• २५ वैशाख २०८२, बिहिबार

प्राप्त उपलब्धीको रक्षा गर्न सबैले संवेदनशिल भएर सोचौं : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमन सिंह कांग्रेस काठमाडा जिल्ला समितिले काठमाडौँका पूर्वसभापति तीर्थराम डंगोलको स्मृतिमा बिहीबार आयोजिना गरेको श्रद्धाञ्जली सभामा बोल्नुहुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख २५ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमन सिंहले प्राप्त अधिकारको रक्षा गर्न सबैले संवेदनशिल भएर सोच्न आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस काठमाडा जिल्ला समितिले काठमाडौँका पूर्वसभापति तीर्थराम डंगोलको स्मृतिमा बिहीबार आयोजिना गरेको श्रद्धाञ्जली सभामा बोल्नुहुँदै उहाँले ०४६ सालको आन्देलनपछि प्राप्त अधिकारको रक्षाका लागि सचेत हुन पनि आग्रह गर्नुभयो ।

डंगोल प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध नेता रहेको भन्दै प्राप्त उपलब्धीको रक्षा गर्दा नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने सिंहको भनाइ छ ।

‘‘०१७ सालमा गुमेको अधिकार सर्वोच्च कमान्डर गणेशमान सिंहज्यूको नेतृत्वमा ०४६ सालमा पुनःस्थापित भयो । ती अधिकारहरू कसले सुरक्षित राख्ने ? तपाईं हाम्रै काँधमा जिम्मेवारी आइपुगेको विषयमा सबैजना संवेदनशिल हुनुपर्ने बेला आएको छ,’’ उहाँले भन्नुभयो । ०४२ सालको सत्याग्रहको बेलामा प्रजातन्त्रको पक्षमा जनमत निर्माण गर्न, काठमाडौँमा सङ्गठन निर्माण गर्न र जेलमा समेत डंगोलसँगसँगै रहेको स्मरण गर्दै कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले डंगोलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान महत्त्वपूर्ण भएको बताउनुभयो ।

पञ्चायती व्यवस्थामा उपप्रमुख भएको बेलामा पार्टीको निर्देशनअनुसार तत्कालिन व्यवस्थाको निर्देशन नमानेर प्रजातान्त्रिक मूल्य मान्यता बलियो बनाउन डंगोलले लिएको अडानले प्रजातन्त्रप्रति उहाँको प्रतिबद्धता धेरै थियो भन्ने प्रष्ट हुने पनि सिंहले बताउनुभयो । उहाँले वर्तमानमा मूल्याङ्कन नभए पनि भविष्यले सबै लेखाजोखा गर्ने भन्दै राजनिती चमकधमकले नहुने भन्दै जमिनमा बसेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।