• २५ वैशाख २०८२, बिहिबार

बजेट निर्माणमा त्रुटि गर्ने छुट छैन : मुख्यमन्त्री शाह

blog

छलफल कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहसहितका व्यक्तित्वहरु । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी
धनगढी, बैशाख २५ गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सही रुपमा परिचालन हुने बजेट निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक सहयोग इकाइले आज धनगढीमा आयोजना गरेको आगामी नीति तथा कार्यक्रम र बजेटसम्बन्धी छलफल कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री शाहले बजेट निर्माणमा त्रुटि गर्न छुट नरहेको उल्लेख गर्नुभयो । “बजेट निर्माणमा हामीले सधैं त्रुटि गरिरहने र जनताले सधैँ गुनासो गरिरहने परिपाटी दोहो¥याउने हो भने सङ्घीय संरचनामा उभिएको अर्थै भएन ।,”उहाँले भन्नुभयो ।

उहाँले तीन तहकै सरकारबिचको सम्बन्धलाई प्रगाढ बनाउन आवश्यक रहेको औंल्याउनुभयो । एक अर्काको अस्तित्व स्वीकार्न नसक्ने परिपाटीका कारण समस्या भइरहेको मुख्यमन्त्री शाहको भनाइ थियो । यसैगरी, हालै भएको आफ्नो औपचारिक भारत भ्रमण उलब्धीपूर्ण बनेको उहाँले स्पष्ट पार्नुभयो । 

कार्यक्रममा मन्त्रीहरु, विषयगत समितिका सभापतिहरु, प्रदेशसभा सदस्य, नीति तथा योजना आयोगका सदस्यसहित ८८ वटै पालिकाका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले बजेटको सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।