• २५ वैशाख २०८२, बिहिबार

द्वन्द्वसँग जोडिएका विषय जटिल र संवेशनशिलः सभापति सुवेदी

blog

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी महिला शान्ति र सुरक्षाका सम्बन्धमा ‘कार्यान्वयनको हालसम्मको अवस्था र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २५ गते । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले सङ्क्रमणकालिन न्याय सम्बन्धी कानुन निर्माण पूरा भएको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित महिला शान्ति र सुरक्षाका सम्बन्धमा ‘कार्यान्वयनको हालसम्मको अवस्था र आगामी कार्यदिशा’ विषयक कार्यक्रमका उहाँले यस्तो बताउनुभएको हो ।

‘‘सङ्क्रमणकालिन न्यायको विषय चाहीँ टुङ्गिन नसक्दा र पीडितले राज्यको तर्फबाट दिनसक्ने र दिनुपर्ने जुन राहत परिपूरक न्यायसहितको राहत दिनुपर्ने अधिकार पनि नपाउँदाखेरि ठुलो पीडाको स्थितिबाट गुज्रिनुभएको छ । यहाँहरुले दिनानुदिन पीडा भोगिरहनु भएको छ ।,’’ सभापति सुवेदीले भन्नुभयो, ‘‘अहिले १८ वर्ष पछि सङ्क्रमणकालिन न्यायको कानुन निर्माणको कुरा सकिएको छ । यसमा हामीले धेरै नै मेहनेत त्याग गरेका छौँ । त्यहाँ धेरै जटिलता छ र यो आफैँमा संवेदनशिल कुरा पनि हो । द्वन्द्वसँग जोडिएको विषय आफैँमा धेरै जटिल धेरै संवेदनशिल विषय र यो राष्ट्रिय हिसाबले धेरै नै महत्त्वपूर्ण विषय पनि हो ।’’

उहाँले सङ्क्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक समितिमा आएपछि निकै मेहनेतका साथ काम गरेर अन्तिम टुङ्गोमा पु¥याएको बताउनुभयो । उहाँले द्वन्द्व पीडितको न्यायको विषय संवेदनशिल भएको जानकारी दिनुभयो । उहाँले द्वन्द्वसँग जोडिएका विषय संवेदनशिल र जटिल भएकाले यो राष्ट्रिय महत्त्वको विषय भएको बताउनुभयो । शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि पीडितले न्याय पाउन नसक्नु दुःखद् भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सङ्क्रमणकालिन न्यायसँग सम्बन्धित विषयसँग जो हाम्रै समितिको कार्य क्षेत्र रहेको थियो । म त्यसको सभापति भएर आइसकेपछि हामीले त्यो विधेयकमा संशोधन आएको छ, सङ्क्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक हाम्रो समितिमा प्राप्त भएको थियो । त्यो समितिमा धेरै मेहेनत गरेर बेपत्ता परिवारको तर्फबाट कुरा राख्दै गर्दा, घाइते, शहीद परिवारबाट व्यक्तिहरुबाट यो विषय राख्दै गर्दा खेरि आज नेपालमा शान्ति सम्झौता भएको १८ वर्ष भइसकेको छ ।’’ 

सभापति सुवेदीले बेपत्ता, घाइते तथा शहीद परिवारको पीडा न्यायसँग जोडिएकाले कानुनले उचित न्याय प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।