राष्ट्रपति पौडेलद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समावेदन दिनुभएको छ । राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको थियो ।
नेकपा (एमाले)को बैठक बस्दै
नेकपा (एमाले)को कार्यालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी कार्यालयले जनाएको छ ।
उत्पादनको आधारमा कृषकलाई प्रोत्साहन गरिने छ: मन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानलाई अव उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण गरिने बत्ताउनु भएको छ । साथै किसानलाई उनीहरूको घरबारीमै गएर सम्मान गरिने पनि मन्त्री शर्माले बताउनु भएको छ ।
पर्यटन र पूर्वाधार विकासलाई वर्तमान सरकारले जोड दिन्छ: मन्त्री सुनुवार
कोशी प्रदेशका मन्त्री तथा प्रवक्ता प्रदीप कुमार सुनुवारले पर्यटन र पूर्वाधार विकासलाई सरकारले जोड दिने बताउनुभएको छ ।
अमेरिकी सहायकमन्त्री लु आज नेपाल आउँदै
अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउनुहुने भएको छ । उहाँले अमेरिकी विदेश मन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एसिया मामिला हेर्नुहुन्छ । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी सरकारको सहयोग अनुदानमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताको कार्यान्वयन सुरु हुन मात्र एक महिना बाँकी हुँदा हुन लागेको भ्रमण सोही सेरोफेरोमा केन्द्रित हुने अनुमान गरिएको छ । का
भानुभक्तको योगदान अतुलनीय
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा भानुभक्तको योगदान अतुलनीय रहेको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै उहाँले जन्मजयन्तीको यस अवसरले मुलुकभित्रका जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिको संरक्षण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
नेपाली सेनाको सङ्ख्या घटाउने सरकारको कुनै सोच छैन : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पार्नुभएको छ।
ज्ञानलाई स्वदेशमै प्रयोग गरौं : शिक्षा राज्यमन्त्री
शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीप स्वदेश कै उन्नतिका लागि प्रयोग गर्न अनुरोध गर्नुभएको छ।
‘विकासे मन्त्रालय पाए सरकारमा जान्छौं, तर टुङ्गो लागेको छैन’
सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णयसँगै जनमतले पनि सरकारमा जाने तयारी गरिरहेको छ । जनमत पार्टीले गत पुस १० मा बनेको सत्ता गठबन्धनभित्र उद्योग, शहरी विकासजस्ता विकासे मन्त्रालयको माग राखेको थियो ।
न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताउनुभएको छ ।
बजेटको विपक्षमा सत्तापक्षकै सांसद उभिए
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको विपक्षमा सत्तापक्षकै प्रदेश सभा सदस्यहरू उभिनुभएको छ ।
एमाले सचिवालय बैठकमा जिल्लागत रिपोर्टिङ हुने
नेकपा (एमाले) को सचिवालय बैठक असार ३० गते शनिबार बिहान ११ बजे बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक विषयमा समीक्षा हुने बताइएको छ ।
सीता दाहालको शोकमा प्रधानमन्त्री र परिवार
पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारका सदस्यहरूसहित स्व.सीता दाहालको निधनमा बालुवाटारमा श्रद्धाञ्जली अर्पण गर्न तथा समवेदना दिन आउने आगन्तुकसँग भेटघाट गर्नुहुँदै ।
पार्टी बनाउन स्वर्गीय दाहालको योगदान स्मरणीय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सल्लाहकार स्व. सीता दाहालको माओवादी आन्दोलनमा महत्त्वपूर्ण योगदान रहेको स्थानीय नेताहरूले चर्चा गर्नुभएको छ ।
फाइदाको व्यापारमा निगम : एक वर्षमा १७ अर्ब नाफा
सधैँ घाटाको व्यापार गरिराखेको नेपाल आयल निगमले यो वर्षको ११ महिनामा १७ अर्ब नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष ४९ अर्ब घाटामा रहेको निगमले यो वर्ष फाइदाको व्यापार गरेको हो।
कांग्रेसका पदाधिकारी बैठकका मुद्दा तय गर्दै
नेपाली कांग्रेसको साउन २ गते बस्ने केन्द्रीय कार्य समिति बैठकका विषय पदाधिकारी बैठकले तय गर्ने भएको छ ।
एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताउनुभएको छ ।
आर्थिक अराजकता नियन्त्रणमा पूर्ण प्रतिबद्ध छु : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले ठुलो समस्याका रूपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरूक भएर लागेको बताउनुभएको छ ।
सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ ।
सुशासनको अभियालने विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताउनुभएको छ ।
सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय
सरकारले खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ । असार २६ गतेको मन्त्रिपरिषद् निर्णयले सो निर्णय गरेको हो ।
मधेशमा निजामती किताबखाना सञ्चालन आउनु सुखद : प्रमुख मिश्र
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशमा प्रदेश निजामती किताबखाना सञ्चालनमा आउनु सुखद भएको बताउनुभएको छ ।
पशुमा लम्पिस्किन रोगको सङ्क्रमण क्रमशः घट्दै : मन्त्री भुसाल
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताउनुभएको छ ।