समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री
काठमाडौँ, वैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताउनुुभएको छ ।नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।“नयाँ वर्षमा हामी नयाँ ऊर्जा नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गछौँ । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो ।’’प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहिनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ ।’’प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रुपमा नभइ तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।मुलुकमा आज विकास केवल सपना नभइ यथार्थ बनिरहेका, यस बीचमा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमा बताउनुभएको छ । सन्देशमा प्रधानमन्त्रीले भन्नुुभएको छ, “मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्दछ ।’’
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउनुपर्ने छ : उपराष्ट्रपति यादव
काठमाडौँ, वैशाख १ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नयाँ वर्ष, २०८२ उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात गर्दै अगाडि बढ्पर्नेमा जोड दिनुभएको हो । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गर्दै नयाँ कानूनको आवश्यकता भए वा संविधानको परिमार्जन गर्न सम्बन्धित निकायलाई प्रतिबद्धताका साथ अघि बढन नयाँ वर्षले उत्प्रेरित गर्न सकोस् भन्ने कामनाका साथ नव वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दछु ।” उपराष्ट्रपति यादवले मुलुकमा वर्षाँैदेखि अक्षुण्ण रहेका विविधता र एकतालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प र प्रण लिने अवसरका रुपमा उपयोग गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । नव वर्षको महत्व व्यक्तिगत स्तरमा मात्रै सीमित नभई यसको सामाजिक, सांस्कृतिक र आर्थिक महत्व उत्तिकै रहेको बताउँदै उहाँले जीवनमा नयाँ प्रेरणा प्रदान गर्दै आफ्ना वरपर सकारात्मकताको भाव फैलाउने अवसरका रुपमा आत्मसात गर्न आवश्यकता औँल्याउनुभएको छ । “नव वर्षको स्वागत अत्यन्तै हर्षोल्लास र परम्परागत रुपमा गरिनुले हामीलाई आफ्नो सांस्कृतिक विरासतलाई संरक्षित गर्दै पिंढीदर पिंढी हाम्रा रैथाने संस्कृति र परम्पराको रुपान्तरणमा पनि सघाउँदछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ । यस अवसरमा लिइने संकल्पले जीवनमा अनुशासन र स्थिरता कायम राख्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले हरेक व्यक्तिले आफन्तजन, परिवारजन, शुभचिन्तक र ईष्टमित्रको राम्रो स्वास्थ्य, दीर्घायु र सुखद् भविष्यको कामना गर्दै नव वर्षलाई उत्सवका रुपमा मनाइनुले परिवार र समुदायगत रुपमा अपनत्वभावलाई जीवन्त राख्दै एकीकृत समाजलाई अक्षुण्ण राख्न टेवा पुग्ने बताउनुभएको छ । “यस अवसरमा हामीले नेपालको आर्थिक उन्नयन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा द्रूत प्रगतिका लागि एकजूट भई अघि बढ्ने प्रयासमा जुट्ने दृढ संकल्पित र प्रतिबद्ध हुन जरुरी छm, नैतिकता, ईमानदारी र परिश्रमका साथ देशको समृद्धि र विकासमा अग्रसर हुन सम्पूर्ण सबैलाई नव वर्षले थप हौसला प्रदान गरोस्”, उहाँले भन्नुभएको छ ।
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति
काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताउनुभएको छ ।नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न उहाँले आग्रह गर्नुभएको छ । “आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु”, उहाँले भन्नुभएको छ ।शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उहाँले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ ।“हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिन्छौँ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर संकल्पवद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा, नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन हो ।”राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाई सुदृढ गर्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभएको छ । कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गर्न आग्रह गर्नुभएको छ । “आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु”, जारी शुभकामना सन्देशमा भनिएको छ ।
अबको आवश्यकता कृषिमा आधुनिकरण : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको आवश्यकता कृषिमा आधुनिकरण र व्यवसायीकरण भएको बताउनु भएको छ। आइतबार झापाको गौरादह र दमकमा भएको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
नागरिकको स्वास्थ्य उपचारमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै प्रकारका रोगको उपचार देश भित्रै गर्नेगरी सरकारले स्वास्थ्य क्षेत्रको सुधार गर्न लागेको बताउनुभएको छ।
हिंसात्मक आन्दोलन गरेर राजसंस्था फर्किदैन– कांग्रेस महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै कर्मले राजाको बिदाइ भएको भन्दै हिंसात्मक आन्दोलन गरेर राजसंस्था नफर्कने बताउनुभएको छ।
'सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गर्नुपर्छ'
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभएको छ।
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गर्नुभएको हो ।
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ ।
सिद्धार्थ राजमार्ग छोट्याइन्छ : मन्त्री पौडेल
नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा सिद्धार्थ राजमार्ग सरकारको प्राथमिकतामा पर्ने बताउनुभएको छ । सिद्धार्थ राजमार्ग बुटवल,
आगामी बजेटमा सिद्धार्थ राजमार्ग प्राथमिकतामा पर्छ : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा सिद्धार्थ राजमार्ग सरकारको प्राथमिकतामा पर्ने बताउनुभएको छ। सिद्धार्थ राजमार्ग बुटवल, पोखरा र स्याङ्जाको मात्र नभई मुलुकको अर्थतन्त्रमा टेवा दिने राजमार्ग भएको बताउँदै पर्यटक आकर्षण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
२०८४ अगाडि नै संविधान संशोधन गर्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचन अगाडि नै एक पटक संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेस धनकुटाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा बौल्दै महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानुपर्ने बताउनु भएको हो।
राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताउनुभएको छ ।
रास्वपा नेत्री राई एमाले प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।
जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेकाले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु नहुने बताउनुभएको छ।
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद मोहन आचार्य
प्रतिनिनिधिसभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको मुलुकमा सङ्घीयताका राम्रा पक्ष सबैले अनभूत गरिरहेको बताउनुभएको छ । उहाँले आमनागरिकमा राज्यको पहुँच पुगेको भएपनि यो व्यवस्था केही खर्चिलो पनि छ, यसलाई कसरी व्यवस्थित गर्ने र खर्च घटाउने भन्ने विषय जिम्मेवार राजनीतिक दल र नेताहरूले सोच्ने अवस्था आइसकेको बताउनुभयो ।
सङ्घीय सांसदलाई सबै योजनामा जोड्नु हुँदैन : सांसद घर्ती
नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् रोल्पाका प्रतिनिधि सभा सदस्य ईश्वरी घर्ती मगरले राष्ट्रिय गौरवबाहेक सङ्घीय संसदलाई सबै योजनामा जोड्नु नहुने बताउनुभएको छ । सांसदको प्रमुख जिम्मेवारी नीति निर्माण भएकाले सबै योजनामा जोड्नु उचित नहुने उहाँको भनाइ छ ।
देशलाई समृद्ध बनाउन प्रदेश संरचना आवश्यक छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा राजसंस्था पुर्नस्थापना हुन नसक्ने बताउनुभएको छ ।
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गर्नुभएको भन्ने भनाइको खण्डन गर्नुभएको छ ।
राजावादीले भ्रम फैलाउने काम गरे : एमाले महासचिव पोख्रेल
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले महासचिव पोखरेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको बताउनुभएको छ ।
‘मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको समग्र विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलन तयारी पूरा
चैत ३० गते नेपालगन्जमा आयोजना गरिने नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलनको तयारी पुरा भएको नेपाली कांग्रेस बाँकेले जनाएको छ ।
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन
कानुन, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानविन समिति गठन गरी दोषीमाथि कानुनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।