• ५ वैशाख २०८२, शुक्रबार

कोशी पर्यटन वर्ष २०८२ को शुभारम्भ

blog

कोशी प्रदेशले सुरु गरेको ‘पर्यटन वर्ष २०८२’ को शुभारम्भ समारोहमा उपस्थित उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत ।

कविराज घिमिरे

हिले, चैत्र २७ गते । कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहंले गर्नुभएको छ । 

कार्यक्रममा बोल्दै उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो। उहाँले विदेशी पर्यटकलाई गन्तव्यको थलो बन्ने उहाँको भनाइ छ । पर्यटन वर्ष शुभारम्भ कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही पर्यटनको समृद्ध वर्षका लागि कोशी प्रदेश पर्यटन वर्षले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यस्तै पर्यटनका नीति, गन्तव्य निर्माणका लागि पर्यटन वर्ष सुरु गरिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो। उहाँले नेपालको अर्थतन्त्रमा पर्यटन प्रमुख विषय भएकाले कोशी प्रदेशमा राष्ट्रिय सम्पदा धेरै भएकाले राष्ट्रिय पुँजी निर्माणमा सहयोग प्रदेश पर्यटन वर्ष सुरु गरिएको मुख्यमन्त्री कार्कीको भनाइ छ। नेपालमा कृषि, ऊर्जा जलस्रोत भन्दा पर्यटन प्रमुख भएको र पर्यटनमा पनि साहसिक पर्यटन र धार्मिक पर्यटन भएको मुख्यमन्त्री कार्कीको भनाइ छ।


प्रदेश सरकारले कोशी प्रदेशमा रहेका अनेकौँ पर्यटनको सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष मनाउन सुरु गरिएको हो। पर्यटन वर्षपछि पर्यटकीय गन्तव्यको पहिचान गरेर २०८३ मा कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी प्रदेश सरकारको रहेको छ। ‘रमणीय कोशी’ भन्ने नाराका साथ मनाउन लागिएको पर्यटन वर्षका लागि प्रदेश सरकारले २०८२ का लागि ८२ पर्यटकीय गन्तव्यको सूची यसअघि नै तयार गरेको छ। नेपालकै होचो केचनाकवलदेखि विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ। विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन्। 

कोशी प्रदेशको पर्यटन प्रर्वद्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष सुरु गरिएको हो। कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिनका लागि नाकामा आन्तरिक मामिला तथा कानून मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी पनि गरेको छ। यस्तो स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बाटोमा अनावश्यक रूपमा झन्झट नदिने र चेकजाँच नगर्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ।