• २५ वैशाख २०८२, बिहिबार

आम राष्ट्रवादीको सपना सफल भयोः अध्यक्ष थापा

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कसैले चाहेर पनि अब राजावादीहरुको एकता नटुट्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन र कमजोर बनाउन नसक्ने बताउँदै आपूmहरु एकतावद्ध भएर अगाडि बढेको दाबी गर्नुभएको हो ।

उहाँले आपूmहरुले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने बताउँदै जेठ १५ गते काठामाडौँमा लाखौंको सङ्ख्यामा जनता उपस्थित भएर प्रदर्शन गर्ने दाबीसमेत गर्नुभयो । साथै उहाँले स्वतः स्फुर्तरुपमा जिल्ला, पालिका, वडा र टोलटोलमा राजसंस्था पुनःस्थापना समिति गठन गर्न र जनता परिचालन गर्न आग्रह समेत गर्नुभयो ।

गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गर्दै अध्यक्ष थापाले अब राष्ट्रवादी नेपालीको चिन्ताको अन्त्य भएको दाबी गर्नुभयो । उहाँले लामो समयदेखि नेपाली जनताको गुनासो रहँदै आएको कुरा आजदेखि पूरा भएको स्पष्ट पार्नुभयो ।  

‘‘मेरो निमित्त आजको दिन अत्यन्तै हर्ष र गौरवको दिन हो । लामो समयदेखि नेपाली जनताको गुनासो रहँदै आएको तपाईंहरुले उठाएको विचार हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डा राम्रो छ । तर, तपाइहरु आफैँ विभाजित हुनुहुन्छ । एक ठाउँमा आउन सक्नुहुन्न भन्ने गुनासो आम राष्ट्रवादी नेपालीहरुको थियो ।,’’ अध्यक्ष थापाले भन्नुभयो, ‘‘त्यो सबै गुनासोलाई सम्बोधन गर्दै, आम राष्ट्रवादीको चिन्ताको अन्त्य गर्दै आज हामी सबै राजावादीहरु, हिन्दुवादीहरु, प्रजातन्त्रवादीहरु एक ठाउँमा एकजुट भएर उभिएका छौं । केबल एकपटक भाषण गर्नका निमित्तमात्रै हामी अहिले एउटा मन्चमा उभिएका होइनौं । हामी यही मञ्चबाट सम्पूर्ण राष्ट्रवादी नेपालीहरुलाई आग्रह गर्न चाहन्छौं हिन्दु राष्ट्र र राजतन्त्रको एजेण्डा स्थापित नभएसम्म आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएका छौं ।’’ उहाँले राजावादीहरुको एकता अब कसैले चाहेर टुटाउन नसक्ने दाबी गर्नुभयो ।