नेकपा एसको सचिवालय बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।
एमसिसी कार्यान्वयनसँगै नेपाल लाभान्वित
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । एकदिने भ्रमणका क्रममा उहाँ नेपाल आउनुभएलगत्तै प्रधानमन्त्री तथा अन्य उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभयो । भेटमा भएका कुराकानीमा नेपाल सरकार र अमेरिका सरकारको अनुदान सहयोग रहने मिलेनियम च्यालेन्ज कर्पोरेसनको कार्यान्वयन र हालसम्म भएको प्रगतिमाथि उहाँको उच्च चासो रह्यो । प्रधानमन्त्री प्रचण्डसँग उहाँले परियोजना कार्यान्वयनमा जान लागेको र नेपाल सरकारले त्यसका लागि गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपाली जनता र सरकारको लाभसँग जोडिएको सम्झौताले नेपालको विकासमा ठोस टेवा पु-याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभा अध्यक्ष अन्योलमा पर्दा...
“हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकाले संयुक्त सुझावकर्ता सदस्यहरूका तर्फबाट... सरी, म यसलाई फेरि सच्याउँछु, यहाँ माननीयज्यूहरूले पनि दुवैतिर बोलेर अलि रमाइलो गर्नुभयो” राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्योलमा पर्दा उहाँले उक्त प्रतिक्रिया व्यक्त गर्नुभयो । राष्ट्रिय सभा र प्रतिनिधि सभामा विधेयक प्रस्तुत हुँदा प्रस्तावको पक्ष र विपक्षमा ध्वनिसङ्केतले मत जाहेर गरिन्छ ।
प्रधानमन्त्रीकी जीवनसङ्गिनी सीताप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गर्नुभएको छ ।
आचरण व्यवहार लोकतान्त्रिक हुनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा बालुवाटार पुगेर दाहालप्रति श्रद्धाञ्जलि
संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ।
सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : नेता पौडेल
प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।
नेकपा एसको सचिवालय बैठक नेताले धारणा राख्ने क्रम सुरु
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) बैठक कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति भवनमा बसेको छ।
कानुनी व्यवस्थालाई पालना गरे नेपालको शैक्षिक क्षेत्रले फड्को मार्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानुनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्त्वपूर्ण फड्को मार्ने बताउनुभएको छ।
जनमत पार्टीको केन्द्रीय समिति विस्तार
डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।
कांग्रेस सभापति देउवासँग अमेरिकी विदेशमन्त्री लुको भेट
कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ। एक दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुग्नुभएका लुले भेटवार्ता गर्नुभएको हो।
प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत
प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ ।
प्रतिनिधि सभा बैठक : लम्पीस्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग
नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पि स्किन रोगको रोकथामका लागि सरकारले उदासिनता देखाएको बताउनुभएको छ ।
आठराई त्रिवेणीमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सुरु गरिएको छ। सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वास्थ्यकर बनाउनमा सहयोग पुर्याउने उद्देश्यसहित गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो।
सरकारलाई सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिनुभएको छ ।
समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन थालेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रदेश सभामा बजेटमाथि छलफल जारी
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल जारी रहेको छ। छलफलमा भाग लिनुभएका सत्तापक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यले बजेटको तीव्र आलोचना गरिरहनु भएको छ।
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८० पारित
राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ ।
ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताउनुभएको छ ।
सांस्कृतिक एकताको प्रवर्द्धनमा भानुभक्तको विशिष्ट योगदान : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताउनुभएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउनुभएको छ ।
करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल
राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताउनुभएको छ ।