स्ववियु निर्वाचन: दार्चुलामा नेविसंघ र गोकुलेश्वरमा अनेरास्ववियु विजयी
कृष्णबहादुर धामी दार्चुला चैत २८ गते । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत पर्ने जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा गठबन्धनका साझा उम्मेदवार नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू र गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार सुनिल डाँगा विजयी हुनुभएको छ । दार्चुला बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ खसेको कुल मत ४४९ मध्ये गठबन्धनका साझा उम्मेदवार नेविसंघका प्रकाश बडूले २२२ मत प्राप्त गरी विजयी हुनुभएको सहायक क्याम्पस प्रमुख एवं निर्वाचन अधिकृत करणसिंह साउँदले जानकारी दिनुभयो । अनेरास्ववियुका खडकसिंह ठगुन्नालाई पराजित गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट नेविसंघका प्रकाश बडू प्यानलसहित विजयी हुनुभएको हो ।बडूका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका खडकसिंह ठगुन्नाले १९१ मत प्राप्त गर्नुभयो । सभापतिमा स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मत मात्रै प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका लालसिंह महर २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ, भने अनेरास्ववियुका दिपुसिंह महताले २१५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा गठबन्धनका जगतसिंह धामी २४० मत प्राप्त गर्दै विजयी हुँदा अनेरास्ववियुका कुसुम धामीले २०३ मत प्राप्त गर्नुभयो । दार्चुला बहुमुखी क्याम्पसमा समानुपातिकतर्फ ४३६ मत खसेको थियो । बुधवार बेलुकी छ बजेपछि सुरु भएको मतगणना राती एघार बजेपछि मात्रै सम्पन्न भएको थियो । यसैबिच जिल्लाको अर्को क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुनिल डाँगा प्रत्यक्षतर्फ खसेको कुल मत २३० मध्ये १०५ मत प्राप्त गर्दै विजयी हुनु भएको निर्वाचन अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिनुभयो । गोकुलेश्वरमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका साझा उम्मेदवार नेविसंघका नरेश विष्टले १०२ मत प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका नवराज भट्ट १२५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ, भने स्ववियु कोषाध्यक्षका उम्मेदवार गठबन्धनका अम्मरा धामी र अनेरास्ववियुका रेजिना विष्टले सामान १०८ मत प्राप्त गर्दा गोला प्रथाबाट गठबन्धनका उम्मेदवार अम्मरा धामी विजयी हुनुभएको छ । जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा ४८५ मतदाता हुन, भने गोकुलेश्वर बहुमुखी क्याम्पसमा २६४ मतदाता हुन् ।
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना व्यक्त
काठमाडौँ, चैत २८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ । जैन धर्मका २४औँ तीर्थंकर महावीरको दुई हजार ६२४औँ जन्मजयन्ती ९जन्म कल्याणक दिवस०का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिने बताउनुभयो । शुभकामना सन्देशमा उहाँले यस दिवसले सिङ्गो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा सहयोग पुर्याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । “यो दिवसले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई बलियो बनाउने अवसर प्रदान गर्दछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ, “भगवान् महावीरले अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्य आदर्शलाई प्रतिपादन गर्नुभयो । यसले धार्मिक दृष्टिसँगै सामाजिक र सांस्कृतिक रूपमा पनि हामीलाई एउटा सुन्दर देश र समाज निर्माणको दिशामा अग्रसर हुन प्रेरित गर्दछ ।”
राजनीतिक अभियान तीव्र, निर्माण सुस्त
राजनीतिक दलका नेताको आन्दोलन र अभियानको ‘मार्ग’ बनेको हुलाकी राजमार्ग योजनाबद्ध रूपमा निर्माण सुरु भएको दुई दशक पुग्न लाग्दा पनि काम सम्पन्न हुन सकेको छैन ।
प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गर्नुभएको छ ।
कोशी पर्यटन वर्ष २०८२ को शुभारम्भ
कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहंले गर्नुभएको छ ।
ढुक्क भएर लगानी गर्नुहोस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग-व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभएको हो।
एमाले अछामद्वारा अग्नीपीडिताई सहयोग
जयगढ बजारमा आगलागीबाट पीडितलाई नेकपा (एमाले) अछामले एक लाख ११ हजार रकम सहयोग गर्ने भएको छ । अग्नी पीडितको राहतका लागि एमाले अछामले तत्कालका लागि सहयोग गर्ने घोषणा गरिएको जिल्ला अध्यक्ष चन्द्र बोहराले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य, छ विधेयक पारित
गण्डकी प्रदेश सभाको सातौं अधिवेशनले छ वटा विधेयक पारित गरेको छ। माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट १० विधेयक विभिन्न समितिमा पठाइएको छ। यो अधिवेशनमा १६ दिनमा १६ वटा बैठक बसेका छन्।
सार्वजनिक विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने भएको छ ।
सभापति लामिछाने पक्राउविरुद्ध रास्वपाद्वारा मानव अधिकार आयोगमा निवेदन दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेको छ ।
अर्घाखाँचीलाई देवभूमिको रूपमा परिभाषित गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात गर्ने ठाउँ भएको बताउनुभएको छ ।
ऊर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध बन्छः ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताउनुभएको छ । बुधबार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्रीले पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्नुहुने
प्रधानमन्त्रीले केपि शर्मा ओलीले आज पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्दै हुनुहुन्छ ।
शिक्षा विधेक गणतन्त्रले बोकेर ल्याएको हो : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५० वर्षपछि शिक्षा विधेक गणतन्त्रले बोकेर ल्याएकाले शिक्षकका समस्या अबिलम्ब पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कोशी प्रदेश पर्यटन वर्षको उदघाटन प्रधानमन्त्रीले गर्नुहुने
कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभरी मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ । तेह्रथुमको तीन जुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उदघाटन गर्ने कार्यक्रम छ ।
म्यानमार सहयोग पठाउँदै सरकार
गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको मंगलबार साँझ निरीक्षण गर्नुभएको छ।
सरकारका कामको प्रचार गर्न हामी तयार छौँ : महामन्त्री थापा
उहाँले प्रधानमन्त्री र मन्त्री नबोलेरै काम गरे आफूहरु सरकारका कामको प्रचार गर्न तयार रहेको बताउनुभयो।
यो सरकार २०८४ सम्म टसमस हुँदैन : प्रधानमन्त्री ओली
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा एमाले दुई पुराना जिम्मेबार दललेको नेतृत्वमा गठन भएको सरकार २०८४ सम्म चल्ने बताउनु भएको छ ।
जनताको जरासम्म फैलिएको एमालेलाई कसैले हल्लाउन सक्दैन : अध्यक्ष ओली
पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उहाँले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गर्नुभयो।
मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो ।
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट तथा छलफल गरेको छ ।