निजामती सेवासहित महत्त्वपूर्ण विधेयक शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्त्वपूर्ण विधेयकहरू शीघ्र पारित गर्न सदनलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने सुझाव
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको छ ।
राष्ट्रिय गौरवका आयोजनाको काम सम्पन्न गरिने छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गरी चालु परियोजनालाई ‘आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न गरिने बताउनुभएको छ ।
जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवाद : मन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको प्रभावबाट मुलुकले भोग्नुपरेका असरबारे विश्वको ध्यानाकर्षण गराउन र समाधानका लागि साझा धारणा बनाउन ‘सगरमाथा संवाद’को आयोजना गर्न लागिएको बताउनुभएको छ ।
भारत र पाकिस्तानबिच युद्धविराम
भारत–पाकिस्तानबिच ठुलो लडाइँको सम्भावना टरेको छ । अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानले युद्धविराममा सहमति गरेपछि दुई देशबिच पूर्ण युद्धको खतरा तत्कालका लागि अन्त्य भएको हो ।
हामी कसैको बैसाखी बन्दैनौं : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी अब कुनै दलको बैसाखी नबन्ने निष्कर्षमा पुगेको उद्घोष गर्नुभएको छ।
पालिकाको विकासमा नौलो प्रयास गर्न “कचहरी ”
बाजुराको् बुढीगङ्गा नगरपालिकाले पालिकाको विकासलाई तीब्रता दिनका लागि नयाँ खालको शैली अपनाएर “कचहरी ” आयोजना गरेको छ । शनिबार सुरु भएको कचहरीको सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभयो ।
बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रूपान्तरणमा गौतमबुद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताउनुभएको छ ।
देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताउनुभएको छ ।
‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गरिने बताउनुभएको छ ।
काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
आतङ्कवादको प्रतिकार गर्नु सबैको दायित्त्व हो : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दै भारतको पक्षमा दृढ ऐक्यबद्धता प्रकट गर्नुभएको छ।
स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार हुन् भन्नुभएको छ ।
जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर सङ्कट भएको बताउनुभएको छ । साथै उहाँले जलवायु सङ्कट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् भन्नुभएको छ ।
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूको आज पद तथा गोपनीयताको शपथ भएको छ ।
सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिने
प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताउनुभएको छ ।
‘विकासका लागि मन्त्रालय धाउनै पर्ने बाध्यता छ’
नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएका उर्मिला थेवेले यो सरकारले सबैभन्दा बढी काम गरेको बताउनुभएको छ । ऐन नियमहरू बनाउने काम पनि रफ्तारमा भइरहेको उहाँको भनाइ छ ।
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ ललितपुरमा सुरु
नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबार ललितपुरमा सुरु भएको छ । समिटको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभएको छ ।
यथास्थिति भत्काएर रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाँदै छौँ: अध्यक्ष दाहाल
काठमाडौँ, वैशाख २७ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताउनुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको उल्लेख गर्नुभयो । चुनौतीका विरुद्ध लड्ने सङ्कल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उहाँको जिकिर छ । अध्यक्ष दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरूविरुद्ध घेराबन्दी गर्ने, भ्रमहरू छर्ने काममा लागेको आरोप लगाउनु भयो । उहाँले नेताहरूलाई देवत्वकरण गर्न नहुने पनि बताउनु भयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘नेताहरूप्रति हामीले बुझ्दा देवत्वकरण गरेर बुझ्यो भने पनि गलत हुन्छ । त्यसको विकृत तरिकाले बुझ्यो भने त झन् गलत हुन्छ । प्रत्येक पार्टी र नेताहरूका पनि सीमा हुन्छन् । कमजोरी पनि हुन्छन् । महान् लेनिनले भनेको झैँ: सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन । कुनै पार्टी पनि जन्मिएको छैन । जन्मिँदा पनि जन्मिँदैन । सही नेताले नै कमजोरी सकेसम्म नगर्न बल गर्दछ, भए सच्याउँछ । त्यसलाई नै इतिहासले महान् भन्छ । त्यसलाई नै जनताले आदर्शका रूपमा हेर्दछन् । अहिले देशमा जस्तो परिस्थिति छ, हामी फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतीहरू हाम्रो अगाडि यति बेला छन् । हामी ती चुनौतीका विरुद्ध लड्ने सङ्कल्पसहित हामी फेरि विचारलाई, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजान खोजेका छौँ । हामीले यसो गर्न खोजे बापत प्रतिक्रियावादी, अवसरवादी अझ बढी हाम्रो विरुद्ध घेराबन्दी गर्ने, हाम्रा विरुद्ध भ्रमहरू छर्ने, अनेक किसिमको षड्यन्त्रहरू भएका छन् । यो स्वाभाविक रूपले भई पनि राख्छन् ।’अध्यक्ष दाहालले समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने बताउनु भयो ।
माओवादी अभियानको कार्यतालिका सार्वजनिक
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अन्तर्गत दोस्रो अभियानको कार्यतालिका सार्वजनिक भएको छ । यसअघि बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेपछि तीन सदस्यीय कार्यदलले अभियानलाई मूर्तरूप दिएको हो ।
आतङ्कवादलाई निरुत्साही गर्नु पर्छ
नेपाली कांग्रेसले आतङ्कवादी गतिविधिलाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
त्रासमा नेपाली विद्यार्थी
भारत र पाकिस्तानबिच आक्रमण प्रत्याक्रमणको क्रम सुरु भएको छ । दुई साताअघि जम्मु काश्मीरको पहलगाममा आतङ्कवादी समूहको आक्रमणपछि भारतले बुधबार आतङ्कवादीका संरचनालाई लक्षित गरी जवाफी आक्रमण गरेसँगै दुई देशबिच आक्रमण र प्रत्याक्रमणको सिलसिला सुरु भएको हो ।
सगरमाथा संवादको अन्तिम तयारीमा छौँः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणको अन्तिम तयारीमा नेपाल सरकार रहेको जानकारी दिनुभएको छ। मन्त्री डा. राणाको अध्यक्षतामा शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उहाँले सो जानकारी गराउनुभएको हो।