निराजन परियार
चौमाला कैलाली, चैत२९ गते । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले महासचिव पोखरेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको बताउनुभएको छ ।
उहाले पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने उल्लेख गर्नुभयो । पञ्चायतको समयमा धनगढी र गरिबको खाडले २३ गुणा बढी थियो । अहिले ८ गुणामा झरेको छ, समानतातर्फको यात्रा यो समाजमा अगाडि बढेको उल्लेख गनुभयो ।
कैलालीको धनगढीमा एमालेको केन्द्रीय कमिटीको आह्वानमा प्रदेश समितिले आयोजना गरेको विशेष जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले काठमाडौँको तीनकुनेमा आतङ्क मच्चाउने योजनाकारलाई कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।
उहाँले सुदूपश्चिममा विकासको गतीमा अघि बढेको बताउनुभएको छ । उहाँले गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम चरण्मा रहेको उल्लेख गर्नुभयो । देशमा सङ्कट आएको बेला बिगतमा एमाले र कांग्रेस एक भएको उल्लेख गर्दै गणतन्त्र जोगाउन दुई पार्टीको मुख्य जिम्मेवारी भएको बताउनुभयो ।
यसैगरी नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजा फकाउँछौँ भन्नु र बिरेन्द्र शाहको वंश फकाउँछौँ भन्नु एउटै रहेको बताउनुभएको छ । एमाले सुदुरपश्चिम प्रदेश समितिले आयोजना गरेको विशेष सभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञावालीले राजा फर्काउने कुनै सम्भावना नरहेको बताउनुभयो ।
विशेष सभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले केही मण्डलेहरू भएको विकासलाई समेत पछाडी धकेल्ने कुचेस्टाका साथ राजाका कुरा गरिरहेको भन्दै त्यो नेपाली जनताले स्वीकार्न नसक्ने दाबी गर्नुभयो ।
राजाको शासन र जनताको शासन बिच तुलना गर्न आग्रह गर्दै उपाध्यक्ष ज्ञवालीले राजाले जनतामाथि दमन बाहेक केही नगरेको बताउनुभयो । फेरि पुर्व राजाले जनभावना विपरित बोलेर देशमा अराजकता मचाउन खोजेको भन्दै उहाँले जनमतको कदर गर्न आग्रह गर्नुभयो ।