रणनीतिक ट्रान्जिट बन्दै बर्दीबास : मन्त्री भण्डारी
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले भर्खरै सम्पन्न राष्ट्रिय श्रम रोजगार सम्मेलनबाट प्राप्त निषकर्षबाट सरकारले आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेको बताउनुभएको छ ।
कबाड व्यवसायीका समस्या समझदारीमा समाधान गर्न अध्यक्ष प्रचण्डको जोड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेशसभाको गतिरोध खुलाउन दलहरुबिच छलफल सुरु
मधेश प्रदेशसभामा देखिएको गतिरोध खुलाउन सभामुख रामचन्द्र मण्डलको कार्यकक्षमा दलहरुबिच छलफल सुरु भएको छ ।
पूर्व लगानी सम्मेलनको तयारीमा जुट्यो प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश सरकार पूर्व लगानी सम्मेलनको तयारीमा जुटेको छ । आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारले यही चैत २७ गते पूर्व लगानी सम्मेलन आयोजना गर्दैछ । लगानी तथा विकास सम्मेलनको तयारी स्वरुप पूर्व लगानी सम्मेलन गर्न लागिएको हो ।
नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय
नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् ।
विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमा शाक्य नियुक्त
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
‘निर्णय नगर्ने कर्मचारीलाई छ महिना कैद’
तोकिएको अवधिमा कुनै निर्णय नगरेको कारणबाट कसैलाई हानिनोक्सानी पुगेमा जिम्मेवार राष्ट्रसेवक कर्मचारीलाई कारबाही हुने भएको छ ।
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
प्रधानमन्त्री ओली बिमस्टेक बैठकमा भाग लिन चैत १९ गते थाइल्याण्ड जाने
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ ।
प्रमुख तीन दलको बैठक : सर्च कमिटी गठन गर्ने सहमति
प्रमुख तीन दलका शीर्ष नेताबिच सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने विषयमा सहमति भएको छ ।
निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक : कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु
प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।
निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
रोजगारी सुनिश्चित गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले रोजगारीको सुनिश्चित गर्न माग गर्दै आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
‘दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी’
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
माओवादी जाजरकोटको सात वटै पालिकाकाे अधिवेशन सम्पन्न
नेकपा माओवादी केन्द्र जाजरकोटले जिल्लाका सात वटै पालिकाको अधिवेशन सम्पन्न गरेको छ।
प्रवासमा पनि नेपाली सञ्चारमाध्यमले अग्रणी भूमिका निर्वाह गरेका छन्ः राजदूत यादव
अस्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले विदेशमा समेत नेपाली सञ्चारमाध्यमले अग्रणी भूमिका निभाएको बताउँदै यसले आफ्नो पेशाको मान र शान राख्नका लागि पनि निष्पक्ष भएर कलम चलाउनु जरुरी रहेको बताउनुभएको छ ।
पाकिस्तानको राष्ट्रिय दिवसमा झण्डोत्तोलन
पाकिस्तानको ८५ औं राष्ट्रिय दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डात्तोलन गरिएको छ । दिवसका अवसरमा आइतबार नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले पाकिस्तानको झण्डोत्तोलन गर्नुभयो ।
संविधानमार्फत नै जनताका समस्या सम्बोधन हुने नेपाली कांग्रेसकाे विश्वास
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताको समस्या, आवश्यकता र महत्वाकांक्षालाई सम्बोधन गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
जनताले लडेर ल्याएको संघीय गणतन्त्र कसैले खोस्न सक्दैन : मन्त्री भण्डारी
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आफैंले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनता स्वयंम् सिपाही भएर उभिएकाले यो अधिकार कसैले खोस्न नसकने बताउनु भएको छ।
अनेमसङ्घ ताप्लेजुङ अध्यक्षमा गुरुङ चयन
नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ ताप्लेजुङको अध्यक्षमा रनमाया गुरुङ चयन हुनु भएको छ। सङ्घको सातौं जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।
सुशासन र सामाजिक न्यायमा राष्ट्रपतिको जोड
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माणमा सरकार तदारूकताका साथ लाग्नु आवश्यक भएको बताउनुभएको छ।
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग
गाउँपालिका महासंघले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको छ ।
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुभएको छ।