्लामा पनि नागरिकता लिने सङ्ख्या दैनिक बढ्दै गएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । जिल्लाबाट प्रवासमा रहनेको सङ्ख्या धेरै नै रहेको र नागरिकता लिनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
नरिवल आयातमा वृद्धि, ६ महिनामा ११ करोडको आयात
पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगन्ज भन्सारबाट नरिवल आयात अत्यधिक बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा नरिवल आयातमा नौ गुणा बढी वृद्धि भएको हो ।
स्थानीय तहमा एमालेको ज्ञापनपत्र
नेकपा (एमाले) गुल्मीले स्थानीय तहमा भएका अनियमितता छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
धुर्कोट अस्पतालमा १५ शय्याको सेवा सुरु
गुल्मीको धुर्कोट आधारभूत अस्पतालमा १५ शय्याको सेवा शुभारम्भ गरिएको छ । धुर्कोट गाउँपालिकाको वडा –६ रजस्थलमा रहेको यस अस्पतालमा सो सेवा शुभारम्भ गरिएको हो ।
एसईई पास गरेका ९२ छात्रालाई साइकल वितरण
डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत एसइई पास गरेका ९२ छात्राहरुलाई साइकल वितरण गरेको छ ।
प्रदेश सरकारको प्राथमिकतामा खेलकुद : मन्त्री चौधरी
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले प्रदेश सरकारले खेलकुद विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
अधिकार क्षेत्र बाहिर काम गरेकाे आरोपमा सम्पन्न आयुर्वेदमा सिल
गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसल जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ ।
नेपालगन्ज-कैलाश मानसरोवर उडान सुरु
लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।
यात्रु आफैँले बटन थिचेर सडक पार गर्ने प्रविधि जडान
रुपन्देहीको बुटवल–भैरहवा सिद्धार्थ राजमार्गमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने (अन डिमान्ड पेलिक्यान क्रसिङ सिस्टम) सुरु गरिएको छ ।