गणेश खनाल
अर्घाखाँची, चैत २७ गते । प्रधानमन्त्रीले केपि शर्मा ओलीले आज पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले विश्वको प्राचिन भाषा संस्कृतको व्याकरण उत्पत्ति भएको तपोभूमी पाणिनिलाई विश्व सामु चिनाउन उद्देश्यले “पाणिनि तपोभूमी सम्मेलन २०८१” आजदेखि सुरु हुने सम्मेलनको उद्धाटन गर्न लाग्नुभएको हो ।
पाणिनि गाउँपालिका १ र २ को सिामानामा रहेको तपोभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार दिउँसो एक भव्य कार्यक्रमका बिच समुद्धाटन गर्ने कार्यक्रम रहेको पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो ।