समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य–सचिवमा पुन
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य सचिवमा ज्ञानेन्द्र पुन नियुक्त हुनुभएको छ । प्रतिष्ठान सञ्चालक परिषदका सहअध्यक्ष एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा बिहीबार बसेको बैठकले गुल्मीको मालिका गाउँपालिका –१ का पुनलाई सो पदमा मनोनित गर्ने निर्णय गरेको हो ।
लेखक विचार उत्पादनका केन्द्र हुन् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले लेखक विचार उत्पादनका केन्द्र भएको उल्लेख गर्दै हरेक स्रष्टाले सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने उल्लेख गर्नुभएको छ। नेपाली लेखक सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आज राष्ट्रपति कार्यालयमा बधाई तथा शुभकामना दिँदै उहाँले भन्नुभयो, “लेखक स्वयंमा सत्ता हो, सङ्गठन, विचार र आफैँमा अभियान पनि हो।”
जसपाका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश
सप्तरीको विष्णुपुर गाउँपालिकामा बिहीवार आयोजित पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका पूर्व केन्द्रीय सदस्य विशेश्वर रजकसहित १ सय ५० बढी नेता कार्यकर्ता जनमत पार्टी प्रवेश गरेका छन् ।
सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो
गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो। सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेको छ।
‘रियालिटी साे ’का प्रतिस्पर्धीहरूलाई राष्ट्रपति पौडेलद्वारा स्वागत
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरूलाई राष्ट्रपति निवास शीतल निवासमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्वागत गर्नुभएको छ ।
रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह थिएन : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको स्पष्ट पार्नुभएको छ ।
एमाले पूर्व जिल्ला अध्यक्ष साम्सोहाङलाई कारबाही
नेकपा (एमाले) कोशी प्रदेश समितिले ताप्लेजुङका पूर्व अध्यक्ष बलबहादुर साम्सोहाङलाई कारबाही गरेको छ। कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका साम्सोहाङ र युवा नेता मणिशङ्कर पोमुलाई पार्टीले कारबाही गरेको हो।
प्राप्त उपलब्धीको रक्षा गर्न सबैले संवेदनशिल भएर सोचौं : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमन सिंहले प्राप्त अधिकारको रक्षा गर्न सबैले संवेदनशिल भएर सोच्न आग्रह गर्नुभएको छ ।
आम राष्ट्रवादीको सपना सफल भयोः अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कसैले चाहेर पनि अब राजावादीहरुको एकता नटुट्ने बताउनुभएको छ ।
लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता डंगोलको भूमिका अविस्मरणीयः सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ काँग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैनः निर्देशक झा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले कुष्ठरोगको उपचारका लागि जनशक्तिको अभाव रहेको बताउनुभएको छ ।
बजेट निर्माणमा त्रुटि गर्ने छुट छैन : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सही रुपमा परिचालन हुने बजेट निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
द्वन्द्वसँग जोडिएका विषय जटिल र संवेशनशिलः सभापति सुवेदी
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले सङ्क्रमणकालिन न्याय सम्बन्धी कानुन निर्माण पूरा भएको बताउनुभएको छ ।
‘राष्ट्रिय सहमतिमा जनहितका लागि संविधान संशोधन गरौँ’
प्रतिनिधिसभामा आगामी आर्थि वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा समेटिएका विषयहरू बर्सेनि दोहोरिने तर कार्यान्वयनमा नजाने प्रवृत्ति दुःखद रहेको सांसदहरूले बताउनुभएको छ ।
आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छः मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने दाबी गर्नुभएको छ ।
‘संविधान कार्यान्वयन गर्न तीन तहको सरकारबीच समन्वय र सहकार्यको आवश्यकता छ’ : मुर्मु
जनमत पार्टीको नेत्री तथा प्रतिनिधिसभाका सदस्य सोनु मुर्मुले संविधान कार्यान्वनयको सवालमा तीन तहको सरकारकोबीचमा समन्वय र सहकार्यको आवश्यकता औँल्याउनुभएको छ ।
राष्ट्रपतिद्वारा अस्ट्रेलिया र मलेसिया राजदूतलाई थप जिम्मेवारी
राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी प्रदान गर्नुभएको छ ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा सरकारले पहल बढाउनुपर्छ : सांसद आचार्य
प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्यले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनका लागि सरकारले पहल बढाउनुपर्ने बताउनुभएको छ ।
‘पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्छ’
पाटन (ललितपुर), वैशाख २५ गते । गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रविन्दुमा राखेर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभएको छ ।राष्ट्रिय मानव अधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा गृहमन्त्री लेखकले सङ्क्रमणकालीन न्यायको विषयलाई गृह मन्त्रालय र सङ्घीय सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । “सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय अत्यन्तै महत्त्वपूर्ण र गम्भीर भएकाले योसँग सम्बन्धित कानुनलाई पूर्णता दिएका छौँ । यसअघि, कानुनले पूर्णता नपाउँदा मुद्दा सम्बोधन हुनसकेको थिएन । यौनजन्य हिंसाका पीडित धेरै छन्, बलात्कार र यौनजन्य हिंसामा कुनै मेलमिलाप पनि हुँदैन । सरकार पूर्णरूपमा पीडितलाई न्याय दिने विषयमा केन्द्रित भई अगाडि बढेको छ, सङ्क्रमणकालीन न्यायका विषयलाई सरकारले यथाशीघ्र सम्बोधन गर्ने छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयमा ढिलाइ गर्न नहुनेमा उहाँले जोड दिनुभयो । “दुई आयोगका पदाधिकारी सिफारिसका लागि सिफारिस समिति अगाडि बढिसकेको छ, यसपटक बनेको ऐनमा पीडित समन्वय इकाई भनेर गठन भएको छ, नियमावलीमा पनि थप स्पष्ट पारेर पीडितको प्रतिनिधित्व गराउन सकिन्छ । पीडितको सहभागिताबिना सङ्क्रमणकालीन न्याय अगाडि बढ्न सक्दैन । पीडित र आयोगलाई जोड्ने गरी हामी अगाडि बढ्न सक्छौँ”, उहाँले भन्नुभयो ।महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्तराष्ट्र सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव १३२५ र १८२० ले द्वन्द्वपीडित महिलाको सुरक्षा र सहभागिता प्रत्येक तहमा सुनिश्चितता गर्ने उल्लेख गरेको बताउँदै गृहमन्त्री लेखकले यी विषय कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको धारणा राख्नुभयो ।“द्वन्द्वका समयमा नेपाल र नेपालीले ठूलो कष्ट भोग्नुपरेको थियो । समाजमा भएका पीडा र समस्यालाई हामीले सम्बोधन गर्न सकिरहेका छैनौँ, सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्याउन सकिएको छैन । अब यी विषय प्राथमिकताका साथ अगाडि बढ्छन् । द्वन्द्वपीडितका पक्षमा कार्यरत सामाजिक संस्था र मानव अधिकार आयोगले सकारात्मक र प्रभावकारी कार्यसम्पादन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।गृहमन्त्रालयका निमित्त सचिव जयनारायण आचार्यले द्वन्द्वपीडित महिलाहरूको हकअधिकार सुनिश्चितताका लागि सरकारले निरन्तर योजना र कार्यक्रम बनाएर लागु गर्ने बताउनुभयो । उहाँले यी विषयलाई स्रोत सुनिश्चितता गरेर तीनै तहका सरकारले समन्वय र सहकार्यका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले आयोगले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा गरेका कामको जानकारी गराउँदै प्रस्ताव १३२५ र १८२० कार्यान्वयनमा द्वन्द्वपीडितहरूका समस्या समाधान गर्न गृहमन्त्रालयले योजनाबद्ध कामका साथै सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभयो । उहाँले द्वन्द्वपीडितको परिपूरणका लागि आयोगले निरन्तर काम गरिरहने बताउनुभयो ।बर्दियाको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी भट्टराईले १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा नगरपालिकाले चरणबद्ध रूपमा कर्मचारी र जनप्रतिनिधिको क्षमता अभिवृद्धि, आवश्यकता पहिचान, द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम तय गरेर उहाँहरूको माग र आवश्यकता अनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका अध्यक्ष गीता रसाइलीले संयुक्त राष्ट्रसङ्घको महिला शान्ति र सुरक्षासम्बन्धी तीन वर्षे कार्ययोजनाको समीक्षा, दोस्रो राष्ट्रिय कार्ययोजनाको छलफल र परामर्शमा पीडितहरूको सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले द्वन्द्वपीडित र यौनजन्य हिंसापीडित महिलाको पक्षमा प्रभावकारी रूपमा काम अगाडि बढ्न नसकेको धारणा राख्नुभयो । रासस
दस महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।
कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरूको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि नेपाली जनसम्पर्क समितिहरूको गठन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच भेटवार्ता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्यान्डका राजदूत डा.ड्यानिएल मेउलीबिच शिष्टाचार भेटवार्ता भएको छ ।
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।